०७ आश्विन २०८३, बुधबार
23-09-2026 , Wed
×

NRNA मलेसियाले गर्याे मलका राज्य समिति गठनको प्रक्रिया सुरु, बिभिन्न पदमा उम्मेदवारी आह्रान

Logo
Manoj Dashaundi प्रकाशित बुधबार, आषाढ २५, २०८२

 

क्वालालम्पुर, मलेसिया ।  गैर आवासीय नेपाली संघ (NRNA) मलेसिया अन्तर्गत मलका राज्यमा प्रदेश समिति गठनको प्रक्रिया औपचारिक रूपमा सुरु गरेको छ।

राज्यस्तरीय संरचना बलियो बनाउने उद्देश्यले संघले उम्मेदवार मनोनयन आह्वान गर्दै आवश्यक कागजात र उम्मेदवारी दस्तुरसमेत सार्वजनिक गरेको छ।

एनआरएनए मलेसिया राष्ट्रिय समन्वय परिषद्का सचिव विष्णु प्रसाद बराल र अध्यक्ष राकेश प्रसाद महतोद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ, “राज्य समिति गठन प्रक्रिया नेपाली समुदायको सहभागिता र नेतृत्व विकासका लागि महत्वपूर्ण छ।”

उम्मेदवारी दिन आवश्यक कागजातहरू:

1. NRNA को परिचयपत्र सदस्यताको प्रमाण

2. मान्य मलेसियन भिषाकाे फोटो (स्पष्ट देखिने गरी)

3. पासपोर्टको प्रतिलिपि (फ्रन्ट पेज)

उम्मेदवारीका लागि पद र दस्तुर यस प्रकार छन्:

पद र उम्मेदवारी दस्तुर (RM)

अध्यक्ष -४००
वरिष्ठ उपाध्यक्ष -२५०
उपाध्यक्ष -२५०
महिला उपाध्यक्ष -२००
सचिव -१००
कोषाध्यक्ष -१००
सह-सचिव -१००
सह-कोषाध्यक्ष -१००
युवा संयोजक -१००

महत्वपूर्ण मिति:

उम्मेदवारी दिने अन्तिम मिति: १२ जुलाई २०२५, साँझ ८:०० बजेभित्र

उम्मेदवारहरूले उक्त मितिसम्ममा सबै आवश्यक कागजात र दस्तुर बुझाइसक्नुपर्नेछ।

एनआरएनए मलेसियाले सबै नेपालीलाई एकता, पहिचान र नेतृत्व सुदृढ बनाउने यो अभियानमा साथ दिन आह्वान गरेको छ। सम्पर्कका लागि विष्णु प्रसाद बराल (0163875155) वा उमेश महतो (0166098307) सँग सम्पर्क गर्न सकिने जनाइएको छ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]