०२ पुष २०८२, बुधबार
17-12-2025 , Wed
×

भिजिट भिसालाई नियमन गर्न समिति गठन

Logo
HeroNepal-tv प्रकाशित बुधबार, जेठ ०८, २०८२

काठमाडौँ, । देशमा भिजिट भिसाको दुरुपयोग बढ्दै गएपछि अध्यागमन विभागले यसलाई नियमन गर्न उच्चस्तरीय समिति गठन गरेको छ। विभागका निर्देशक टीकाराम ढकालका अनुसार भिजिट भिसाको नाममा वैदेशिक रोजगारीमा जाने प्रवृत्ति तीव्र बनेपछि तत्कालीन अवस्था सुधार गर्न समिति गठन गरिएको हो ।
“हामीले हालै देखिरहेका छौँ कि धेरै नागरिक पर्यटक भिसामा विभिन्न देशहरूमा गएर त्यहीँ अवैधानिक रूपमा रोजगारीमा लागिरहेका छन ”ढकालले भने, “यसले नेपाल सरकारको अन्तर्राष्ट्रिय छविमा नकारात्मक असर पारेको छ । ”

उनका अनुसार गठित समितिले भिजिट भिसा वितरण, निगरानी र मूल्याङ्कन प्रणालीमा आवश्यक सुधार गर्न सिफारिस गर्नेछ । साथै, विदेशी नियोगहरूसँग समन्वय गर्दै गलत प्रयोग रोक्न कानुनी र प्रशासनिक संयन्त्र निर्माणमा ध्यान दिनेछ ।

२०८० माघ १० गते देखी लागु भएको भिजिट भिजा सम्वन्धि ६ बुद्धे कार्यविधिलाई हेरफेर गरि नयाँ कार्याविधि सरकारले ल्याउनुपर्ने आवश्यकता छ । अहिलेको ६ बुद्धे कार्याविधिले धेरै मानिसहरु भिजिट भिषामा जाने नफकर्ने भएकाले सरकारी पक्षवाट यो कार्यविधिलाई तत्काल संसोधन गर्नुपर्ने आवश्यक रहेको छ ।
“ भिजिट भिसा पाउने प्रक्रियामा पारदर्शिता अभाव, फर्र्जी कागजातको प्रयोग, र कमजोर निगरानी प्रणाली प्रमुख चुनौतीका रूपमा रहेका छन्। ूयी समस्याको दीर्घकालीन समाधानका लागि नीति सुधार अत्यावश्यक छ ” ढकालले जोड दिए।

सरकारले चाँडै नै भिजिट भिसासम्बन्धी एकीकृत कार्यविधि ल्याउने तयारीसमेत गरेको छ। कार्यविधिमा आवेदनकर्ताको पृष्ठभूमि जाँचदेखि लिएर यात्रा पछि फिर्ती सुनिश्चित गर्ने उपायसम्म समावेश गरिने बताइएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं – देशभित्र विभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्था सञ्चालनमा रहे पनि शिक्षाका नाममा ठूलो रकम विदेशिने क्रम बढ्दो देखिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो चार महिनाको तथ्यांकअनुसार शिक्षातर्फको व्यय रु ४२ अर्ब ९६ करोड पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा शिक्षातर्फको व्यय रु ३२ अर्ब २२ करोड रहेको थियो। […]

क्वालालम्पुर (मलेसिया) – नेपालमा हर्कराज साम्पाङ राईको नेतृत्वमा स्थापित श्रम संस्कृति पार्टीको प्रवास संगठन मलेसियामा पनि औपचारिक रूपमा गठन गरिएको छ। आइतबार राजधानी क्वालालम्पुरमा “देश सोच्न सकूँ, म देश बोल्न सकूँ, देशकै कर्म गर्न सकूँ, म देशकै लागि मर्न सकूँ” भन्ने मूल नारासहित आयोजना गरिएको श्रमदाता–श्रमिक भेला मार्फत पार्टीको मलेसिया प्रवास संगठन स्थापना गरिएको हो। […]

काठमाडौँ – नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज मंगलबार मतदान हुँदैछ। एमाले केन्द्रीय निर्वाचन आयोगले दिउँसो १ बजेदेखि बेलुका ७ बजेसम्म मतदान समय तोकेको छ। मतदानका लागि ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने तयारी गरिएको छ। महाधिवेशनअन्तर्गत पार्टी अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र पूर्व वरिष्ठ उपाध्यक्ष ईश्वर […]