१९ भाद्र २०८३, शुक्रबार
04-09-2026 , Fri
×

आवेगमा आएर ‘साइबर सेना’ शब्द प्रयोग गरेको भन्दै माग्नेबुढाले मागे माफी

Logo
HeroNepal-tv प्रकाशित आइतबार, आश्विन २७, २०८१

काठमाडौँ । कलाकार केदार घिमिरे उर्फ माग्नेबुढाले आफूले एक कार्यक्रममा आवेगमा आएर ‘साइबर सेना’ शब्द प्रयोग गरेको भन्दै माफी मागेका छन् ।

परिस्थिति बुझाइको तत्कालीन अवस्था र अहिलेको बुझाइको अवस्थामा फरक महसुस गरेको भन्दै आइतबार उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै माफी मागेका हुन् ।

उनले लेखेका छन्, ‘आज म मेरो बिरामी बुवालाई भेट्न गाउँ आएको छु । बुवाले सोध्नुभयो, फिलिम कस्तो चल्याछ ? यसपालि म हेर्न जान सक्या छैन । मैले भनेँ फिलिम राम्रो चल्या छ तर मान्छेले मलाई गाली गर्दै छन् बुवा । अचम्म मान्दै बुवाले सोध्नुभयो – किन ? के भन्छन् ? मैले भनेँ – साइबर सेना किन भनिस् भन्छन् । बुबाले भन्नुभो – सानो बन्नुपर्छ जहाँ पनि अटाइन्छ, ठूलो हुँदा कतै छिरिँदैन । अर्काको बारेमा हत्तपत्त मुख खोल्नु हुदैन । मरेर लानु केही छैन, सबैको प्यारो बन्नुपर्छ ।’

उनले अगाडि लेखेका छन्, ‘बस्, बुवाबाट पुनः ऊर्जा प्राप्त भयो, यदि कसैको चित्त दुखेको छ भने माफ गरिदिनुहोला । धन्यवाद ।’

फूलपातीदेखि ‘छक्का पञ्जा ५, १२ गाउँ र ज्वाइँ साब’ एकसाथ रिलिज भएका छन् । तर आफ्नो फिल्म ‘छक्का पन्जा ५’माथि साइबर सेनाको आक्रमण बढेको भन्दै निर्माता, कलाकार तथा लेखक दीपकराज गिरीले राजनीतिमा साइबर सेना त सुनकै हो अब फिल्म क्षेत्रमा पनि आएछ भन्दै लेखेका थिए । यस प्रसंगमा माग्नेबुढा पनि विवादमा मुछिएका थिए ।

फिल्म ‘१२ गाउँ’का निर्देशक विराज भट्टले फिल्मको प्रचारमा साइबर सेना प्रयोग गरेको भनेर ट्रोल भइरहेको थियो । तर विराजले सञ्चारकर्मीसँग कुरा गर्दै साइबर सेना शब्द नै पहिलो पटक सुनेको भनेर हास्यास्पद जवाफ दिएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]

मलेसिया । रसुवालगायतका क्षेत्रमा आएको बाढीपहिरोबाट प्रभावित परिवारहरूको राहत तथा सहयोगका लागि सुदूरपश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिले रु. १ लाख १ हजार (रु. १,०१,०००) सहयोग रकम बुझाएकाे छ। समितिले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष (Prime Minister Disaster Relief Fund) मा जम्मा गरेको हो। महालक्ष्मी विकास बैंकको भुक्तानी रसिदअनुसार १ सेप्टेम्बर २०२६ मा रु. […]

नेपाली कांग्रेस आज एउटा निर्णायक मोडमा उभिएको छ। यो संगठनभित्रको नेतृत्व परिवर्तन, गुटगत प्रतिस्पर्धा वा पदको भागबण्डाको प्रश्न होइन यो नेपाली कांग्रेसले आगामी दिनमा आफूलाई कस्तो राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने भन्ने गम्भीर प्रश्न हो। इतिहासले कांग्रेसलाई पटक–पटक कठिन परिस्थितिमा उभ्याएको छ, र हरेक संकटको घडीमा कांग्रेसको शक्ति कुनै एक व्यक्ति, समूह वा गुटमा होइन […]