काठमाडौं । ०६ बैशाख, २०८२ साउद सेवा समिति काठमाडौ उपत्यका जिल्ला कार्यसमितिले नयाँ वर्ष २०८२ को अवसर पारेर शुभकामना आदानप्रदान तथा साउद बन्धुहरुको ऐतिहासिक दस्तावेज बंशावली लेखन सम्बन्धि बृहत कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ । काठमाडौ उपत्यकामा विभिन्न पेशा र व्यवसायमा आवद्द साउद समुदायका करिब ७० जना व्यक्तित्वहरुको सविशेष उपस्थिति रहेको कार्यक्रम साउद सेवा […]
कलैया । बारा सिम्रौनगढ नगरपालिका बाराको १६ हो स्थानीय तहमा ऐतिहासिक नगरपालिका भनिने सिम्रौनगढ नगरपालिका नै हुन् । स्थानीय निर्वाचन २०७९ बाट निर्वाचित भएका वर्तमान मेयर किशोरी प्रसाद कलवार विवादमा आइरहेको र अहिलेको अवस्थामा सम्पूर्ण कार्यपालिका सदस्य वार्ड अध्यक्ष वार्ड सदस्य लगायतका व्यक्तित्वहरूलाई समेटिएर अगाडि बढ्ने क्रममा नगरपालिकाको विकासको लागि अगाडि बढ्दै गर्दै हुनुहुन्छ । […]
मलाका मलेसिया । मलेसियाको मलाकामा आगामी २०२५ जुन ७ र ८ तारिख (शनिबार र आइतबार) सगरमाथा आमन्त्रण भलिबल प्रतियोगिता आयोजना हुने भएको छ। मलेसियामा रहेका नेपाली प्रवासीहरूलाई एउटै मञ्च सगरमाथा युवा क्लब, प्रवास मलाका, मलेसियाले हरेक वर्षझैं यस वर्ष पनि भलिबल प्रतियोगिता आयोजना गर्न लागेको हो। स्वर्गीय जीवन मगरको स्मृतिमा समर्पित यस प्रतियोगितामा सीमित टिमहरूको […]
आजदेखि परीक्षा सुरु भएर चैत २७ गतेसम्म सञ्चालन हुने बोर्डको तालिका छ। परीक्षा बिहान ८ बजेदेखि सुरु हुनेछ। र, पहिलो दिन आज अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ। विद्यार्थीलाई मनोवैज्ञानिक दबाब नदिन शिक्षामन्त्री सुमना श्रेष्ठले सुझाब दिएकी छन्। यो परीक्षामा सामुदायिक र निजी विद्यालयका गरी देशभरिबाट १० हजार ८ सय ६ विद्यालयहरूबाट ५ लाख ४ हजार […]
पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत गर्दा सडकमा फोहोर गरेको, आइल्यान्ड तथा रेलिङमा क्षति पुर्याएको भन्दै काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई एक लाख रुपैयाँ जरिवाना तोकेको हो। महानगरपालिकाले जरिवाना तिर्न राप्रपाको केन्द्रीय कार्यालयलाई आइतबार नै पत्राचार गरेको छ। पूर्वराजा ज्ञानेन्द्र पोखराबाट फर्कँदा विमानस्थलदेखि निर्मलनिवाससम्म राप्रपालगायत दलको सहभागितामा स्वागत र्याली गरिएको थियो।
राष्ट्रिय मापन केन्द्रले बिहान २:५१ मा ६.१ म्याग्निच्युडको भूकम्प गएको जानकारी दियो। भूकम्पको केन्द्रविन्दु सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास क्षेत्र भएको बताइएको छ। भूकम्पबाट भएको क्षतिको विवरण अहिलेसम्म प्राप्त भइसकेको छैन। यसअघि गत पुष ५ मा बाजुरा केन्द्रबिन्दु भएर ५.२ म्याग्निच्युडको भूकम्प गएको थियो। त्यसपछि पनि चार म्याग्निच्युडभन्दा माथिका एक दर्जन हाराहारीमा भूकम्प गइसकेका छन् ।
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफूलाई सोधेको स्पष्टीकरणको जवाफ पेश गरेका छन् । मंगलबार उर्जा जलस्रोत तथा सिचाईं मन्त्री दीपक खड्काले पदबाट किन नहटाउने भन्दै २४ घण्टे स्प्रष्टीकरण सोधेका थिए । सो प्रष्टीकरणको जवाफ दिँदै घिसिङले विभागीय मन्त्री र मन्त्रालयले आफूलाई प्रष्टीकरण सोध्ने र पदबाट हटाउन नसक्ने जवाफ पेश गरेका छन् […]
ताप्लेजुङको पाथीभरा क्षेत्रमा निर्माणाधीन केबलकारको विषयलाई लिएर भएको विवादका बिच ताप्लेजुङ सदरमुकाम फुङलिङमा आन्दोलरत पक्ष र प्रहरीबीच झडप भएको छ । झडपमा प्रारम्भिक विवरण अुनसार ५ नेपाल प्रहरी र दुई आन्दोलनकारी घाईते भएको जनाईएको छ । प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माका अुनसार राँके जुलुसलाई नियन्त्रणमा लिन खोज्दा झडप भएको हो । प्रमुख जिल्ला अधिकारी […]
नेकपा (एकीकृत समाजवादी) को दोस्रो केन्द्रीय कमिटी बैठकमा पार्टी अध्यक्ष माधव नेपाल र केन्द्रीय सदस्य आरती लामाबीच मञ्चमै भनाभन भएको छ । प्रशासनिक प्रशिक्षण केन्द्र, जावलाखेलमा जारी दोस्रो केन्द्रीय कमिटी बैठकमा आफ्नो बोल्ने पालो आउँदा अन्तर पार्टी निर्देशन (अपानि) का आधारमा आफू अध्यक्ष रहेको अनेरास्ववियूको जिम्मेवारीबाट मुक्त गरिएको प्रति आरतीले आक्रोश व्यक्त गरेकी थिइन् । […]
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले विपक्षी दलहरुको संयुक्त बैठक आह्वान गरेको छ । बैठक अहिले बिहान ९ बजे सिंहदरबारमा बोलाइएको छ । माओवादी केन्द्र संसदीय दलको कार्यालयमा बस्ने बैठकमा सरकारविरुद्धको रणनीतिबारे छलफल हुने नेताहरुले बताएका छन् ।वर्तमान सरकारले जनप्रिय काम नगरेको भन्दै विपक्षी दलहरु मिलेर अघि बढ्ने रणनीतिमा छन् । सिन्धुपाल्चोकको सुकुटेमा मङ्गलबारको […]