काठमाडाैँ : नेकपा माओवादी केन्द्रका सांसद तथा पूर्वमन्त्री सुदन किराँती र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’बीच भेटवार्ता भएको छ।
हालै सम्पन्न माओवादीको स्थायी समिति बैठकले विप्लव नेकपासँग एकता गर्ने निर्णय गरेपछि दुई पार्टीका नेताहरूबीच भेटवार्ता बाक्लिएको छ।
यही क्रममा शुक्रबार नेता किराती र प्रकाण्डबीच भेट भएको हो। भेटमा समसामयिक राजनीतिक परिस्थिति र पूर्व र पश्चिमका जनता–जनताबीचको सम्बन्धलाई प्रगाढ बनाउन सांस्कृतिक कूटनीतिलाई प्रभावकारी बनाउने विषयमा गहिरो छलफल भएको नेता किरातीले जानकारी दिए।
भेटमा नेता किरातीले किरातीहरूको सांस्कृतिक प्रतीक धजुरी पेचुरी प्रवक्ता प्रकाण्डलाई लगाइदिएर आत्मीयता देखाएका थिए।