क्वालालम्पुर, मलेसिया । गैर आवासीय नेपाली संघ (NRNA) मलेसिया अन्तर्गत मलका राज्यमा प्रदेश समिति गठनको प्रक्रिया औपचारिक रूपमा सुरु गरेको छ।
राज्यस्तरीय संरचना बलियो बनाउने उद्देश्यले संघले उम्मेदवार मनोनयन आह्वान गर्दै आवश्यक कागजात र उम्मेदवारी दस्तुरसमेत सार्वजनिक गरेको छ।
एनआरएनए मलेसिया राष्ट्रिय समन्वय परिषद्का सचिव विष्णु प्रसाद बराल र अध्यक्ष राकेश प्रसाद महतोद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ, “राज्य समिति गठन प्रक्रिया नेपाली समुदायको सहभागिता र नेतृत्व विकासका लागि महत्वपूर्ण छ।”
उम्मेदवारी दिन आवश्यक कागजातहरू:
1. NRNA को परिचयपत्र सदस्यताको प्रमाण
2. मान्य मलेसियन भिषाकाे फोटो (स्पष्ट देखिने गरी)
3. पासपोर्टको प्रतिलिपि (फ्रन्ट पेज)
उम्मेदवारीका लागि पद र दस्तुर यस प्रकार छन्:
पद र उम्मेदवारी दस्तुर (RM)
अध्यक्ष -४००
वरिष्ठ उपाध्यक्ष -२५०
उपाध्यक्ष -२५०
महिला उपाध्यक्ष -२००
सचिव -१००
कोषाध्यक्ष -१००
सह-सचिव -१००
सह-कोषाध्यक्ष -१००
युवा संयोजक -१००
महत्वपूर्ण मिति:
उम्मेदवारी दिने अन्तिम मिति: १२ जुलाई २०२५, साँझ ८:०० बजेभित्र
उम्मेदवारहरूले उक्त मितिसम्ममा सबै आवश्यक कागजात र दस्तुर बुझाइसक्नुपर्नेछ।
एनआरएनए मलेसियाले सबै नेपालीलाई एकता, पहिचान र नेतृत्व सुदृढ बनाउने यो अभियानमा साथ दिन आह्वान गरेको छ। सम्पर्कका लागि विष्णु प्रसाद बराल (0163875155) वा उमेश महतो (0166098307) सँग सम्पर्क गर्न सकिने जनाइएको छ।
