०७ आश्विन २०८३, बुधबार
23-09-2026 , Wed
×

थामी समुदायको मलेसियामा पहिलो ऐतिहासिक प्रवासी भेला हुँदै

Logo
HeroNepal-tv प्रकाशित सोमबार, जेठ ०६, २०८२

मलेसिया।  थामी भाषा, धर्म, परम्परा र पहिचानको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल थामी समाज, मलेसियाले सन् २०२५ जुन ८ (आइतबार) मा पहिलो ऐतिहासिक प्रवासी भेला २०८२ आयोजना गर्न लागेको छ।

मलेसियामा रहेका सम्पूर्ण थामी (थाङ्मी) दाजुभाइ दिदीबहिनीलाई यस भेलामा सहभागी हुन नेपाल थामी समाज, मलेसियाले हार्दिक आमन्त्रण गरेको छ।

यो कार्यक्रम थामी समुदायको एकता, गौरव र पहिचानलाई अझ बलियो बनाउने ऐतिहासिक कदमको रूपमा लिइएको छ।

कार्यक्रम गैर आवासीय नेपाली संघ (NRNA) क्षेत्रीय समिति, जोहोरबारु को सभाहलमा दिउँसो १२ बजेबाट सुरु हुनेछ।

आयोजक समितिका अनुसार सबै थामी समुदायका सदस्यहरूलाई उपस्थित भई कार्यक्रमलाई सफल बनाउन अनुरोध  समेत गरिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]