१९ भाद्र २०८३, शुक्रबार
04-09-2026 , Fri
×

विश्व प्रसिद्ध गढीमाई मेलाको शोभायात्रा निकालियो

Logo
कृष्ण गुप्ता प्रकाशित बिहिबार, आश्विन १७, २०८१

मानिकचन साह
बारा, १७ असोज
बाराको बरियारपुर स्थित विश्व प्रसिद्ध गढीमाई पञ्चवर्षिय मेलाका लागि शोभा यात्रा निकालिएको छ ।

आउँदो मंसिरमा लाग्ने गढीमाई पञ्चवर्षिय मेलाका लागि आज विहानदेखि भव्य शोभा यात्रा निकालिएको हो ।

हात्ती, घोडा, उँट झाकी , बाजागाजासहित विभिन्न देवी देवतामा सजिएका देवहरुसहित शोभा यात्रा निकालिएको गढीमाई पञ्चवर्षिय मेला सञ्चालन तथा व्यवस्थापन मुल समितिका अध्यक्ष उपेन्द्र प्रसद यादवले जानकारी दिए ।

मेलामा मंसिर २३ गते बलि दिईने मेला समितिले जनाएको छ ।

शोभा यात्रामा हजारौंको संख्यामा  भक्तजनहरुको सहभागीता रहेको महागढीमाई नगरपालिकाका मेयर उपेन्द्र यादवले जनाए ।

उनका अनुसार मन्दिर परिसरबाट निस्किएको शोभा यात्राले कलैया उपमहानगरपालिका लगायत १३ गाउँको परिक्रमा गर्नेछ ।

शोभा यात्रा बरियारपुर गाउँ हुँदै इनर्वा चोक, तेलकुवा चोकदेखि गण्डक नहर हुँदै बसतपुर चोक, मटिअर्वादेखि शितलपुर–बिश्म्भरपुर, कलैया भरत चोकदेखि गुप्ता पेट्रोल पम्पदेखि अन्सारी पेट्रोल पम्प, अदालत रोड, रामपुर–बिजुलपुरदेखि गञ्जभवानीपुर–दहियार हुँदै पुनः मन्दिरमा पुगी समापन रुट तय भएको मेला आयोजक समितिले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]

मलेसिया । रसुवालगायतका क्षेत्रमा आएको बाढीपहिरोबाट प्रभावित परिवारहरूको राहत तथा सहयोगका लागि सुदूरपश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिले रु. १ लाख १ हजार (रु. १,०१,०००) सहयोग रकम बुझाएकाे छ। समितिले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष (Prime Minister Disaster Relief Fund) मा जम्मा गरेको हो। महालक्ष्मी विकास बैंकको भुक्तानी रसिदअनुसार १ सेप्टेम्बर २०२६ मा रु. […]

नेपाली कांग्रेस आज एउटा निर्णायक मोडमा उभिएको छ। यो संगठनभित्रको नेतृत्व परिवर्तन, गुटगत प्रतिस्पर्धा वा पदको भागबण्डाको प्रश्न होइन यो नेपाली कांग्रेसले आगामी दिनमा आफूलाई कस्तो राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने भन्ने गम्भीर प्रश्न हो। इतिहासले कांग्रेसलाई पटक–पटक कठिन परिस्थितिमा उभ्याएको छ, र हरेक संकटको घडीमा कांग्रेसको शक्ति कुनै एक व्यक्ति, समूह वा गुटमा होइन […]