०७ आश्विन २०८३, बुधबार
23-09-2026 , Wed
×

माओवादी र विप्लव समुह बीच बाक्लियाे भेटवार्ता, सुदन र प्रकाण्डबीच भेट भयाे

Logo
HeroNepal-tv प्रकाशित शनिबार, साउन ३२, २०८२

काठमाडाैँ : नेकपा माओवादी केन्द्रका सांसद तथा पूर्वमन्त्री सुदन किराँती र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’बीच भेटवार्ता भएको छ।

हालै सम्पन्न माओवादीको स्थायी समिति बैठकले विप्लव नेकपासँग एकता गर्ने निर्णय गरेपछि दुई पार्टीका नेताहरूबीच भेटवार्ता बाक्लिएको छ।

यही क्रममा शुक्रबार नेता किराती र प्रकाण्डबीच भेट भएको हो। भेटमा समसामयिक राजनीतिक परिस्थिति र पूर्व र पश्चिमका जनता–जनताबीचको सम्बन्धलाई प्रगाढ बनाउन सांस्कृतिक कूटनीतिलाई प्रभावकारी बनाउने विषयमा गहिरो छलफल भएको नेता किरातीले जानकारी दिए।

भेटमा नेता किरातीले किरातीहरूको सांस्कृतिक प्रतीक धजुरी पेचुरी प्रवक्ता प्रकाण्डलाई लगाइदिएर आत्मीयता देखाएका थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]