०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

ठेकेदार मनोज भेटवाल पक्राउ परेलगत्तै अस्पताल भर्ना

Logo
HeroNepal-tv प्रकाशित आइतबार, आषाढ १५, २०८२

ठेकेदार मनोज भेटवाल पक्राउ परेलगत्तै अस्पताल भर्ना भएका छन्।

शुक्रबार पक्राउ परेका भेटवाललाई प्रहरीले सोही राति ह्याम्स अस्पतालमा भर्ना गरेको हो।

बैंकिङ कसुर मुद्दामा पक्राउ परेका उनलाई प्रहरीले सुरूमा वीर अस्पताल लगेको थियो।

त्यहाँबाट ह्याम्स अस्पतालमा भर्ना गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए।

‘उहाँलाई दमको बिरामी छ भनिएको थियो। सुरूमा वीर लगेको थियौं। त्यहाँबाट ह्याम्स लगिएको हो,’ उनले भने।

अस्पतालले पनि भेटुवाल शुक्रबार भर्ना भएको पुष्टि गरेको छ।

क्याबिन नम्बर ८१२ मा राखेर उनको उपचार भइरहेको अस्पतालले जनाएको छ।

ठेकेदार भेटवाल शुक्रबार बिहान पक्राउ परेका थिए। तर उनी पक्राउ परेकोबारे एसपी बोहरा लगायतका अधिकृतहरूले गोप्य राखेका थिए।

अबेर राति मात्रै एसपी बोहराले उनी पक्राउ परेको प्रेस विज्ञप्ति जारी गरेका थिए।

भेटवालमाथि अनुसन्धान गर्न आइतबार जिल्ला अदालत काठमाडौंमा म्याद थप गर्ने तयारी रहेको एसपी बोहराले जानकारी दिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं – देशभित्र विभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्था सञ्चालनमा रहे पनि शिक्षाका नाममा ठूलो रकम विदेशिने क्रम बढ्दो देखिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो चार महिनाको तथ्यांकअनुसार शिक्षातर्फको व्यय रु ४२ अर्ब ९६ करोड पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा शिक्षातर्फको व्यय रु ३२ अर्ब २२ करोड रहेको थियो। […]

क्वालालम्पुर (मलेसिया) – नेपालमा हर्कराज साम्पाङ राईको नेतृत्वमा स्थापित श्रम संस्कृति पार्टीको प्रवास संगठन मलेसियामा पनि औपचारिक रूपमा गठन गरिएको छ। आइतबार राजधानी क्वालालम्पुरमा “देश सोच्न सकूँ, म देश बोल्न सकूँ, देशकै कर्म गर्न सकूँ, म देशकै लागि मर्न सकूँ” भन्ने मूल नारासहित आयोजना गरिएको श्रमदाता–श्रमिक भेला मार्फत पार्टीको मलेसिया प्रवास संगठन स्थापना गरिएको हो। […]

काठमाडौँ – नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज मंगलबार मतदान हुँदैछ। एमाले केन्द्रीय निर्वाचन आयोगले दिउँसो १ बजेदेखि बेलुका ७ बजेसम्म मतदान समय तोकेको छ। मतदानका लागि ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने तयारी गरिएको छ। महाधिवेशनअन्तर्गत पार्टी अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र पूर्व वरिष्ठ उपाध्यक्ष ईश्वर […]