०६ साउन २०८३, बुधबार
22-07-2026 , Wed
×

रविलाई थुनामै राख्नुपर्ने सर्वाेच्चकाे फैसलामा के छ? पूर्णपाठ हेर्नुहाेस्…

Logo
HeroNepal-tv प्रकाशित शुक्रबार, जेठ १०, २०८२

रवि लामिछानेलाई थुनामा राख्ने उच्च अदालतकाे आदेशलाई सर्वाेच्चले सदर गरेकाे छ।

रविकी पत्नी निकिता पाैडेलले दायर गरेकाे बन्दी प्रत्यक्षीकरणको निवेदन खारेज गर्दै सर्वाेच्चले उनलाई थुनामै राख्नुपर्ने फैसला गरेकाे हाे।

सर्वाेच्चकाे याे फैसलापछि रवि अब जिल्ला अदालत रुपन्देहीबाट सुप्रिम सहकारी ठगीको मुद्दा नटुंगिदासम्म रवि थुनामै हुनेछन्।

बुटवलकाे सुप्रिम सहकारी ठगीकाे मुद्दामा जिल्ला अदालतले उनलाई धराैटीमा छोडे पनि उच्च अदालतको बुटवल इजलासले उनलाई थुनामा राख्न भनेकाे थियाे।

सो मुद्दामा गत माघ १३ मा रूपन्देही जिल्ला अदालतले लामिछानेलाई १ करोड धरौटीमा छोड्न आदेश दिएको थियो। तर उक्त आदेशविरुद्ध रुपन्देही सरकारी वकिलको कार्यालयले उच्च अदालतमा रिट दर्ता गरेपछि उच्चले उनलाई फेरि उनलाई थुनामा राख्न आदेश दिएकाे थियाे।

यस्ताे छ सर्वाेच्च फैसलाकाे पूर्णपाठ:

फैसलाकाे पुर्ण पाठ

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मलेसिया : जोहोर बारुस्थित JO Hotel JB मा आयोजित किराँत याक्थुङ चुम्लुङ जोहोर, मलेसियाको प्रथम अधिवेशन–२०२६ भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनको प्रमुख अतिथि किराँत याक्थुङ चुम्लुङ नेपाल, कोशी प्रदेशका संघीय उपाध्यक्ष निरन्ति तुम्बापाे रहनुभएको थियो। उहाँले सम्बोधन गर्दै प्रवासमा रहेका याक्थुङ (लिम्बू) समुदायबीच संगठनात्मक एकता, भाषा, संस्कृति तथा पहिचानको संरक्षण र प्रवर्द्धनका लागि सबै […]

मलेसिया – किराँत याक्थुङ चुम्लुङ (केवाईसी) जोहोर, मलेसियाले आफ्नो प्रथम अधिवेशन–२०२६ आयोजना गर्ने भएको छ। संस्थाका अनुसार “भाषा बाँचे संस्कृति बाँच्छ, संस्कृति बाँचे माटो बोल्छ” भन्ने मूल नाराका साथ आयोजना हुन लागेको उक्त कार्यक्रममा विदेशमा रहेर पनि आफ्नो कार्यव्यस्तताका बाबजुद लिम्बू समुदायको भाषा, कला, संस्कृति र पहिचान संरक्षणमा संगीत क्षेत्रमार्फत योगदान पुर्‍याउने कलाकारहरूलाई सम्मान गरिनेछ। […]

क्वालालम्पुर, मलेसिया – मलेसियामा कार्यरत धेरै नेपाली श्रमिकहरूले नेपाली राजदूतावासले सामाजिक सञ्जालमार्फत सूचना जारी गर्ने मात्र नभई कम्पनीहरूमा प्रत्यक्ष पुगेर श्रमिकहरूको वास्तविक अवस्था बुझ्नुपर्ने आवश्यकता औंल्याएका छन्। मलेसियामा कार्यरत धेरै नेपाली श्रमिकले अझै पनि आफ्नो राहदानी (पासपोर्ट) आफूसँग नरहेको बताएका छन्। श्रमिकहरूका अनुसार केही कम्पनीहरूले कामदारले कुनै कामका लागि पासपोर्ट माग्दा RM २,००० देखि RM […]