०७ आश्विन २०८३, बुधबार
23-09-2026 , Wed
×

युक्रेनसँग लड्न ३० हजार सैनिक रुस पठाउँदैछ कोरियाले

Logo
HeroNepal-tv प्रकाशित बिहिबार, आषाढ १९, २०८२

उत्तर कोरियाले थप ३० हजारभन्दा धेरै आफ्ना सैनिकहरू रुस पठाउने योजना बनाइरहेको छ। उत्तर कोरियाली ती सैनिकहरू युक्रेनसँग लडिरहेका रुसी सैनिकहरूको अग्रपङ्त्तिमा तैनाथ हुनेछन्।

अमेरिकी सञ्चारमाध्यम सिएनएनले जनाएअनुसार केही दिनभित्रै ती सैनिकहरू रुस पुग्नेछन्। यसअघि गत वर्षको नोभेम्बरमा पनि उत्तर कोरियाले लगभग ११ हजार सैनिक रुस पठाएको थियो। तीमध्ये कम्तीमा पनि ४ हजार सैनिक युक्रेन युद्धमा मारिएको अनुमान छ।

ती उत्तरकोरियाली सैनिकहरू अग्रभागमा खटेर रुसको कुर्स्क क्षेत्रमा युक्रेनको आक्रमणलाई निस्तेज गर्न सघाएका थिए। यो क्षतिका वाफजुद पनि उत्तर कोरियाले रुसमा आफ्ना सैनिक पठाउन छोडेको छैन। र बरु उसले यसलाई रुससँगको बलियो सैन्य साझेदारीका रुपमा ब्याख्या गरेको छ।

सिएनएनले रुसको एउटा गोप्य सुरक्षा दस्तावेजका आधारमा यो समाचार प्रकाशित गरेको जनाएको छ। त्यो प्रतिवेदनअनुसार उत्तर कोरियाली ती सैनिकहरूलाई युक्रेनसँगको ठूला लडाईंहरूमा खटाइने छ।

उत्तर कोरियाली सैनिकहरू हजारौं किलोमिटर पार गरेर साइबेरिया हुँदै रुसको युद्ध क्षेत्रतर्फ प्रस्थान गरिसकेका छन्। त्यसका लागि युद्धपोत बिमानहरू, तथा सामुद्रिक हतियारहरू र बन्दोबस्तीका सामग्रीहरू रुसले तयारी अवस्थामा राखेको छ। वायु सेनाका लागि कैयौं विमानस्थलहरू र जलसेनाका लागि बन्दरगाहहरू पनि तयारी अवस्थामा छन्।

रुस र उत्तर कोरियाबीच राजनीतिक र कुटनीतिक सम्बन्ध झाँगिदै जाँदा अब सैन्य साझेदारी पनि बलियो हुँदै गएको देखिन्छ।

सन् २०२२ नोभेम्बरदेखि रुस र युक्रेनबीच भीषण युद्ध अहिले पनि जारी छ। विभिन्न देशहरूले युद्ध रोक्नका लागि मध्यस्थता गरिरहे पनि त्यहाँ युद्धबिराम हुन सकेको छ।

दोस्रो कार्यकाल सम्हालेलगत्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि त्यो युद्ध रोक्ने प्रयत्न गरेका थिए। तर उनी पनि सफल हुन सकेनन्। अहिले पनि ट्रम्पका दूतहरू रुस र युक्रेनसँग निरन्तर संवाद गरिरहेका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]