०७ आश्विन २०८३, बुधबार
23-09-2026 , Wed
×

राजेश हमालको नयाँचलचित्र नरसिंहा अवतार लुक्स

Logo
HeroNepal-tv प्रकाशित आइतबार, आश्विन १३, २०८१

काठमाडौं । महाँ नायक राजेश हमालले आठ वर्षको अन्तरालपछि अभिनय गर्न लागेको फिल्म नरसिंहा अवतारको शुभ मुहूर्त गरी छायाँकन आरम्भ गरिएको छ।

राजधानीको बालाजुमा अवस्थित एनएफडिसि स्टुडियोमा फिल्मको मुहूर्त गरी छायाँकन शुरु गरिएको हो। मुहूर्त समारोहमा फिल्मका मुख्य कलाकारहरू राजेश हमाल, राज कटुवाल, नीति शाह, सनिशा भट्टराई, अर्जुन श्रेष्ठ, प्राविधिकलगायतको सहभागीता थियो। एक्सन तथा सोसल ड्रामामा निर्माण हुने फिल्म निर्देशक दिवाकर भट्टराईले निर्देशन गर्दैछन्।

निर्देशक भट्टराईले फिल्मका लागि अभिनेता हमाललाई मनाउन ३ महिना लागेको र हमालले धेरै स्क्रिप्ट नगरेर आफ्नो स्क्रिप्टमा काम गरेको दाबी गरे। अभिनेता हमालले भने फिल्मको कथा आफूले अहिलेसम्म अभिनय गरेको भन्दा फरक रहेकोले अभिनय गर्न लागेको बताए।

अभिनेत्री नीति शाहले फिल्ममा राजेश हमाल भएका कारण पनि यो फिल्मको टिमसँग जोडिएको बताइन्। ‘मलाई राजेश हमालले पहिल्यैदेखि नै फिल्म खेल खेल भन्नुहुन्थ्यो। अहिले आएर उहाँसँगै काम गर्न पाउँदा एकदमै खुसी छु’ नितीको भनाई थियो।

निर्माणकै क्रममा आगामी फागुन १४ गते शिवरात्रिका लागि रिलीज डेट तोकिएको फिल्ममा राजेश हमाल, राज कटुवाल, नीति शाह, सरोज खनाल, सनिशा भट्टराई, दीपा शाही, प्रशान्त ताम्राकार, नीर शाह, रमेश चन्द सोडारी, प्रकाश कुँवरलगायतका कलाकारले अभिनय गर्नेछन्। फिल्म क्रिएटिभ सिने आर्टको व्यानरमा नरेन्द्र महर्जन, पशुराम बस्नेत र ध्रुव न्यौपानेले निर्माण गर्न लागेका हुन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]