०२ पुष २०८२, बुधबार
17-12-2025 , Wed
×

समाचार

जीबी राईलाई पक्राउ गर्न इन्टरपोलमा दोस्रोपटक पुन पत्राचार

काठमाडौँ । सूर्यदर्शन सहकारीका संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीबी) राईलाई पक्राउ गरिदिन नेपाल प्रहरीले अन्तर्राष्ट्रिय प्रहरी संगठन (ईन्टरपोल)लाई फेरि पत्राचार गरेको छ । काठमाडौँस्थित नेशनल सेन्ट्रल ब्यूरो (एनसिबी)मार्फत इन्टरपोल महासचिवालयमा दोस्रो पटक पत्राचार गरिएको प्रहरी प्रधान कार्यालयका एकजना उच्च अधिकृतले रातोपाटीलाई बताए । जीबी मलेसियामा लोकेट भएपछि उनीविरुद्ध २०८० माघ १३ मा जारी गरिएको डिफ्युजन नोटिस […]

एनसेलका सबै ग्राहकहरुले अब मजाले टिकटक लगाउन सक्छन्। एनसेलले आज शुक्रबार (भाद्र २१)बाट टिकटक प्याक सञ्चालनमा ल्याएको छ र साथै सबै सधैं अनका प्याकहरुमा सामाजिक सञ्जाल चलाउनका लागि पाइने निःशुल्क डेटामा टिकटक पनि समावेश गरेको छ। ग्राहकहरुले करसहित मात्र रु १७५ मा सात दिन सम्ममा अनलिमिटेड टिकटक चलाउन पाउँछन्। त्यतिमात्र नभई यसमा अन्य प्रयोजनका लागि […]

काठमाडौं, । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहको फेसबुक स्टाटस रिकभर भएको छ । एमाले प्रदेश सांसद रेखा शर्माले विगत ८ वर्षदेखि नाबालिकालाई बालमजदुरको रुपमा राखेर श्रम शोषण गरेकोबारे बालेनले फेसबुकमा लेखेका थिए । उनले बालश्रम शोषण गर्ने प्रदेश सांसद शर्मालाई कहिले पक्राउ गर्ने ? भन्दै प्रश्न गरेका थिए । प्रधानमन्त्री ओलीलाई समेत जोडेर बालेनले स्टाटस […]

काठमाडौं । नेपाली कथानक चलचित्र ‘नाङ्गो गाउँ’ युट्युबमा सार्वजनिक भएको छ । बूढासुब्बा डिजिटलले तीजको अवसर पारी शुक्रबार यो चलचित्र युट्युबमा सार्वजिक गरेको हो । दयाहाङ राईको मुख्य भूमिका रहेको यो चलचित्र गत वर्षको २९ भदौमा चलचित्र घरहरूमा प्रदर्शनमा आएको थियो । दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्रमा दयाहाङसहित मिरुना मगर, शिशिर […]

काठमाडौँ,  । नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै प्राधिकरणले सबै इन्टरनेट सेवा प्रदायक र मोबाइल सेवा प्रदायकलाई प्राधिकरणबाट खुला गर्न निर्देशन जारी गरेको जानकारी गराएको हो। २०८१ भदौ ६ गते सरकारले गरेको निर्णय अनुसार टिकटकमा लगाइएको रोक हटाउन दूरसञ्चार ऐन, २०५३ को दफा १५ अनुसार अधिकार प्रयोग गरेर […]

काठमाडौँ– धर्मशास्त्रीय रुपमा महिला र पुरुष दुवैले हरितालिका (तीज) को व्रत गर्नुपर्ने भएपनि सामाजिक चर्चा भने महिलाले श्रीमान्‌को दीर्घायुको कामनाका लागि गर्ने बुझाइ छ । व्रत गर्ने पुरुषले विधुर हुनु नपर्ने, नारीले अटल सौभाग्य र अविवाहित पुरुष, महिलाले गुण सम्पन्न वर वा वधु पाउने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष […]

काठमाडाैं । सहकारी ठगी प्रकरणमा फरार रहेका गितेन्द्रबाबु (जीबी) राईको खोजी गर्दै मलेसिया पुगेको नेपाल प्रहरीको टोली फर्किएको छ । एक साताअघि मलेसिया गएका एक जना प्रहरी उपरीक्षक (एसपी) र एक जना प्रहरी नायब निरीक्षक (सई) बुधबार काठमाडौं फर्किएका प्रहरी प्रधान कार्यालय स्रोतले बताएको छ । पोखराको सूर्यदर्शन, काठमाडौंको स्वर्णलक्ष्मीलगायत विभिन्न सहकारीमा सर्वसाधारणले गरेको वचत […]

काठमाडौं । एनसेल एपमा नयाँ सुविधा थप भएको छ । ग्राहकले अब यो एपमार्फत प्रहरी चारित्रिक प्रमाणपत्र अर्थात् पुलिस रिपोर्ट लिनका लागि आवेदन दिनसक्ने छन् । ‘सधैं अन’ प्रति कम्पनीको प्रतिबद्धता र ग्राहकको अनुभवलाई अझै अभिवृद्धि गर्दै लैजाने योजना अनुरूप पुलिस रिपोर्टका लागि आवेदन दर्ताको सुविधा थपेको कम्पनीले जनाएको छ । प्रयोगकताले पुलिस रिपोर्टको लागि […]

काठमाडौं । पछिल्लो समय सामाजिक सञ्जाल तथा विभिन्न डिजिटल प्लेटफर्मबाट भ्रामक सूचना र गलत तथ्यहरूको प्रसार बढ्दै गइरहेको भन्दै साइबर ब्युरोले सजग रहन अनुरोध गरेको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै ब्युरोले सर्वसाधारणलाई भ्रामक सूचनाबाट जोगिन तथा त्यस्ता सामग्री शेयर नगर्न अनुरोध गरेको हो । नागरिकहरू जानीनजानी यस्तो गतिविधिमा संलग्न हुँदा सामाजिक सद्भाव खलबलिने […]

काठमाडौँ, । हरितालिका तिजको तयारी अन्तिम चरणमा पुगेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । शुक्रबार नेपाली महिलाहरुले हर्षोल्लासपूर्वक तिज पर्व मनाउँदै छन् । जसका लागि पशुपतिनाथ मन्दिरमा तिजको तयारी अन्तिम चरणमा पुगेको क्षेत्र विकास कोषले जनाएको छ । पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा.मिलनकुमार थापाले तिजका लागि आवश्यक पर्ने सुरक्षा, स्वयंसेवा, चन्दन प्रसादको व्यवस्था, […]