२८ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

हर्क जस्तो छोरा जन्माउने आमालाई सम्मान गरिने

Logo
HeroNepal-tv प्रकाशित शुक्रबार, साउन ३१, २०८२

धरानका मेयर हर्क साम्पाङले श्रम संस्कृति र सुशासनमार्फत समाजमा पुर्‍याएको योगदानको कदर गर्दै उनकी आमा जसमाया राईलाई ‘माैलशोभा राई आमा सम्मान’ प्रदान गरिने भएको छ।

सुपुत्र जन्माएर समाजलाई असल नागरिक दिएको भन्दै ‘कोखको सम्मान’ स्वरूप उनलाई नगद ५० हजार र ताम्रपत्रसहित सम्मान गरिने भएको हो।

अनलाइन अभिलेख प्रालिले संस्थापक डा. पुरण राईको जन्मदिनको अवसर पारेर मंगलबार एक कार्यक्रम आयोजना गरी उक्त सम्मानको घोषणा गरेको हो।

साहित्यकार डा. चमा थुलुङ (सुकराज राई) संयोजक रहेको छनोट समितिले राईलाई सम्मान गर्ने निर्णय गरेको हो। समितिमा टंक भट्टराई, सम्पदा लिम्बू, योगेन्द्र राई र डिल्लीरमण सुवेदी सदस्य रहेका छन्।

पुरस्कारका संस्थापक डा. पुरण राईले भाषा, साहित्य, कला, संस्कृति वा राजनीति जस्ता क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने व्यक्तित्वकी आमालाई सम्मान गरेर ‘कोखको सम्मान’ गर्ने उद्देश्यले यो पुरस्कार स्थापना गरिएको जानकारी दिए।

‘धेरै क्षेत्रमा पुरस्कार स्थापना भएका छन् तर आमाको नाममा कम छन्। त्यसैले ‘कोखको सम्मान’ तथा आमाको सामाजिक सुरक्षाका लागि यो सम्मानको थालनी गरिएको हो,’ डा. राईले भने।

खोटाङको केपिलासगढी गाउँपालिका–२ स्थायी घर भएकी जसमाया राई हाल धरानमा बस्दै आएकी छन्।

सम्मानलाई संस्थापककी आमा, सम्मानित व्यक्तित्व, कुनै विशेष महिलाको जन्मदिन वा चाडपर्वको अवसर पारेर अर्पण गर्ने प्रावधान रहेको आयोजकले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मलेसिया !  मलेसियामा रहेका लिम्बू समुदायले आफ्नो मौलिक सांस्कृतिक चाड चासोक तङनाम यस वर्ष पनि किराँत याक्थुङ चुम्लुङ क्षेत्रीय समिति, जोहोरको आयोजनामा विविध सांस्कृतिक कार्यक्रमसहित १४ डिसेम्बर २०२५ (आइतबार) मा भव्य रूपमा मनाउने भएको छ। कार्यक्रम जोहोर बारुस्थित JO Hotel मा आयोजना हुने छ। समितिका अध्यक्ष हेमराज लिम्बूका अनुसार मलेसियामा काम तथा बसोबास गर्ने लिम्बू […]

 मलेसिया – मलेसियामा अवैधानिक रुपमा काम गर्दै आएका एक नेपाली सुरक्षागार्डलाई विरालामाथि क्रुर र अशोभनीय व्यवहार गरेको आरोपमा सेशन्स अदालतले आरएम ४० हजार जरिवाना तिर्न आदेश दिएको छ। जरिवाना तिर्न नसकेमा उनलाई १५ महिनासम्म जेल सजाय हुने निर्णय गरिएको छ। ३३ वर्षीय अर्मान शाहले बुधबार अदालतमा उपस्थित भई आफू दोषी ठहरेको स्वीकार गरेपछि न्यायाधीश नोर […]

  काठमाडौँ । उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य विद्या श्रेष्ठले पदबाट राजीनामा घोषणा गरेकी छन्। उनले आज सामाजिक सञ्जालमार्फत आफ्नो राजीनामा सार्वजनिक गरेकी हुन्। श्रेष्ठले हेटौडामा भइरहेको सडक विस्तारमा बल प्रयोग भएको भन्दै त्यसको विरोधस्वरूप पद छाडेको उल्लेख गरेकी छन्। सरकारी पक्षले मानव अधिकारविपरीत काम गरेको आरोप समेत उनले लगाएकी छन्। सामाजिक सञ्जालमा उनले लेखेकी […]