०४ कार्तिक २०८३, मंगलबार
20-10-2026 , Tue
×

नयाँ विद्रोहबाट प्रतिक्रियावादीलाई परास्त गर्ने तयारीमा प्रचण्ड

Logo
HeroNepal-tv प्रकाशित आइतबार, साउन १९, २०८२

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति सम्झौतामा आउँदादेखि अहिलेसम्म माओवादी पार्टी विभाजनको लागि अनेक षड्यन्त्रहरु भइरहेको बताएका छन्।

आइतबार ‘बोत्ले हत्याकाण्ड’ दोलखाको स्मृति सभा कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रतिक्रियावादीहरुले पार्टीलाई पटक-पटक विभाजन गर्नको लागि अनेक षड्यन्त्रहरु गर्ने र जालझेलहरु भइरहेको बताए।

उनले भने, ‘हामी शान्ति सम्झौतामा आउँदादेखि नै प्रतिक्रियावादीहरुले हाम्रो पार्टीलाई पटक-पटक विभाजन गर्नको लागि अनेक षड्यन्त्रहरु गर्ने,जालझेलहरु गर्ने र लगानी गर्ने जस्ता काम गर्दै आएका छन्।’

त्यस्तै उनले प्रतिक्रियावादीलाई परास्त गर्न एकपटक फेरि नयाँ विद्रोहको आवश्यकता रहेको बताउँदै त्यसको तयारी पार्टीले गरिरहेको बताए।

उनले भने,‘एकचोटि फेरि नयाँ आन्दोलन र विद्रोहले जन्म लिनेछ भन्ने विश्वाससहित हामी अगाडि बढ्दै छौ। नयाँ खालको विद्रोहबाट प्रतिक्रियावादीलाई परास्त गर्नुपर्छ भन्ने संकल्पकासाथ हिडिरहेको छौं। मैले गर्ने प्रतिबद्धता पनि यही नै हो। र यसको तयारी पनि गरिरहेको छु।’

उनले सबै जिल्लामा हजारौंको संख्यामा सहिदहरुको रगत बगेको बताउँदै प्रचण्डले अहिले त्यसको महानता र कृतिलाई अपमानित गर्न ठूलो कसरत भइरहेको बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]