०७ आश्विन २०८३, बुधबार
23-09-2026 , Wed
×

स्थानीय सेवासम्बन्धी विधेयकविरुद्ध स्थानीय तहका कर्मचारीद्वारा आन्दोलनको चेतावनी

Logo
HeroNepal-tv प्रकाशित सोमबार, आश्विन १४, २०८१

सुर्खेत । कर्णाली प्रदेश सरकारले ‘स्थानीय सेवाको गठन, सञ्चालन र सेवा सर्त सम्बन्धमा बनेको विधेयक–२०८१’ मा कर्मचारीले उठाएका मागको बेवास्ता गरेर सभामा लैजाने तयारी गरेको भन्दै स्थानीय तहका कर्मचारीले विरोध जनाएका छन् । आफूहरूले राखेका मागको सुनुवाइ नै नगरी तानाशाही तथा हुकुमी शैलीमा विधेयक अनुमोदनका लागि प्रदेश सभामा टेबुल गर्ने तयारी भइरहेको कर्मचारीहरूले आरोप लगाएका हुन् ।

विधेयकमा स्थानीय तहमा कार्यरत कर्मचारीको माग सम्बोधन गर्नुपर्ने उनीहरूको माग छ । स्थानीय तहका कर्मचारीहरूको संगठन स्थानीय सेवा कर्मचारी सञ्जाल कर्णाली प्रदेश कमिटीले एक विज्ञप्ति जारी गर्दै कर्मचारीको माग सम्बोधन नभए आफ्नो हक, अधिकार र सेवाको सुरक्षाको लागि कडा आन्दोलन गर्ने चेतावनी दिइएको छ ।

विधेयक अनुमोदन गर्दा अन्तरप्रदेश सरुवालाई मान्यता दिनुपर्ने, पाँचौँ तहबाट छैटौँ तहमा बढुवा हुन ३ वर्ष अवधि कायम गर्नुपर्ने, २०७६ मा लोकसेवाबाट नियुक्ति लिएका छैटौँ तहका कर्मचारीलाई सातौँ तहमा बढुवा गर्नुपर्ने र निवृत्तिभरण उपदान कोष लागु गर्नुपर्ने लगायतका मागहरू कर्मचारीका रहेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]