०३ कार्तिक २०८३, सोमबार
19-10-2026 , Mon
×

आज १५ असार: धान दिवस, दही चिउरा खाएर सांस्कृतिक पर्व मनाइँदै

Logo
HeroNepal-tv प्रकाशित आइतबार, आषाढ १५, २०८२

प्रत्येक वर्ष १५ असारमा मनाइने धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदै छ ।

कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन् । यसबेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । १५ असारलाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रूपमा पनि लिइन्छ । खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाई १५ असार मनाउँछन् ।

हाम्रो संस्कृतिमा दहीको स्थान महत्त्वपूर्ण छ । शुभकार्यका लागि घरबाहिर निस्कने, विदेश जाने आदि महत्त्वपूर्ण काम गर्नुअघि दही अक्षता मुछेर निधारमा रातो टीका लगाउने परम्परा छ । यस्ता शुभकाममा निस्कनुअघि सगुनका रूपमा पनि दही खुवाएर बिदाइ गरिन्छ । निस्कने बेलामा दही खाएर हिँडे साइत पर्ने जनविश्वास रहिआएको छ ।

दही वैज्ञानिक दृष्टिले पनि स्वास्थ्यवर्द्धक मानिन्छ । गुरु गोरखनाथले नेपालको एकीकरणकर्ता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहलाई दही खान दिएर पराक्रमी हुने भविष्यवाणी गरेका थिए भनिन्छ । आयुर्वेदमा भोजनको अन्त्यमा दही मथेर बनाएको मोही पिएमा औषधि उपचारका लागि स्वास्थ्यकर्मीकहाँ जानु नपर्ने बताइएको छ । ‘भोजनान्ते पिबेत् तक्रं वैद्यस्य किं प्रयोजनम्’ भन्नेजस्ता वाक्य पनि आयुर्वेदमा उल्लेख गरिएको छ । दहीले पाचन शक्ति पनि बढाउँछ ।

पखाला लागेका बेला दही चिउरा खाएमा औषधिको काम गर्छ । यसैले दही चिउरा खाने संस्कारले नेपाली संस्कृतिमा बृहत रूप लिएको छ । यसरी असार १५ गते नेपाली समाजमा राष्ट्रिय सांस्कृतिक पर्व बन्न सफल भएको छ ।

धान दिवस

१५ असार २०६२ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । कृषिप्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेसा खेतीपाती हो ।

किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन् । आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ । ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’जस्ता लोकलयका गीत गाएर खेतमै रमाइलो पनि गरिन्छ ।

मध्य गर्मीको यो समयमा युवा लाठे र युवती रोपाहारले खेतका गराको हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्छन् । असारमा एकपटक हिलोमा पस्नैपर्ने मान्यता पनि नेपालीमा समाजमा रहेको छ । यस वर्ष असार मध्यसम्म पनि देशका सबै भागमा पर्याप्त मात्रामा वर्षा नभएका कारण हुनुपर्ने जति धान रोपाइँ हुनसकेको छैन ।

कति ठाउँमा रासायनिक मलको पनि अभाव भएको गुनासो किसानले गर्ने गरेका छन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भने पर्याप्त मात्रामा रासायनिक मलको मौज्दात रहेको दाबी गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

आज मिति वि. सं. : २०८३ कार्तिक २ गते सोमबार इ.सं. : 19th October 2026 (Monday) सूर्योदय: बिहान ०६:०६ बजे सूर्यास्त: बेलुका १७:२९ बजे तिथि : अष्टमी ०७:५३ सम्म, तत्पश्चात् नवमी पक्ष : आश्विन शुक्लपक्ष नक्षत्र : उत्तरषाढा १४:०२ सम्म, तत्पश्चात् श्रवण योग : धृति २४:०५ सम्म, तत्पश्चात् शूल करण : बव ०७:५३ सम्म, तत्पश्चात् […]

आज मिति वि. सं. : २०८३ असोज २२ गते बिहिबार इ.सं. : 8th October 2026 (Thursday) सूर्योदय: बिहान ०६:०० बजे सूर्यास्त: बेलुका १७:४१ बजे तिथि : त्रयोदशी २१:५५ सम्म, तत्पश्चात् चतुर्दशी पक्ष : आश्विन कृष्णपक्ष नक्षत्र : पूर्वफाल्गुनी २२:०८ सम्म, तत्पश्चात् उत्तरफाल्गुनी योग : शुक्ल २६:४२ सम्म, तत्पश्चात् ब्रह्म करण : गर १०:३२ सम्म, तत्पश्चात् […]

आजमिति  वि. सं. : २०८३ असोज १८ गते आइतबार इ.सं. : 4th October 2026 (Sunday) सूर्योदय: बिहान ०५:५८ बजे सूर्यास्त: बेलुका १७:४५ बजे तिथि : अष्टमी ०७:२९ सम्म, तत्पश्चात् नवमी पक्ष : आश्विन कृष्णपक्ष नक्षत्र : पुनर्वसु २६:३० सम्म, तत्पश्चात् तिष्य योग : परिघ १५:५० सम्म, तत्पश्चात् शिव करण : तैतिल १८:१८ सम्म, तत्पश्चात् गर […]