०७ आश्विन २०८३, बुधबार
23-09-2026 , Wed
×

कुवेतमा निधन हुने नेपालीको संख्या ९ पुग्यो, १५ भन्दा बढी अस्पताल भर्ना

Logo
HeroNepal-tv प्रकाशित शुक्रबार, साउन ३१, २०८२

रोजगारीका लागि कुवेत पुगेका ९ नेपालीको मृत्यु भएको छ। विषाक्त मदिरा सेवनका कारण उनीहरूको मृत्यु भएको आशंका छ।

श्रम सहचारी गिरीप्रसाद आचार्यकाअनुसार पछिल्लो ३ दिनमा ९ नेपालीको मृत्यु भएको जानकारी प्राप्त भएको हो।

‘पछिल्लो ३ दिनमा ९ जनाको निधन भएको रिपोर्ट आएको छ। १५ जनाभन्दा धेरै अहिले पनि उपचाररत हुनुहुन्छ,’ उनले नेपालखबरसँग भने, ‘उनीहरूको मृत्युको कारणबारे मेडिकल रिपोर्ट आएपछि मात्रै भन्न सकिन्छ। आज पनि हामी अवस्था बुझ्ने कोशिसमै छौँ।’

कुवेतमा मदिरा सेवन प्रतिवन्ध छ। तर पनि नेपालीसहित रोजगारीका लागि पुगेकाहरूले मदिरा सेवन गरेको घटना बेलाबखत बाहिरिने गरेको छ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले भने यस विषयमा विस्तृत जानकारी प्राप्त नभइसकेको जानकारी दिए।’यस विषयमा के भएको हो भनेर राजदूतावासलाई बुझ्न भनेका छौँ,’ उनले भने, ‘दूतावास लागिरहेको खबर छ। विस्तृत जानकारी हामीले पाइसकेका छैनौँ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]