०७ आश्विन २०८३, बुधबार
23-09-2026 , Wed
×

ठेकेदार मनोज भेटवाल पक्राउ परेलगत्तै अस्पताल भर्ना

Logo
HeroNepal-tv प्रकाशित आइतबार, आषाढ १५, २०८२

ठेकेदार मनोज भेटवाल पक्राउ परेलगत्तै अस्पताल भर्ना भएका छन्।

शुक्रबार पक्राउ परेका भेटवाललाई प्रहरीले सोही राति ह्याम्स अस्पतालमा भर्ना गरेको हो।

बैंकिङ कसुर मुद्दामा पक्राउ परेका उनलाई प्रहरीले सुरूमा वीर अस्पताल लगेको थियो।

त्यहाँबाट ह्याम्स अस्पतालमा भर्ना गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए।

‘उहाँलाई दमको बिरामी छ भनिएको थियो। सुरूमा वीर लगेको थियौं। त्यहाँबाट ह्याम्स लगिएको हो,’ उनले भने।

अस्पतालले पनि भेटुवाल शुक्रबार भर्ना भएको पुष्टि गरेको छ।

क्याबिन नम्बर ८१२ मा राखेर उनको उपचार भइरहेको अस्पतालले जनाएको छ।

ठेकेदार भेटवाल शुक्रबार बिहान पक्राउ परेका थिए। तर उनी पक्राउ परेकोबारे एसपी बोहरा लगायतका अधिकृतहरूले गोप्य राखेका थिए।

अबेर राति मात्रै एसपी बोहराले उनी पक्राउ परेको प्रेस विज्ञप्ति जारी गरेका थिए।

भेटवालमाथि अनुसन्धान गर्न आइतबार जिल्ला अदालत काठमाडौंमा म्याद थप गर्ने तयारी रहेको एसपी बोहराले जानकारी दिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]