२१ मंसिर २०८२, शनिबार
06-12-2025 , Sat
×

कुवेतमा निधन हुने नेपालीको संख्या ९ पुग्यो, १५ भन्दा बढी अस्पताल भर्ना

Logo
HeroNepal-tv प्रकाशित शुक्रबार, साउन ३१, २०८२

रोजगारीका लागि कुवेत पुगेका ९ नेपालीको मृत्यु भएको छ। विषाक्त मदिरा सेवनका कारण उनीहरूको मृत्यु भएको आशंका छ।

श्रम सहचारी गिरीप्रसाद आचार्यकाअनुसार पछिल्लो ३ दिनमा ९ नेपालीको मृत्यु भएको जानकारी प्राप्त भएको हो।

‘पछिल्लो ३ दिनमा ९ जनाको निधन भएको रिपोर्ट आएको छ। १५ जनाभन्दा धेरै अहिले पनि उपचाररत हुनुहुन्छ,’ उनले नेपालखबरसँग भने, ‘उनीहरूको मृत्युको कारणबारे मेडिकल रिपोर्ट आएपछि मात्रै भन्न सकिन्छ। आज पनि हामी अवस्था बुझ्ने कोशिसमै छौँ।’

कुवेतमा मदिरा सेवन प्रतिवन्ध छ। तर पनि नेपालीसहित रोजगारीका लागि पुगेकाहरूले मदिरा सेवन गरेको घटना बेलाबखत बाहिरिने गरेको छ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले भने यस विषयमा विस्तृत जानकारी प्राप्त नभइसकेको जानकारी दिए।’यस विषयमा के भएको हो भनेर राजदूतावासलाई बुझ्न भनेका छौँ,’ उनले भने, ‘दूतावास लागिरहेको खबर छ। विस्तृत जानकारी हामीले पाइसकेका छैनौँ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौँ । उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य विद्या श्रेष्ठले पदबाट राजीनामा घोषणा गरेकी छन्। उनले आज सामाजिक सञ्जालमार्फत आफ्नो राजीनामा सार्वजनिक गरेकी हुन्। श्रेष्ठले हेटौडामा भइरहेको सडक विस्तारमा बल प्रयोग भएको भन्दै त्यसको विरोधस्वरूप पद छाडेको उल्लेख गरेकी छन्। सरकारी पक्षले मानव अधिकारविपरीत काम गरेको आरोप समेत उनले लगाएकी छन्। सामाजिक सञ्जालमा उनले लेखेकी […]

काठमाडौँ । जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दुई महत्वपूर्ण खेल हुँदैछन्। पहिलो खेल — सुदूरपश्चिम रोयल्स बनाम विराटनगर किङ्ग्स (बिहान ११:१५ बजे) पहिलो क्वालिफायर सुरक्षित गरिसकेको सुदूरपश्चिम रोयल्सले आजको खेल दबाबविनै खेल्नेछ। अपराजित सुदूरपश्चिमले ६ खेलबाट १२ अंक जोडेर तालिकाको शीर्षस्थानसमेत पक्का गरिसकेको छ। तर विराटनगर […]

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनलाई लिएर प्रधानमन्त्री सुशीला कार्कीको पहलमा बसेको उच्चस्तरीय बहुपक्षीय बैठकमा सरकार, सुरक्षा निकाय र निर्वाचन आयोगले राजनीतिक दलहरूलाई आवश्यक तयारीबारे ब्रिफिङ गरेका छन्। तर, केही दलका नेताहरू भने सुरक्षा अवस्था र प्रवासी नेपालीको मतदान तयारीबारे पूर्ण रूपमा आश्वस्त नभएको बताएका छन्। उच्चस्तरीय बैठक : चुनौती र तयारीको समिक्षा प्रधानमन्त्री, गृहमन्त्री, […]