०७ आश्विन २०८३, बुधबार
23-09-2026 , Wed
×

हर्क जस्तो छोरा जन्माउने आमालाई सम्मान गरिने

Logo
HeroNepal-tv प्रकाशित शुक्रबार, साउन ३१, २०८२

धरानका मेयर हर्क साम्पाङले श्रम संस्कृति र सुशासनमार्फत समाजमा पुर्‍याएको योगदानको कदर गर्दै उनकी आमा जसमाया राईलाई ‘माैलशोभा राई आमा सम्मान’ प्रदान गरिने भएको छ।

सुपुत्र जन्माएर समाजलाई असल नागरिक दिएको भन्दै ‘कोखको सम्मान’ स्वरूप उनलाई नगद ५० हजार र ताम्रपत्रसहित सम्मान गरिने भएको हो।

अनलाइन अभिलेख प्रालिले संस्थापक डा. पुरण राईको जन्मदिनको अवसर पारेर मंगलबार एक कार्यक्रम आयोजना गरी उक्त सम्मानको घोषणा गरेको हो।

साहित्यकार डा. चमा थुलुङ (सुकराज राई) संयोजक रहेको छनोट समितिले राईलाई सम्मान गर्ने निर्णय गरेको हो। समितिमा टंक भट्टराई, सम्पदा लिम्बू, योगेन्द्र राई र डिल्लीरमण सुवेदी सदस्य रहेका छन्।

पुरस्कारका संस्थापक डा. पुरण राईले भाषा, साहित्य, कला, संस्कृति वा राजनीति जस्ता क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने व्यक्तित्वकी आमालाई सम्मान गरेर ‘कोखको सम्मान’ गर्ने उद्देश्यले यो पुरस्कार स्थापना गरिएको जानकारी दिए।

‘धेरै क्षेत्रमा पुरस्कार स्थापना भएका छन् तर आमाको नाममा कम छन्। त्यसैले ‘कोखको सम्मान’ तथा आमाको सामाजिक सुरक्षाका लागि यो सम्मानको थालनी गरिएको हो,’ डा. राईले भने।

खोटाङको केपिलासगढी गाउँपालिका–२ स्थायी घर भएकी जसमाया राई हाल धरानमा बस्दै आएकी छन्।

सम्मानलाई संस्थापककी आमा, सम्मानित व्यक्तित्व, कुनै विशेष महिलाको जन्मदिन वा चाडपर्वको अवसर पारेर अर्पण गर्ने प्रावधान रहेको आयोजकले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]