बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने भैरहवाबाट काठमाडौं उडेका छन् । बुद्ध एयरको विमानबाट उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नख्खु कारागार लगिंदैछ । उनलाई ल्याउने ललितपुरको नख्खु कारागार समर्थकहरू जम्मा हुन थालेका छन् । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि लामिछाने गत चैत २५ देखि रुपन्देही कारगारमा थिए । उनलाई कारागार […]
काठमाडौं := नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष भुवनसिंह गुरुङले मलेसियाको एक रोजगारदाता कम्पनीको भिसा एजेण्टमार्फत किनेको पाइएको छ । उनले मलेसियाको (जिसिएच रिटेल एसडिएन विएचडी) रोजगारदाता कम्पनीबाट मलेसियाली एजेण्ट क्याल्भिनबाट भिसा किनेको आप्रवासन क्षेत्रमा काम गदै आएका श्रमिक अगुवा एनडि हलले खुलासा गरेका छन् । एनडि हलले यस विषयमा स्यंम गुरुङलाई समेत जानकारी गराएको […]
काठमाडाैँ : नेकपा माओवादी केन्द्रका सांसद तथा पूर्वमन्त्री सुदन किराँती र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’बीच भेटवार्ता भएको छ। हालै सम्पन्न माओवादीको स्थायी समिति बैठकले विप्लव नेकपासँग एकता गर्ने निर्णय गरेपछि दुई पार्टीका नेताहरूबीच भेटवार्ता बाक्लिएको छ। यही क्रममा शुक्रबार नेता किराती र प्रकाण्डबीच भेट भएको हो। भेटमा समसामयिक राजनीतिक परिस्थिति […]
काठमाडौं । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी-२० सिरिजको आफ्नो दोस्रो खेलमा नेपालले आज बंगलादेश ‘ए’ सँग खेल्दै छ । डार्विनको मरारा क्रिकेट ग्राउण्ड २ मा हुने खेल दिउँसो नेपाली समयअनुसार सवा २ बजे सुरु हुनेछ । नेपाली टोलीको कप्तानमा रोहित पौडेल छन् भने बंगलादेश ए को कप्तानमा नुरुल हसन छन् । दुवै टोली […]
काठमाडौं । सर्लाहीको हरिपुरवामा गोली प्रहार गरी एक शिक्षकको हत्या भएको छ । हरिपुर्वा नगरपालिका–६ का अन्दाजी ५० वर्षीय रामपुकार यादवमाथि अज्ञात समूहले गोली प्रहार गरी हत्या गरेको हो । राति साढे ८ बजेतिर उनीमाथि गोली प्रहार भएको प्रहरीले जनाएको छ । उनलाई उपचारको लागि महोत्तरीको रामगोपालपुरस्थित जानकी एकेडेमिक हस्पिटल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको […]
रोजगारीका लागि कुवेत पुगेका ९ नेपालीको मृत्यु भएको छ। विषाक्त मदिरा सेवनका कारण उनीहरूको मृत्यु भएको आशंका छ। श्रम सहचारी गिरीप्रसाद आचार्यकाअनुसार पछिल्लो ३ दिनमा ९ नेपालीको मृत्यु भएको जानकारी प्राप्त भएको हो। ‘पछिल्लो ३ दिनमा ९ जनाको निधन भएको रिपोर्ट आएको छ। १५ जनाभन्दा धेरै अहिले पनि उपचाररत हुनुहुन्छ,’ उनले नेपालखबरसँग भने, ‘उनीहरूको मृत्युको […]
क्वालालम्पुर (मलेसिया ) – भव्य रूपमा सम्पन्न गर्ने भएको छ। कार्यक्रम राजधानी क्वालालम्पुरको WISMA ANN KOAI, 67, Jalan Ampang, 50450, W.P. Kuala Lumpur (नेपाली दूतावास छेउको भवन) मा आयोजना हुनेछ। संस्थाका अनुसार, यस ऐतिहासिक अवसरमा मलेसियामा कार्यरत सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू, साथै यहाँका सरकारी तथा गैर–सरकारी संघ–संस्थाका प्रतिनिधिहरूलाई उपस्थित भई कार्यक्रमलाई सफल बनाउन हार्दिक […]
धरानका मेयर हर्क साम्पाङले श्रम संस्कृति र सुशासनमार्फत समाजमा पुर्याएको योगदानको कदर गर्दै उनकी आमा जसमाया राईलाई ‘माैलशोभा राई आमा सम्मान’ प्रदान गरिने भएको छ। सुपुत्र जन्माएर समाजलाई असल नागरिक दिएको भन्दै ‘कोखको सम्मान’ स्वरूप उनलाई नगद ५० हजार र ताम्रपत्रसहित सम्मान गरिने भएको हो। अनलाइन अभिलेख प्रालिले संस्थापक डा. पुरण राईको जन्मदिनको अवसर पारेर […]
काठमाडौं महानगरपालिकाका मेयर बालेन साह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई भेट्न रुपन्देही जाने भएका छन्। सहकारी ठगी प्रकरणमा भैरहवा कारागारमा पुर्पक्षका लागि थुनिएका पूर्वगृहमन्त्री लामिछानेलाई भेट्न बालेन त्यहाँ जान लागेको उनीनिकट स्रोतले बताएको छ। सञ्चारकर्ममा रहँदा बालेनलाई मेयर पदमा जिताउन महत्त्वपूर्ण भूमिका खेल्ने पात्र मध्य एक हुन्, लामिछाने। उनै लामिछाने अहिले जेलमा थुनिदाँसमेत […]
आज मिति : वि. सं २०८२ साउन २९ गते बिहिबार इ.सं. : 14th August 2025 (Thursday) सूर्योदय: बिहान ०५:३४ बजे सूर्यास्त: बेलुका १८:४१ बजे तिथि : पञ्चमी ०५:५३ सम्म, तत्पश्चात् षष्ठी पक्ष : भाद्र कृष्णपक्ष नक्षत्र : रेवती ११:३० सम्म, तत्पश्चात् अश्विनी योग : शूल १६:२४ सम्म, तत्पश्चात् गण्ड करण : तैतिल ०५:५३ सम्म, तत्पश्चात् गर […]