०७ आश्विन २०८३, बुधबार
23-09-2026 , Wed
×

अफवाह फैलाउने ४३ युट्युवलाई कारवाही गर्न सिफारिस, ३ अनलाइन कालोसूचीमा

Logo
HeroNepal-tv प्रकाशित सोमबार, आश्विन २१, २०८१

प्रेस काउन्सिल नेपालले भ्रामक र अमर्यादित सामग्री सम्प्रेषण गर्ने ४३ वटा युट्युव च्यानललाई कारवाही गर्न सिफारिस गरिएकाे छ।

काउन्सिलले आचारसंहिताविपरीत अफवाह फैलाउने, द्वन्द्व बढाउने, अश्लील सामग्री सम्प्रेपण गर्ने, अमर्यादित गतिविधि समेटिएको सामग्री सम्प्रेषण गर्ने ४३ वटा युट्युब च्यानलको अनुसन्धान गरी कारबाही गर्न नेपाल प्रहरीकाे साइबर व्युरोमा पत्राचार गरेकाे हाे।

यस्तै काउन्सिलले आचारसंहिताबमोजिम दिइएको निर्देशन अवज्ञा गर्ने टिभि अन्नपूर्ण डटकम, बीपीक्राइमन्यूज डट कम र सेतोखरी डटकमलाई कालोसूचीमा राखी कारबाही अगाडि बढाएको छ।

त्यसैगरी विवादास्पद समाचार सम्प्रेषण गर्दै आएको आरोपमा अनलाइनपाना डटकम, दियोपोष्ट डटकम, स्वास्थ्यलाइभ डटकम, जनताटाइम्स डटकम, खप्तडटिभि डट कम, गुडटिभी डटकम, अर्थसञ्जाल डटकमलगायतलाई विशेष अनुगमनमा राखी निगरानी गरिरहेको काउन्सिलले जनाएको छ।

गत साउन महिनायता हिंसा, आतङ्कलाई प्रश्रय पुग्ने, हुँदै नभएका निराधार, अफवाहपूर्ण, अतिरञ्जित थम्बनेलसहितको शीर्षक दिइ जनमानसमा भ्रम फैलाउने, त्रसित पार्ने, अमर्यादित, अश्लील सामग्री सम्प्रेषण गरी आचारसंहिता उल्लङ्घन गर्नेमाथि कारबाही प्रक्रिया अघि बढाइएको काउन्सिलले जनाएकाे छ।

काउन्सिलका अनुसार मिडियाअन्तर्गत सञ्चालनमा रहेका तर आचारसंहिता प्रतिकूल उल्लिखित किसिमका सामग्री सम्प्रेषण गर्ने ५ वटा अनलाइनलाई हटाउन निर्देशन दिइ सचेत गराइएको, ५ वटा सामाजिक सञ्जाललाई आचारसंहिता प्रतिकूल देखिएका सामग्रीका विवादित अंश हटाइ स्पष्टीकरण पेस गर्न निर्देशन दिइएको तथा ४ वटा दर्ता/सूचीकरण नभएका वेबपोर्टल/सामाजिक सञ्जालका आचारसंहिता प्रतिकूल सामग्री हटाउन निर्देशन दिइएकाे छ। त्यस्ता सामग्री नहटाए प्रचलित कानुनबमोजिम कारबाही हुने काउन्सिलले उल्लेख गरेकाे छ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]