२२ जेठ २०८३, शुक्रबार
05-06-2026 , Fri
×

हेल्प मधेसी मलेसियाले आफ्नो तेस्रो अधिवेशन आगामी १४ सेप्टेम्बर २०२५,आइतबारका दिन गर्दै

Logo
Manoj Dashaundi प्रकाशित शुक्रबार, साउन ३१, २०८२

क्वालालम्पुर (मलेसिया ) – भव्य रूपमा सम्पन्न गर्ने भएको छ।

कार्यक्रम राजधानी क्वालालम्पुरको WISMA ANN KOAI, 67, Jalan Ampang, 50450, W.P. Kuala Lumpur (नेपाली दूतावास छेउको भवन) मा आयोजना हुनेछ।

संस्थाका अनुसार, यस ऐतिहासिक अवसरमा मलेसियामा कार्यरत सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू, साथै यहाँका सरकारी तथा गैर–सरकारी संघ–संस्थाका प्रतिनिधिहरूलाई उपस्थित भई कार्यक्रमलाई सफल बनाउन हार्दिक निमन्त्रणा गरिएको छ।

हेल्प मधेसी मलेसियाका पदाधिकारीहरूले समुदायको एकता, सांस्कृतिक संरक्षण र आपसी सहयोग प्रवर्धन गर्ने उद्देश्यले अधिवेशन आयोजना गरिएको बताएका छन्। कार्यक्रममा विशेष अतिथि, सम्मान, सांस्कृतिक प्रस्तुति तथा भावी योजनाबारे छलफलसमेत हुनेछ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

गएराति महोत्तरीको सोनमा गाउँपालिका-३ खखना निवासी राम विश्वास यादवको घरमा आएका डाकाहरूले चलाएको गोली लागेर यादवका छोरीज्वाइँ गम्भीर घाइते भएका हुन्। जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी पञ्चलाल गोलेका अनुसार ५/६ जनाको समूहका डाँकाले गोली प्रहार गर्दा रामविश्वासका ज्वाईं २७ वर्षीय ईश्वर यादव र छोरी २२ वर्षीया किरण यादव घाइते भएका छन्। गोली लागेर गम्भीर […]

दैलेख — दैलेखमा बाबुले खुर्पा (हँसिया) प्रहार गरेर आफ्नै छोराको हत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार नारायण नगरपालिका–९ सालखर्क निवासी ७१ वर्षीय कम्बिराज थापाले मदिरा सेवनपछि भएको सामान्य विवादका क्रममा आफ्ना ४६ वर्षीय छोरा यादव थापामाथि खुर्पा प्रहार गरेका हुन्। गएराति करिब ११ बजेतिर भएको उक्त घटनामा गम्भीर घाइते भएका यादव थापालाई उपचारका […]

मलेसिया : मलेसियामा आयोजित “स्व. जीवन स्मृति दोस्रो सगरमाथा आमन्त्रण भलिबल प्रतियोगिता–२०२६” भव्य तथा सभ्य रूपमा सम्पन्न भएको छ । प्रतियोगितामा मलेसियाका नेपालीहरुकाे विभिन्न १६ टोलीहरूको सहभागिता रहेको थियो । प्रतियोगिताको उपाधि आँधीखोला भलिबल क्लब स्याङ्जा, नेपालले जित्न सफल भएको छ भने नवदुर्गा युवा क्लब जोहोर–बातु पाहाट उपविजेतामा सीमित बनेको छ । प्रतियोगितामा प्रथम हुने […]