२८ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

१०औं एसियाली पारा तेक्वान्दो च्याम्पियनसिपमा सहभागी नेपाली खेलाडीहरूलाई नेपाली राजदूतावास मलेसिद्वारा स्वागत

Logo
Manoj Dashaundi प्रकाशित शनिबार, साउन १८, २०८२

क्वालालम्पुर:=मलेसियाको सारावाक राज्यस्थित कुचिङ शहरमा सन् २०२५ अगस्ट १ मा सम्पन्न १० औं एसियाली पारा तेक्वान्दो च्याम्पियनसिप (G4) मा सहभागिता जनाएका नेपाली खेलाडीहरूलाई मलेसियास्थित नेपाली राजदूतावास, क्वालालम्पुरले विशेष स्वागत तथा सम्मान गरेको छ।

नेपाली फुटबल एसोसिएसन र हिमालयन एकेडेमी मलेसियाका अध्यक्ष सन्तोष भट्टको समन्वयमा दूतावास पुगेका खेलाडीहरूलाई राजदूत नेत्र प्रसाद तिमल्सिनाले आत्मीय स्वागत गर्दै उनीहरूको उल्लेखनीय प्रदर्शनप्रति प्रशंसा व्यक्त गरे।

राजदूत तिमल्सिनाले खेलाडीहरूसँगको भेटमा उनीहरूले देखाएको मेहनत, समर्पण र आत्मविश्वासको खुलेर प्रशंसा गरे। साथै, उनले भविष्यमा अझ उत्कृष्ट प्रदर्शन गर्दै अन्तर्राष्ट्रिय स्तरमा नेपाललाई गौरवान्वित पार्न सफल होऊन् भन्ने शुभकामना पनि व्यक्त गरे।

यस प्रतियोगितामा नेपाली खेलाडी पलेशा गोवर्धनले महिलातर्फ ५७ केजी तौल समूहको K-44 वर्गमा प्रतिस्पर्धा गर्दै कास्य पदक जित्दै नेपालको नाम उच्च राखिन्।

उनका साथै प्रतियोगितामा सहभागी अन्य खेलाडीहरूमा भरत सिंह महता, अमिर भ्लोन, रेनु तामाङ, कामना प्रसाईं, प्रशिक्षक कबिराज नेगी लामा, राष्ट्रिय खेलकुद परिषद् सदस्य रामचन्द्र श्रेष्ठ, तथा हिमालयन एकेडेमीका प्रतिनिधि सन्तोष भट्ट रहेका थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मलेसिया !  मलेसियामा रहेका लिम्बू समुदायले आफ्नो मौलिक सांस्कृतिक चाड चासोक तङनाम यस वर्ष पनि किराँत याक्थुङ चुम्लुङ क्षेत्रीय समिति, जोहोरको आयोजनामा विविध सांस्कृतिक कार्यक्रमसहित १४ डिसेम्बर २०२५ (आइतबार) मा भव्य रूपमा मनाउने भएको छ। कार्यक्रम जोहोर बारुस्थित JO Hotel मा आयोजना हुने छ। समितिका अध्यक्ष हेमराज लिम्बूका अनुसार मलेसियामा काम तथा बसोबास गर्ने लिम्बू […]

 मलेसिया – मलेसियामा अवैधानिक रुपमा काम गर्दै आएका एक नेपाली सुरक्षागार्डलाई विरालामाथि क्रुर र अशोभनीय व्यवहार गरेको आरोपमा सेशन्स अदालतले आरएम ४० हजार जरिवाना तिर्न आदेश दिएको छ। जरिवाना तिर्न नसकेमा उनलाई १५ महिनासम्म जेल सजाय हुने निर्णय गरिएको छ। ३३ वर्षीय अर्मान शाहले बुधबार अदालतमा उपस्थित भई आफू दोषी ठहरेको स्वीकार गरेपछि न्यायाधीश नोर […]

  काठमाडौँ । उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य विद्या श्रेष्ठले पदबाट राजीनामा घोषणा गरेकी छन्। उनले आज सामाजिक सञ्जालमार्फत आफ्नो राजीनामा सार्वजनिक गरेकी हुन्। श्रेष्ठले हेटौडामा भइरहेको सडक विस्तारमा बल प्रयोग भएको भन्दै त्यसको विरोधस्वरूप पद छाडेको उल्लेख गरेकी छन्। सरकारी पक्षले मानव अधिकारविपरीत काम गरेको आरोप समेत उनले लगाएकी छन्। सामाजिक सञ्जालमा उनले लेखेकी […]