०४ कार्तिक २०८३, मंगलबार
20-10-2026 , Tue
×

माओवादी स्थायी कमिटी बैठकमा नेताहरूले धारणा राख्ने क्रम अझै जारी

Logo
HeroNepal-tv प्रकाशित शनिबार, साउन १८, २०८२

काठमाडौं– नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको दोस्रो दिनको बैठक सुरु भएको छ।

पार्टी मुख्यालय पेरिसडाँडामा जारी बैठकमा आज बैठकमा प्रस्तुत भएका एजेण्डा र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राखेको विचारमाथि नेताहरूले धारणा राख्ने क्रम चलिरहेको प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए।

साथै समसामयिक राजनीतिक घटनाक्रमबारे पनि छलफल भइरहेको छ। बैठकमा हरेक वक्तालाई १० देखि १५ मिनेटको समय दिइएको छ।

पछिल्लो समय अध्यक्ष प्रचण्ड र उपमहासचिव जनार्दन शर्माबिच देखिएको अन्तरविरोधका कारण स्थायी समिति बैठकलाई चासोपूर्वक हेरिएको छ।

बैठकमा उपमहासचिव जनार्दन शर्माले उठाएको विषय पनि छलफल हुँदैछ। हिजो सम्बोधनका क्रममा प्रचण्डले नेतृत्वविरुद्ध सार्वजनिक रूपमा नेता शर्माले बोल्दा राम्रो सन्देश नगएको भन्दै असन्तुष्टि जनाएका थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]