०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

समाचार

ठेकेदार मनोज भेटवाल पक्राउ परेलगत्तै अस्पताल भर्ना

ठेकेदार मनोज भेटवाल पक्राउ परेलगत्तै अस्पताल भर्ना भएका छन्। शुक्रबार पक्राउ परेका भेटवाललाई प्रहरीले सोही राति ह्याम्स अस्पतालमा भर्ना गरेको हो। बैंकिङ कसुर मुद्दामा पक्राउ परेका उनलाई प्रहरीले सुरूमा वीर अस्पताल लगेको थियो। त्यहाँबाट ह्याम्स अस्पतालमा भर्ना गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए। ‘उहाँलाई दमको बिरामी छ भनिएको थियो। सुरूमा वीर […]

बुटवल । नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले पार्टीमा अर्ली महाधिवेशन माग गरेकी छन् । पतञ्जलि जग्गा प्रकरणमा भ्रष्टाचार मुद्दा खेपिरहेका पार्टी अध्यक्ष माधवकुमार नेपालमाथि कानुनी र संवैधानिक प्रश्न उठेकाले नयाँ नेतृत्व चुन्न अर्ली महाधिवेशन गर्नुपर्ने उनको धारणा छ । पार्टी निकट युवा संघको लुम्बिनी प्रदेश भेलालाई शनिबार सम्बोधन गर्दै झाँक्रीले पार्टी पुनर्गठन गर्नुपर्ने बताइन् […]

प्रत्येक वर्ष १५ असारमा मनाइने धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदै छ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन् । यसबेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । १५ असारलाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रूपमा पनि लिइन्छ । खेतीपातीबाहेक अन्य […]

एसीसी पुरुष यू–१६ इस्ट जोन कप एक दिवसीय क्रिकेटमा आज (आइतबार) नेपाली युवा टोलीले इन्डोनेसियाविरुद्ध खेल्दैछ। मलेसियाको क्वालालाम्पुरस्थित सेलेङ्गोर टर्फ क्लबमा हुने खेल बिहान पौने ८ बजे सुरु हुनेछ। समूह ए मा अपराजित रहेको नेपाली युवा टोली लगातार तेस्रो जित निकाल्दै समूह चरणको शीर्ष स्थानमा उक्लन चाहन्छ। समूह चरणको दुई खेलमा जित निकालेको नेपाल ४ […]

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एसईई परीक्षा उत्तीर्ण हुनेहरूलाई बधाई दिएका छन् । एसईई उत्तीर्ण हुने परीक्षार्थीलाई सामाजिक सञ्जाल मार्फत् बधाई दिएका प्रधानमन्त्रीले नतिजा सुधार भएको जस पनि लिएका छन् । ‘यस वर्ष करिब ६१.८१ प्रतिशत परीक्षार्थीले ग्रेड प्राप्त गर्नुभएको छ । गत वर्ष ४७.८६ प्रतिशत परीक्षार्थीले मात्र ग्रेड प्राप्त गर्नुभएको थियो,’ प्रधानमन्त्रीले लेखेका […]

सरकारले भिजिट भिसा प्रकरणमा छानबिन गर्न पूर्व मुख्य सचिव शंकरदास वैरागीको संयोजकत्वमा उच्चस्तरीय छानबिन समिति गठन गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको हो। मन्त्रिपरिषद स्रोतका अनुसार छानबिन समितिमा गृह, पर्यटन, श्रम र परराष्ट्र मन्त्रालयका सहसचिव सदस्य रहनेछन्। समितिलाई छानबिन गरी प्रतिवेदन पेस गर्न तीन महिनाको समय तोकिएको छ। यो […]

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले भैरहवा कारागारबाट अपिल जारी गर्दै संविधान पुनर्लेखनको नयाँ एजेन्डा अघि सारेका छन् । यो संविधान भ्रष्टहरूको आर्थिक र सामाजिक अपराधको टेको बनेको उनको निष्कर्ष रहेको छ । उनको अपिलमा भनिएको छ, ‘म रहुँला नरहुँला, तर मेरा केही संकल्प छन् । भ्रष्टहरूको आर्थिक र राजनीतिक अपराधको टेको […]

लेसियाको राजधानी क्वालालम्पुरमा सम्पन्न २४औं अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितामा सहभागी नेपाली खेलाडीहरूलाई गैरआवासीय नेपाली संघ (NRNA) राष्ट्रिय समन्वय परिषद् मलेसियाले विशेष सम्मान गरेको छ। नेपाल सोतोकान कराते डो संघ (SKDUN) अन्तर्गतको टोली जुन २० देखि २२ जुनसम्म आयोजित प्रतियोगितामा सहभागी भएको थियो। उक्त टोलीमा खेलाडी, कोच र रेफ्रीसहित कुल १२ जना रहेका थिए। प्रतियोगितामा अन्तर्राष्ट्रिय […]

नेपालको डिजिटल रेमिटेन्स सेवा प्रदायक इसेवा मनी ट्रान्सफरले टच एन गो वालेट सँग सम्झौता गर्दै मलेसियामा बसोबास गर्ने नेपालीहरूलाई सामाजिक सुरक्षा कोषमा सहज रूपमा डिजिटल माध्यमबाट योगदान गर्न सक्ने व्यवस्था मिलाएको छ। यस सम्झौता टिएनजी डिजिटल रेमिटेन्सका प्रमुख कार्यकारी अधिकृत सर्भेस्वरेन राजा गोपाल र इसेवा मनी ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेश कोइरालाबीच सम्पन्न भएको हो। […]

काठमाडौं । नेपालका नौ कम्युनिष्ट दलले इरानमाथि अमेरिकाले आक्रमण गरी राष्ट्रिय स्वाधीनतामा हस्तक्षेप गरेको आरोप लगाउँदै आपत्ति जनाएका छन् । नेकपा माओवादी केन्द्र, नेकपा मसाल नेपाल कम्युनिस्ट पार्टी, क्रान्तिकारी कम्युनिष्ट पार्टी, राष्ट्रिय जनमोर्चा लगायत नौ कम्युनिस्ट पार्टीले इरानमाथि अमेरिकी आक्रमणको भत्र्सना गरेका हुन् । ‘हामी राजनीतिक दलहरु नागरिक समाजको तर्फबाट प्यालेस्टाइनमा इजरायली हस्तक्षेपविरुद्ध अभियान संचालन […]