१९ भाद्र २०८३, शुक्रबार
04-09-2026 , Fri
×

किरात राईहरुको सांस्कृतिक उत्सव यलेदोङ सम्वत ५०८५ उभौली साकेला मलेसियाको इपोमा सम्पन्न

Logo
HeroNepal-tv प्रकाशित सोमबार, जेठ ०६, २०८२

मलेसिया । किरात राई यायोक्खा क्षेत्रीय समिति ईपोपेराक, मलेसियाको आयोजनामा यलेदोङ सम्वत ५०८५ उभौली साकेला सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न गरिएको छ। “सानो प्रयास, ठूलो महत्व” भन्ने भावनालाई आत्मसात गर्दै इपोस्थित YMCA को फुटबल मैदानमा आयोजित उक्त कार्यक्रमले किरात संस्कृतिको गौरवमय झल्को प्रस्तुत गर्‍यो।

कार्यक्रमको सभापतित्व समिति अध्यक्ष रमेश राईले गर्नुभएको थियो भने, प्रमुख अतिथि किरात राई यायोक्खा शाखा मलेसियाका अध्यक्ष डम्बर राई हुनुहुन्थ्यो। विशेष अतिथिमा उपाध्यक्ष केवल राई, शाखा मलेसियाका सल्लाहकार युवराज साम्पाङ राई, र क्षेत्रीय समिति ईपोपेराकका सल्लाहकार नीर कुमार राई रहनु भएको थियो।

त्यसैगरी, कार्यक्रमलाई सम्मान दिनुहुने अन्य अतिथिहरुमा शाखा मलेसियाका कोषाध्यक्ष शान्ति चाम्लिङ राई, सह-कोषाध्यक्ष दिवस राई, सदस्य भविराज राई, जोहरबारु क्षेत्रीय समितिका सह-कोषाध्यक्ष सशिकला राई, सदस्य बुनु राई तथा शेर्पा संघ मलेसियाका उपाध्यक्ष मिङमा शेर्पा रहनुभएको थियो।

उक्त कार्यक्रममा मलेसियाका विभिन्न स्थानबाट किरात समुदायका सदस्यहरू सहित अन्य नेपाली र विदेशी अतिथिहरुको समेत उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रम सञ्चालन किरात राई यायोक्खा शाखा मलेसियाका केन्द्रीय सचिव यज्ञ कुमार राईले गर्नु भएको थियो भने, स्वागत मन्तव्य क्षेत्रीय समितिकी उपाध्यक्ष आशा राईले राख्नुभएको थियो। प्रमुख अतिथि, विशेष अतिथि र अन्य अतिथिहरुले किरात संस्कृतिको महत्त्व र साकेलाको ऐतिहासिक पक्षमा आधारित शुभकामना मन्तव्य दिनुभएको थियो।

कार्यक्रमको सफलताका लागि देउराली रेस्टुरेण्ट एण्ड फेन्सी (इपो), ॐ शान्ति रेस्टुरेण्ट (इपो), सुम्निमा रेस्टुरेण्ट एण्ड फेन्सी (सिटिवान), र पाल्पाली रेस्टुरेण्ट (इपो) जस्ता विभिन्न व्यवसायिक संस्थाहरूले आर्थिक सहयोग प्रदान गरेका थिए।

यस कार्यक्रममार्फत किरात समुदायको मौलिक परम्परा र संस्कारहरूलाई मलेसियामा समेत सजीव राख्ने प्रयास सफल भएको आयोजकहरुले जनाएका छन्। अन्त्यमा आयोजक समितिले आगामी उधौली साकेलामा पुनः भेट हुने बाचा गर्दै उपस्थित सबैप्रति आभार प्रकट गरेका थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]

मलेसिया । रसुवालगायतका क्षेत्रमा आएको बाढीपहिरोबाट प्रभावित परिवारहरूको राहत तथा सहयोगका लागि सुदूरपश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिले रु. १ लाख १ हजार (रु. १,०१,०००) सहयोग रकम बुझाएकाे छ। समितिले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष (Prime Minister Disaster Relief Fund) मा जम्मा गरेको हो। महालक्ष्मी विकास बैंकको भुक्तानी रसिदअनुसार १ सेप्टेम्बर २०२६ मा रु. […]

नेपाली कांग्रेस आज एउटा निर्णायक मोडमा उभिएको छ। यो संगठनभित्रको नेतृत्व परिवर्तन, गुटगत प्रतिस्पर्धा वा पदको भागबण्डाको प्रश्न होइन यो नेपाली कांग्रेसले आगामी दिनमा आफूलाई कस्तो राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने भन्ने गम्भीर प्रश्न हो। इतिहासले कांग्रेसलाई पटक–पटक कठिन परिस्थितिमा उभ्याएको छ, र हरेक संकटको घडीमा कांग्रेसको शक्ति कुनै एक व्यक्ति, समूह वा गुटमा होइन […]