आज भएको पहिलो खेलमा नेपालले सिंगापुरलाई ६ विकेटले हराएको हो । सिंगापुरले दिएको १३९ रनको लक्ष्य नेपालले ३३.३ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो । टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुर ३६.१ ओभरमा सबै विकेट गुमाएर १३८ रनमा अलआउट भएको थियो । नेपालले अब दोस्रो खेल मंगलबार जापानसँग खेल्ने छ । १६ वर्षमुनिको इस्ट जोन […]
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच दुई पार्टीबीचको आपसी सहकार्यलाई अझ मजवुत बनाउने समझदारी भएको छ। शनिबार प्रचण्डलाई भेट्न पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई साथमै लिएर विप्लव खुमलटार पुगेका थिए। यो भेटमा उनीहरुबीच समसामयिक राजनीतिक विषयमा पनि छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ। ‘दुई नेताबीच समाजवादी मोर्चालाई सक्रिय बनाउने […]
अमेरिकाले इरानमा आक्रमण सुरु गरेको छ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार अमेरिकी सेनाले इरानका तीनवटा स्थानमा हमला गरेको बताएका हुन्। उनले आणविक कार्यक्रम नष्ट गर्ने इजरायलको प्रयासमा अमेरिका प्रत्यक्ष संलग्न भएको उल्लेख गरेका छन्। ट्रम्पले भनेका छन्, ‘हामीले फोर्डो, नातान्ज र एस्फहान सहित इरानका तीन आणविक साइटमा हाम्रा धेरै सफल आक्रमण पूरा गरेका छौँ।’ उनले […]
पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संविधान पुनर्लेखन र प्रदेश सभा खारेज गर्नुपर्ने बताएका छन्। शनिबार पार्टी स्थापना दिवसको अवसरमा जेलबाटै सन्देश जारी गर्दै सभापति लामिछानेले संविधान संशोधन नभई पुनर्लेखन गर्नुपर्ने बताएका हुन्। ‘भ्रष्टहरुको आर्थिक र राजनीतिक अपराधको टेको बनेको वर्तमान संविधान अब संशोधन होइन, पुनर्लेखन हुनुपर्छ,’ उनले सन्देशमा भनेका […]
नेपाल पत्रकार महासंघले देशका विभिन्न जिल्लामा सञ्चारकर्मीमाथि भइरहेका दुर्व्यवहार, समाचार संकलनमा रोक र सामाजिक सञ्जालमार्फत धम्की दिने कार्यप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। शनिबार महासंघका महासचिव रामप्रसाद दाहालले जारी गरेको विज्ञप्तिमा यस्ता घटनालाई प्रेस स्वतन्त्रतामाथिको गम्भीर हस्तक्षेपका रूपमा लिँदै दोषीमाथि कडा कानुनी कारबाहीको माग गरेको छ। महासंघको गुल्मी शाखाका अनुसार बी टेलिभिजन तथा रेडियो नेपालका […]
एमालेको विधान महाधिवेशन आउँदो भदौमा हुने तय भइसकेको छ। विधान महाधिवेशन भदौ २० देखि २२ सम्म गर्ने निर्णय भइसकेको अवस्थामा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पार्टी राजनीतिमा फर्किने तयारीमा छिन्। एमालेमा नेतृत्वका लागि ७० वर्षे उमेरहद कायम रहेमा हालका १८ पदाधिकारीमध्ये अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, उपाध्यक्ष युवराज ज्ञवाली र उपाध्यक्ष […]
काठमाडौं । त्रिकोणात्मक टी–२० आई सिरिज अन्तर्गत नेपालले आज नेदरल्याण्ड्ससँग दोस्रो खेल खेल्दैछ । नेपाल, स्कटल्याण्ड र नेदरल्याण्ड्स सम्मिलित सिरिजको पहिलो खेलमा नेपाल नेदरल्याण्डसँग सुपर ओभरमा पराजित भएको थियो । निकै रोमाञ्चक खेलमा नेपाल तेस्रो सुपर ओभरमा पराजित हुन पुगेको थियो । खेल आज नेपाली समय अनुसार पौने ८ बजे स्कटल्याण्डको ग्लास्कोमा सुरु हुनेछ । […]
इजरायल र इरानबिच उत्पन्न पछिल्लो तनावपूर्ण परिस्थितिमा इजरायलमा रहेका नेपालीहरूको सुरक्षाको मूल्याङ्कन र सम्भावित उद्धारको पहल गर्न गैरआवासीय नेपाली संघ (एनआरएनए) सक्रिय भएको छ। बुधबार साँझ भर्चुअल माध्यमबाट आयोजित अन्तरक्रियामा एनआरएनएले इजरायलस्थित नेपाली राजदूत धनप्रसाद पण्डितलगायत सम्बन्धित पक्षसँग छलफल गर्दै पछिल्लो अवस्थाबारे जानकारी लिएको हो। कार्यक्रममा एनआरएनए इजरायलका अध्यक्ष श्रीकृष्ण भण्डारीले इजरायलको अवस्था अति संवेदनशील […]
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार राति इरानमा आक्रमण गर्ने योजनालाई अनुमोदन गरेका छन्। यद्यपि, ट्रम्पले इरानविरुद्ध आक्रमण गर्ने वा नगर्ने भन्नेबारे अन्तिम निर्णय लिइनसकेको बीबीसीले जनाएको छ। एक वरिष्ठ गुप्तचर स्रोतले सीबीएसलाई बताएअनुसार यदि इरान आफ्नो आणविक कार्यक्रम रोक्न सहमत भएमा ट्रम्पले आक्रमण गर्ने योजना रोक्न सक्छन्। यो समाचार पहिलोपटक वाल स्ट्रिट जर्नलले प्रकाशन गरेको […]
लगातारको वर्षाका कारण आएको बाढी र पहिरोले पूर्व-पश्चिम राजमार्गको नारायणगढ-बुटवल सडकखण्ड अवरुद्ध भएको छ। विनयी खोलामा आएको बाढीले अस्थायी डाइभर्सन भत्काएपछि सडक दुईतर्फी अवरुद्ध भएको हो। बुधबार बेलुकी डाइभर्सन बनाएर सडक एकतर्फी खुले पनि बाटो चिप्लो भएका कारण गाडी विस्तारै गुडिरहेका र लामो जाम रहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ। खोलाको बेग बढी […]