०७ आश्विन २०८३, बुधबार
23-09-2026 , Wed
×

समाचार

आवेगमा आएर ‘साइबर सेना’ शब्द प्रयोग गरेको भन्दै माग्नेबुढाले मागे माफी

काठमाडौँ । कलाकार केदार घिमिरे उर्फ माग्नेबुढाले आफूले एक कार्यक्रममा आवेगमा आएर ‘साइबर सेना’ शब्द प्रयोग गरेको भन्दै माफी मागेका छन् । परिस्थिति बुझाइको तत्कालीन अवस्था र अहिलेको बुझाइको अवस्थामा फरक महसुस गरेको भन्दै आइतबार उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै माफी मागेका हुन् । उनले लेखेका छन्, ‘आज म मेरो बिरामी बुवालाई भेट्न गाउँ आएको […]

काठमाडौं । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा उँट भेटिएको छ । मंगलबार बिहान हरिहरपुरको भिमानमा उँट भेटिएको हो । उँट कहाँबाट आयो भन्नेबारे केही खुलेको छैन । उँट भेटिए पनि कहाँबाट आएको भन्नेबारे केही नखुलेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एवं एसपी गोविन्द काफ्लेले बाह्रखरीसित बताए । उँट बस्तीमा देखिएपछि स्थानीय त्रसिद भएका छन् । उँट हेर्नेहरूको […]

प्रेस काउन्सिल नेपालले भ्रामक र अमर्यादित सामग्री सम्प्रेषण गर्ने ४३ वटा युट्युव च्यानललाई कारवाही गर्न सिफारिस गरिएकाे छ। काउन्सिलले आचारसंहिताविपरीत अफवाह फैलाउने, द्वन्द्व बढाउने, अश्लील सामग्री सम्प्रेपण गर्ने, अमर्यादित गतिविधि समेटिएको सामग्री सम्प्रेषण गर्ने ४३ वटा युट्युब च्यानलको अनुसन्धान गरी कारबाही गर्न नेपाल प्रहरीकाे साइबर व्युरोमा पत्राचार गरेकाे हाे। यस्तै काउन्सिलले आचारसंहिताबमोजिम दिइएको निर्देशन अवज्ञा […]

आजभन्दा ठिक ३४ दिन अगाडि प्रधानमन्त्री केपी शर्मा ओलीलाई फेसबुकमा ६ लाख ६४ हजार मानिसले फलो (पछ्याएका) गरेका थिए। त्यति नै बेला पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ५ लाख ७८ हजार मानिसले फलो गरेका थिए। त्योबेला प्रचण्डलाई भन्दा ८६ हजार बढी मानिसले ओलीलाई फलो गरेको थिए। त्यस समय सामाजिक सञ्जालमा सबैभन्दा […]

मानिकचन साह बारा, १७ असोज बाराको बरियारपुर स्थित विश्व प्रसिद्ध गढीमाई पञ्चवर्षिय मेलाका लागि शोभा यात्रा निकालिएको छ । आउँदो मंसिरमा लाग्ने गढीमाई पञ्चवर्षिय मेलाका लागि आज विहानदेखि भव्य शोभा यात्रा निकालिएको हो । हात्ती, घोडा, उँट झाकी , बाजागाजासहित विभिन्न देवी देवतामा सजिएका देवहरुसहित शोभा यात्रा निकालिएको गढीमाई पञ्चवर्षिय मेला सञ्चालन तथा व्यवस्थापन मुल […]

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ। भारतको उत्तर(पूर्व असम र आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । कोशी प्रदेश,मधेश प्रदेश,वागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ। कोशी प्रदेश र बाग्मती प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र […]

काठमाडौं । राजनीतिमा सक्रिय नेता र सरकारी कार्यालयका फेसबुक पेजबाट फलोअरको सङ्ख्या एकाएक गायब भएको छ । बुधबार बिहानदेखि विश्वव्यापी रूपमै यस्ता फेसबुक पेजबाट फलोअरको सङ्ख्या देखिने अप्सन गायब भएको हो । अहिले कुनै राजनीतिज्ञ, सरकारी कार्यालयसँगै विभिन्न पेसामा आबद्ध चर्चित व्यक्तिहरूको फेसबुक पेजबाट फलोअर सङ्ख्या गायब छ । सम्भवतः यो फेसबुकको ‘ग्लिच’ हुनसक्ने जानकारहरूको […]

सुर्खेत । कर्णाली प्रदेश सरकारले ‘स्थानीय सेवाको गठन, सञ्चालन र सेवा सर्त सम्बन्धमा बनेको विधेयक–२०८१’ मा कर्मचारीले उठाएका मागको बेवास्ता गरेर सभामा लैजाने तयारी गरेको भन्दै स्थानीय तहका कर्मचारीले विरोध जनाएका छन् । आफूहरूले राखेका मागको सुनुवाइ नै नगरी तानाशाही तथा हुकुमी शैलीमा विधेयक अनुमोदनका लागि प्रदेश सभामा टेबुल गर्ने तयारी भइरहेको कर्मचारीहरूले आरोप लगाएका […]

काभ्रे । काभ्रे जिल्लाको विभिन्न ठाउँमा अलपत्र परेका १ सय ४८ जनालाई सशस्त्र प्रहरीले काठमाडौँ ल्याएको छ । सोमबार बिहान सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकबाट पठाइएको तीन वटा बसले धुलिखेलबाट करिब १५ किलोमिटर पूर्व दाहाल डाँडा भन्ने ठाउँबाट १३ जना महिला ४९ पुरुष र ३ जना बच्चा गरी ६५ जनालाई काठमाडौँतर्फ ल्याएको हो […]

काठमाडौं । महाँ नायक राजेश हमालले आठ वर्षको अन्तरालपछि अभिनय गर्न लागेको फिल्म नरसिंहा अवतारको शुभ मुहूर्त गरी छायाँकन आरम्भ गरिएको छ। राजधानीको बालाजुमा अवस्थित एनएफडिसि स्टुडियोमा फिल्मको मुहूर्त गरी छायाँकन शुरु गरिएको हो। मुहूर्त समारोहमा फिल्मका मुख्य कलाकारहरू राजेश हमाल, राज कटुवाल, नीति शाह, सनिशा भट्टराई, अर्जुन श्रेष्ठ, प्राविधिकलगायतको सहभागीता थियो। एक्सन तथा सोसल ड्रामामा […]