०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

हिलोपटक तातोपानी नाकाबाट चिनियाँ हेलिकोप्टर नेपालमा आयात

Logo
HeroNepal-tv प्रकाशित बिहिबार, आषाढ १९, २०८२

तातोपानी नाका भएर पहिलोपटक चिनियाँ हेलिकोप्टर नेपालमा आयात भएको छ । भूकम्पपछि चिनियाँ सहरबाट सामान ट्रान्सपोर्ट गर्दै आएको आडो ट्रान्सपोर्ट कम्पनीले ४० फुटे टेलरमा राखेर हेलिकोप्टर तातोपानी ल्याएको हो ।

नेपालको माउन्टेन हेलिकोप्टर प्रालिले खरिद गरेको सो हेलिकोप्टर नेपाल–चीन सीमामा रहेको तातोपानी भन्सारको यात्रु शाखामा अनलोड गरिएको हो । माउन्टेनले पाँचवटा चिनियाँ हेलिकोप्टर खरिद गरेको छ । ती सबै तातोपानी नाका भएर काठमाडौ आयात हुँदै छन् ।

चिनियाँ हेलिकोप्टरको मूल्यअनुसार राजस्व लिने तयारी गरेको तातोपानी भन्सारका सूचना अधिकृत सूर्य काफ्लेले जानकारी दिए । यात्रु शाखामा रहेको हेलिकोप्टरको भन्सार जाँचपास एक–दुई दिनभित्र हुने उनले बताए । ‘चार करोड १२ लाखभन्दा बढी राजस्व संकलन गरेर भन्सार जाँचपास हुनेछ,’ उनले भने, बिहीबार प्राविधिक टोली आएर हेलिकोप्टरको अवस्था चेकजाँच गरेपछि तातोपानीबाट काठमाडौं उड्छ ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं – देशभित्र विभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्था सञ्चालनमा रहे पनि शिक्षाका नाममा ठूलो रकम विदेशिने क्रम बढ्दो देखिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो चार महिनाको तथ्यांकअनुसार शिक्षातर्फको व्यय रु ४२ अर्ब ९६ करोड पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा शिक्षातर्फको व्यय रु ३२ अर्ब २२ करोड रहेको थियो। […]

क्वालालम्पुर (मलेसिया) – नेपालमा हर्कराज साम्पाङ राईको नेतृत्वमा स्थापित श्रम संस्कृति पार्टीको प्रवास संगठन मलेसियामा पनि औपचारिक रूपमा गठन गरिएको छ। आइतबार राजधानी क्वालालम्पुरमा “देश सोच्न सकूँ, म देश बोल्न सकूँ, देशकै कर्म गर्न सकूँ, म देशकै लागि मर्न सकूँ” भन्ने मूल नारासहित आयोजना गरिएको श्रमदाता–श्रमिक भेला मार्फत पार्टीको मलेसिया प्रवास संगठन स्थापना गरिएको हो। […]

काठमाडौँ – नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज मंगलबार मतदान हुँदैछ। एमाले केन्द्रीय निर्वाचन आयोगले दिउँसो १ बजेदेखि बेलुका ७ बजेसम्म मतदान समय तोकेको छ। मतदानका लागि ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने तयारी गरिएको छ। महाधिवेशनअन्तर्गत पार्टी अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र पूर्व वरिष्ठ उपाध्यक्ष ईश्वर […]