०७ आश्विन २०८३, बुधबार
23-09-2026 , Wed
×

रवि भेट्न भैरहवा जाँदै बालेनः रास्वपालाई समर्थन गर्लान् कि आफ्नै उम्मेदवार उतार्लान्?

Logo
HeroNepal-tv प्रकाशित शुक्रबार, साउन ३१, २०८२

काठमाडौं महानगरपालिकाका मेयर बालेन साह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई भेट्न रुपन्देही जाने भएका छन्।

सहकारी ठगी प्रकरणमा भैरहवा कारागारमा पुर्पक्षका लागि थुनिएका पूर्वगृहमन्त्री लामिछानेलाई भेट्न बालेन त्यहाँ जान लागेको उनीनिकट स्रोतले बताएको छ।

सञ्चारकर्ममा रहँदा बालेनलाई मेयर पदमा जिताउन महत्त्वपूर्ण भूमिका खेल्ने पात्र मध्य एक हुन्, लामिछाने। उनै लामिछाने अहिले जेलमा थुनिदाँसमेत भेट्न नगएको भन्दै चाैतर्फी आलोचना भइरहेका बेला उनी भैरहवा जान लागेका हुन्।

रास्वपा स्रोतका अनुसार यसको प्रवन्ध स्वयं रास्वपा नेता गणेश कार्कीले मिलाइरहेका छन्। उनी कुनै समय बालेनकै टीममा थिए। अहिले पनि उनीहरू सँगै फुटसल खेल्ने मित्र हुन्।

यता, भैरहवा जाने र रविलाई सुटुक्क भेट्ने सूचना उनका स्वकीय सचिव भूपदेव साहले सचिवालयका केही सदस्य र निकटस्थ युट्युबरहरूलाई चुहाएपछि बालेनको भ्रमण लम्बिएको छ।

स्रोतका अनुसार बालेन पारिवारिक भेटघाटका लागि भैरहवा जान लागेकाे दाबी गरिएकाे छ। त्यसक्रममा उनले रवि लामिछानेलाई भेट्ने योजना बनाएका छन्।

उनीनिकट स्रोतले भन्यो, ‘उहाँ (बालेन) पारिवारिक घेटघाटका लागि बुटवल जाने तयारीमा हुनुहुन्छ। त्यसक्रममा रविजीसँग भेट हुन पनि सक्छ। तर अहिलेसम्म मलाई त्यसबारे जानकारी छैन।’

बालेनसँगै कानुनी सल्लाहकार ओमप्रकाश अर्याल पनि रुपन्देही जाने बताइएको छ। उनका दुई सहयोगी अर्याल र खाद्य स्वच्छता एवम् अन्तर्राष्ट्रिय सल्लाहकार सन्तोष गिरी मध्य एकले उपनिर्वाचनमा रुपन्देही-३ बाट स्वतन्त्र उम्मेदवारी दिने तयारी थालेकाे राजनीतिक वृत्तमा चर्चा छ।

उपनिर्वाचनमा रास्वपाबाट पनि आकांक्षीको लामै लाइन छ।

त्यस्तै, बालेनका सल्लाहकार अर्याललाई गुरु मान्ने सुलभ खरेल पनि रुपन्देही-३ मा उम्मेदवारका आकांक्षी हुन्। उनले रास्वपाबाट टिकट पाउने उच्च सम्भावना छ। सुलभको पक्षमा माहोल बनाउन सुमना श्रेष्ठ र गणेश कार्कीलगायत नेताहरू लागि परेका छन्।

खरेलले केही दिनअघि अर्याललाई भेटेर उपनिर्वाचनबारे छलफलसमेत गरेका थिए। अर्यालसँग भेटको तस्बिर सार्वजनिक गर्दै उनले आफूलाई ‘पहिलोपल्ट इजलासमा वकालत गर्न सिकाउने कानुन क्षेत्रका पहिला गुरु’ भन्दै चिनाएका थिए।

खरेलले आफूलाई उपनिर्वाचनमा माहोल बनाउन र रास्वपाको टिकट पाउन बालेनलगायत स्वतन्त्र पक्षधरहरूको सहयोग चाहिने भन्दै एकपटक रविलाई भेट्न सुझाएका थिए। सोही कारण उनीहरू खरेलको पक्षमा माहोल बनाउन र बालेन-रास्वपा एकै ठाउँमा रहेको देखाउन त्यहाँ जान लागेको बुझिएको छ।

बालेननिकट स्रोतका अनुसार यदि रास्वपाले खरेललाई टिकट नदिएको खण्डमा बालेन समूहले आफ्नै उम्मेदवार अघि सार्ने तयारी गरेको छ। जसका लागि बालेनका दुई सल्लाहकार अर्याल र गिरी तयार छन्। अझ गिरीले त एक महिनादेखि चुनावी अभियान थालिसकेका छन्।

बालेनको टीम भैरहवा जाने तयार हुनुमा त्यहाँको माहोल बुझ्ने र रास्वपालाई सर्वसम्मत उम्मेदवारीका लागि मनोवैज्ञानिक दवाब दिने उद्देश्य रहेको बुझिएको छ।

त्यसो त सुलभकाे टिकट खाेसिँदा बालेन समूहले आफ्नै उम्मेदवार खडा गर्ने र उल्टै बालेनका उम्मेदवारलाई सघाउने ‘भद्र’ सहमति भएको स्रोतको दाबी छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]