०३ कार्तिक २०८३, सोमबार
19-10-2026 , Mon
×

विश्व प्रसिद्ध गढीमाई मेलाको शोभायात्रा निकालियो

Logo
कृष्ण गुप्ता प्रकाशित बिहिबार, आश्विन १७, २०८१

मानिकचन साह
बारा, १७ असोज
बाराको बरियारपुर स्थित विश्व प्रसिद्ध गढीमाई पञ्चवर्षिय मेलाका लागि शोभा यात्रा निकालिएको छ ।

आउँदो मंसिरमा लाग्ने गढीमाई पञ्चवर्षिय मेलाका लागि आज विहानदेखि भव्य शोभा यात्रा निकालिएको हो ।

हात्ती, घोडा, उँट झाकी , बाजागाजासहित विभिन्न देवी देवतामा सजिएका देवहरुसहित शोभा यात्रा निकालिएको गढीमाई पञ्चवर्षिय मेला सञ्चालन तथा व्यवस्थापन मुल समितिका अध्यक्ष उपेन्द्र प्रसद यादवले जानकारी दिए ।

मेलामा मंसिर २३ गते बलि दिईने मेला समितिले जनाएको छ ।

शोभा यात्रामा हजारौंको संख्यामा  भक्तजनहरुको सहभागीता रहेको महागढीमाई नगरपालिकाका मेयर उपेन्द्र यादवले जनाए ।

उनका अनुसार मन्दिर परिसरबाट निस्किएको शोभा यात्राले कलैया उपमहानगरपालिका लगायत १३ गाउँको परिक्रमा गर्नेछ ।

शोभा यात्रा बरियारपुर गाउँ हुँदै इनर्वा चोक, तेलकुवा चोकदेखि गण्डक नहर हुँदै बसतपुर चोक, मटिअर्वादेखि शितलपुर–बिश्म्भरपुर, कलैया भरत चोकदेखि गुप्ता पेट्रोल पम्पदेखि अन्सारी पेट्रोल पम्प, अदालत रोड, रामपुर–बिजुलपुरदेखि गञ्जभवानीपुर–दहियार हुँदै पुनः मन्दिरमा पुगी समापन रुट तय भएको मेला आयोजक समितिले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

आज मिति वि. सं. : २०८३ कार्तिक २ गते सोमबार इ.सं. : 19th October 2026 (Monday) सूर्योदय: बिहान ०६:०६ बजे सूर्यास्त: बेलुका १७:२९ बजे तिथि : अष्टमी ०७:५३ सम्म, तत्पश्चात् नवमी पक्ष : आश्विन शुक्लपक्ष नक्षत्र : उत्तरषाढा १४:०२ सम्म, तत्पश्चात् श्रवण योग : धृति २४:०५ सम्म, तत्पश्चात् शूल करण : बव ०७:५३ सम्म, तत्पश्चात् […]

आज मिति वि. सं. : २०८३ असोज २२ गते बिहिबार इ.सं. : 8th October 2026 (Thursday) सूर्योदय: बिहान ०६:०० बजे सूर्यास्त: बेलुका १७:४१ बजे तिथि : त्रयोदशी २१:५५ सम्म, तत्पश्चात् चतुर्दशी पक्ष : आश्विन कृष्णपक्ष नक्षत्र : पूर्वफाल्गुनी २२:०८ सम्म, तत्पश्चात् उत्तरफाल्गुनी योग : शुक्ल २६:४२ सम्म, तत्पश्चात् ब्रह्म करण : गर १०:३२ सम्म, तत्पश्चात् […]

आजमिति  वि. सं. : २०८३ असोज १८ गते आइतबार इ.सं. : 4th October 2026 (Sunday) सूर्योदय: बिहान ०५:५८ बजे सूर्यास्त: बेलुका १७:४५ बजे तिथि : अष्टमी ०७:२९ सम्म, तत्पश्चात् नवमी पक्ष : आश्विन कृष्णपक्ष नक्षत्र : पुनर्वसु २६:३० सम्म, तत्पश्चात् तिष्य योग : परिघ १५:५० सम्म, तत्पश्चात् शिव करण : तैतिल १८:१८ सम्म, तत्पश्चात् गर […]