२० भाद्र २०८३, शनिबार
05-09-2026 , Sat
×

माओवादी स्थायी कमिटी बैठकमा नेताहरूले धारणा राख्ने क्रम अझै जारी

Logo
HeroNepal-tv प्रकाशित शनिबार, साउन १८, २०८२

काठमाडौं– नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको दोस्रो दिनको बैठक सुरु भएको छ।

पार्टी मुख्यालय पेरिसडाँडामा जारी बैठकमा आज बैठकमा प्रस्तुत भएका एजेण्डा र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राखेको विचारमाथि नेताहरूले धारणा राख्ने क्रम चलिरहेको प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए।

साथै समसामयिक राजनीतिक घटनाक्रमबारे पनि छलफल भइरहेको छ। बैठकमा हरेक वक्तालाई १० देखि १५ मिनेटको समय दिइएको छ।

पछिल्लो समय अध्यक्ष प्रचण्ड र उपमहासचिव जनार्दन शर्माबिच देखिएको अन्तरविरोधका कारण स्थायी समिति बैठकलाई चासोपूर्वक हेरिएको छ।

बैठकमा उपमहासचिव जनार्दन शर्माले उठाएको विषय पनि छलफल हुँदैछ। हिजो सम्बोधनका क्रममा प्रचण्डले नेतृत्वविरुद्ध सार्वजनिक रूपमा नेता शर्माले बोल्दा राम्रो सन्देश नगएको भन्दै असन्तुष्टि जनाएका थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]

मलेसिया । रसुवालगायतका क्षेत्रमा आएको बाढीपहिरोबाट प्रभावित परिवारहरूको राहत तथा सहयोगका लागि सुदूरपश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिले रु. १ लाख १ हजार (रु. १,०१,०००) सहयोग रकम बुझाएकाे छ। समितिले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष (Prime Minister Disaster Relief Fund) मा जम्मा गरेको हो। महालक्ष्मी विकास बैंकको भुक्तानी रसिदअनुसार १ सेप्टेम्बर २०२६ मा रु. […]

नेपाली कांग्रेस आज एउटा निर्णायक मोडमा उभिएको छ। यो संगठनभित्रको नेतृत्व परिवर्तन, गुटगत प्रतिस्पर्धा वा पदको भागबण्डाको प्रश्न होइन यो नेपाली कांग्रेसले आगामी दिनमा आफूलाई कस्तो राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने भन्ने गम्भीर प्रश्न हो। इतिहासले कांग्रेसलाई पटक–पटक कठिन परिस्थितिमा उभ्याएको छ, र हरेक संकटको घडीमा कांग्रेसको शक्ति कुनै एक व्यक्ति, समूह वा गुटमा होइन […]