०२ पुष २०८२, बुधबार
17-12-2025 , Wed
×

अफवाह फैलाउने ४३ युट्युवलाई कारवाही गर्न सिफारिस, ३ अनलाइन कालोसूचीमा

Logo
HeroNepal-tv प्रकाशित सोमबार, आश्विन २१, २०८१

प्रेस काउन्सिल नेपालले भ्रामक र अमर्यादित सामग्री सम्प्रेषण गर्ने ४३ वटा युट्युव च्यानललाई कारवाही गर्न सिफारिस गरिएकाे छ।

काउन्सिलले आचारसंहिताविपरीत अफवाह फैलाउने, द्वन्द्व बढाउने, अश्लील सामग्री सम्प्रेपण गर्ने, अमर्यादित गतिविधि समेटिएको सामग्री सम्प्रेषण गर्ने ४३ वटा युट्युब च्यानलको अनुसन्धान गरी कारबाही गर्न नेपाल प्रहरीकाे साइबर व्युरोमा पत्राचार गरेकाे हाे।

यस्तै काउन्सिलले आचारसंहिताबमोजिम दिइएको निर्देशन अवज्ञा गर्ने टिभि अन्नपूर्ण डटकम, बीपीक्राइमन्यूज डट कम र सेतोखरी डटकमलाई कालोसूचीमा राखी कारबाही अगाडि बढाएको छ।

त्यसैगरी विवादास्पद समाचार सम्प्रेषण गर्दै आएको आरोपमा अनलाइनपाना डटकम, दियोपोष्ट डटकम, स्वास्थ्यलाइभ डटकम, जनताटाइम्स डटकम, खप्तडटिभि डट कम, गुडटिभी डटकम, अर्थसञ्जाल डटकमलगायतलाई विशेष अनुगमनमा राखी निगरानी गरिरहेको काउन्सिलले जनाएको छ।

गत साउन महिनायता हिंसा, आतङ्कलाई प्रश्रय पुग्ने, हुँदै नभएका निराधार, अफवाहपूर्ण, अतिरञ्जित थम्बनेलसहितको शीर्षक दिइ जनमानसमा भ्रम फैलाउने, त्रसित पार्ने, अमर्यादित, अश्लील सामग्री सम्प्रेषण गरी आचारसंहिता उल्लङ्घन गर्नेमाथि कारबाही प्रक्रिया अघि बढाइएको काउन्सिलले जनाएकाे छ।

काउन्सिलका अनुसार मिडियाअन्तर्गत सञ्चालनमा रहेका तर आचारसंहिता प्रतिकूल उल्लिखित किसिमका सामग्री सम्प्रेषण गर्ने ५ वटा अनलाइनलाई हटाउन निर्देशन दिइ सचेत गराइएको, ५ वटा सामाजिक सञ्जाललाई आचारसंहिता प्रतिकूल देखिएका सामग्रीका विवादित अंश हटाइ स्पष्टीकरण पेस गर्न निर्देशन दिइएको तथा ४ वटा दर्ता/सूचीकरण नभएका वेबपोर्टल/सामाजिक सञ्जालका आचारसंहिता प्रतिकूल सामग्री हटाउन निर्देशन दिइएकाे छ। त्यस्ता सामग्री नहटाए प्रचलित कानुनबमोजिम कारबाही हुने काउन्सिलले उल्लेख गरेकाे छ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं – देशभित्र विभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्था सञ्चालनमा रहे पनि शिक्षाका नाममा ठूलो रकम विदेशिने क्रम बढ्दो देखिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो चार महिनाको तथ्यांकअनुसार शिक्षातर्फको व्यय रु ४२ अर्ब ९६ करोड पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा शिक्षातर्फको व्यय रु ३२ अर्ब २२ करोड रहेको थियो। […]

क्वालालम्पुर (मलेसिया) – नेपालमा हर्कराज साम्पाङ राईको नेतृत्वमा स्थापित श्रम संस्कृति पार्टीको प्रवास संगठन मलेसियामा पनि औपचारिक रूपमा गठन गरिएको छ। आइतबार राजधानी क्वालालम्पुरमा “देश सोच्न सकूँ, म देश बोल्न सकूँ, देशकै कर्म गर्न सकूँ, म देशकै लागि मर्न सकूँ” भन्ने मूल नारासहित आयोजना गरिएको श्रमदाता–श्रमिक भेला मार्फत पार्टीको मलेसिया प्रवास संगठन स्थापना गरिएको हो। […]

काठमाडौँ – नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज मंगलबार मतदान हुँदैछ। एमाले केन्द्रीय निर्वाचन आयोगले दिउँसो १ बजेदेखि बेलुका ७ बजेसम्म मतदान समय तोकेको छ। मतदानका लागि ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने तयारी गरिएको छ। महाधिवेशनअन्तर्गत पार्टी अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र पूर्व वरिष्ठ उपाध्यक्ष ईश्वर […]