काठमाडौं । नक्कली भुटानी शरणार्थीसम्बन्धी मुद्दामा आज काठमाडौं जिल्ला अदालतमा सुनुवाइ हुँदै छ । न्यायाधीश डा. दिवाकर भट्टको इजलासको पहिलो नम्बरमा नक्कली भुटानी शरणार्थीसम्बन्धी मुद्दा छ । मुद्दामा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजीत राई, छोरा प्रतीक थापा, तत्कालीन गृहसचिव टेकराज पाण्डेसहित ३६ जना प्रतिवादी छन् । नेपालीलाई […]
काठमाडौँ । सप्तरीमा प्रहरीले गोली प्रहार गरेर लागु औषध कारोबारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तसरीका बडिबिरपुर–१ घर भएका विशाल राय र डाक्नेश्वरी–७ घर घर भएका मनोज राय छन् । आरोपीहरूलाई नियन्त्रणमा लिने क्रममा दुई राउन्ड हवाई फायर गरिएको लागु औषध नियन्त्रण ब्युरोका एसएसपी कृष्ण कोइरालाले रातोपाटीलाई बताए । ब्युरोका सई बालकृष्ण सन्जेल नेतृत्वको […]
काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति सम्झौतामा आउँदादेखि अहिलेसम्म माओवादी पार्टी विभाजनको लागि अनेक षड्यन्त्रहरु भइरहेको बताएका छन्। आइतबार ‘बोत्ले हत्याकाण्ड’ दोलखाको स्मृति सभा कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रतिक्रियावादीहरुले पार्टीलाई पटक-पटक विभाजन गर्नको लागि अनेक षड्यन्त्रहरु गर्ने र जालझेलहरु भइरहेको बताए। उनले भने, ‘हामी शान्ति सम्झौतामा आउँदादेखि नै प्रतिक्रियावादीहरुले हाम्रो पार्टीलाई पटक-पटक […]
काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टी अध्यक्ष माधव नेपाललाई पार्टी चलाउने क्षमता नभए छोडेर जान भनेका छन् । माधव नेपालले शुक्रवार खनाललाई पार्टी छोडेर जान भनेपछि खनालले शनिवार पत्रकार सम्मेलन गरेर जवाफ फर्काएका हुन । images माधव नेपालबाट आफूलाई पार्टी छाड भन्ने अभिव्यक्ति आउला भन्ने आफूले कल्पना पनि नगरेको खनालले बताए […]
काठमाडौँ । भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडीसी) को तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा सहभागिता हुन प्रधानमन्त्री केपी शर्मा ओली आज तुर्कमिनिस्तान जाँदै छन्। प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल आइतबार राति ११:५५ बजे फ्लाई दुबईको उडानबाट दुबई हुँदै तुर्कमेनिस्तान भ्रमणमा जना लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। साउन २० देखि २३ गतेसम्म (५ देखि ८ अगस्ट) अवाजा सहरमा आयोजना हुने […]
प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको प्रतिष्ठित ‘म्याट्रिक्स फाइट नाइट’ मा ऐतिहासिक जित हासिल गर्दै बान्टमवेट च्याम्पियन बनेका नेपालका रवीन्द्र ढाँटलाई बधाई दिएका छन्। नेपाली मिक्स्ड मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटले भारतको प्रतिष्ठित ‘म्याट्रिक्स फाइट नाइट’ मा ऐतिहासिक जित हासिल गरेलगत्तै प्रधानमन्त्री ओलीले बधाई दिएका हुन्। ‘भारतका चोंगरेंग कोरेनलाई हराउँदै रवीन्द्र ढाँट म्याट्रिक्स फाइट नाइट […]
क्वालालम्पुर:=मलेसियाको सारावाक राज्यस्थित कुचिङ शहरमा सन् २०२५ अगस्ट १ मा सम्पन्न १० औं एसियाली पारा तेक्वान्दो च्याम्पियनसिप (G4) मा सहभागिता जनाएका नेपाली खेलाडीहरूलाई मलेसियास्थित नेपाली राजदूतावास, क्वालालम्पुरले विशेष स्वागत तथा सम्मान गरेको छ। नेपाली फुटबल एसोसिएसन र हिमालयन एकेडेमी मलेसियाका अध्यक्ष सन्तोष भट्टको समन्वयमा दूतावास पुगेका खेलाडीहरूलाई राजदूत नेत्र प्रसाद तिमल्सिनाले आत्मीय स्वागत गर्दै उनीहरूको […]
काठमाडौं– नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको दोस्रो दिनको बैठक सुरु भएको छ। पार्टी मुख्यालय पेरिसडाँडामा जारी बैठकमा आज बैठकमा प्रस्तुत भएका एजेण्डा र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राखेको विचारमाथि नेताहरूले धारणा राख्ने क्रम चलिरहेको प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए। साथै समसामयिक राजनीतिक घटनाक्रमबारे पनि छलफल भइरहेको छ। बैठकमा हरेक वक्तालाई १० देखि १५ मिनेटको समय दिइएको […]
सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को अवधि १० वर्ष कायम भएको छ। सरकारले ‘केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक’ राजपत्रमा प्रकाशित गरेसँगै सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ मा रहेको ५ वर्षे अवधिलाई बढाएर १० वर्ष पुर्याइएको हो। यो व्यवस्थाले अब चालकहरूले ५-५ वर्षमा लाइसेन्स नवीकरण गर्नुपर्ने झन्झटबाट मुक्ति पाउनेछन्। राजपत्रमा प्रकाशित सूचना अनुसार, सवारी […]
मलेसिया – मलेसियाको कुचिङ शहरमा सम्पन्न १०औं एसियाली पारा तेक्वान्दो च्याम्पियनसिप (G-4) मा नेपालकी पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धन ले महिला ५७ केजी तौल समूह अन्तर्गत K-44 वर्गमा कास्य पदक जित्दै देशको नाम उज्यालो पार्न सफल भएकी छन्। पलेशाको यो सफलता उनको छैठौं आधिकारिक अन्तर्राष्ट्रिय पदक हो, जुन उपलब्धि नेपाली पारा खेलकुद क्षेत्रका लागि अत्यन्त […]