०४ कार्तिक २०८३, मंगलबार
20-10-2026 , Tue
×

माधव नेपाललाई पार्टी चलाउने क्षमता नभए छोडेर जानाेस ः नेता झलनाथ खनाल

Logo
HeroNepal-tv प्रकाशित आइतबार, साउन १९, २०८२

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टी अध्यक्ष माधव नेपाललाई पार्टी चलाउने क्षमता नभए छोडेर जान भनेका छन् । माधव नेपालले शुक्रवार खनाललाई पार्टी छोडेर जान भनेपछि खनालले शनिवार पत्रकार सम्मेलन गरेर जवाफ फर्काएका हुन ।

images
माधव नेपालबाट आफूलाई पार्टी छाड भन्ने अभिव्यक्ति आउला भन्ने आफूले कल्पना पनि नगरेको खनालले बताए ।

उनले अध्यक्ष नेपाललाई पार्टी चलाउन सक्ने क्षमता नभए आफैँ छाडेर हिँड्न सुझाए । अध्यक्ष माधव नेपालले पार्टी छाडेर जान भनेपछि खनालले आफूले बोलेको विषयले पार्टीलाई असर गरेको भए पार्टी बैठक बोलाउन माग गरे।

‘उहाँले मेरो अन्तर्वार्ताको कुरालाई सुनेर पार्टी छाड भनेर आदेश दिनुभएछ। उहाँले आदेश दिने बित्तिकै कुनै पार्टीको सदस्यले छाड्छ। नेताले छाड्छ। यही हो पार्टीको नेताको हैसियत? मैले त भव्य नेताको रूपमा हेरेको थिएँ उहाँलाई तर यति तल्लो स्तरको चिन्तन पनि उहाँसँग अहिलेसम्म छ।’ खनालले भने ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]