०२ पुष २०८२, बुधबार
17-12-2025 , Wed
×

म्यानपावर व्यावसायी संघका अध्यक्ष गुरुङले मलेसियाको भिसा प्रति–कामदार ९ हजार रिंग्रेटमा किनेको खुलासा !

Logo
HeroNepal-tv प्रकाशित शनिबार, साउन ३२, २०८२

काठमाडौं := नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष भुवनसिंह गुरुङले मलेसियाको एक रोजगारदाता कम्पनीको भिसा एजेण्टमार्फत किनेको पाइएको छ । उनले मलेसियाको (जिसिएच रिटेल एसडिएन विएचडी) रोजगारदाता कम्पनीबाट मलेसियाली एजेण्ट क्याल्भिनबाट भिसा किनेको आप्रवासन क्षेत्रमा काम गदै आएका श्रमिक अगुवा एनडि हलले खुलासा गरेका छन् ।

एनडि हलले यस विषयमा स्यंम गुरुङलाई समेत जानकारी गराएको पाइएको छ । अहिले वैदेशिक रोजगार व्यवसायी बीच यस विषयमा चर्चा समेत भइरहेको छ। गुरुङले प्रतिभिसा ९ हजार मलेसियान रिंग्रेटमा एजेण्ट क्याल्भिनसँग एक सय भिसा किनेको एनडि हलले खुलासा गरेका हुन् । गुरुङले ९ लाख रिंग्रेटमा भिसा किनेका छन् ।

गुरुले जिसिएच रिटेल एसडिएन विएचडी रोजगार कम्पनीको डिमाण्ड भने २०२५.०८.१४ मा निकालेका छन् । यस अन्तरर्वार्ता आगामी भदौ ५ गते हुँदैछ । यसका लागि गुरुङको गुरुङ म्यानेजमेन्ट प्रालिले विज्ञापन समेत गरेको छ । उनले किनेको भिसाको विज्ञापन गरिसकेका छन् ।

गुरुङलाई यस विषयमा प्रश्न गर्दा आफुले भिसा किनेर नल्याएको जानकारी दिए । उनले कसैले यो विषयमा हल्ला मात्र गरेको र क्याल्भिन भन्ने एजेण्ट आफुले नचिनेको दाबी समेत गरे । उनले एनडि हलसँग आफु भिसा किन्दा तिरेको रिसद नभएको बताए । ‘मैले भिसा किनेको भए पैसा कहाँबाट भुक्तानी गरे । यसको प्रमाण नभएको र यो हल्ला मात्र हो ।’ उनले भने ।

मलेसियाका विभिन्न कम्पनीमा मागपत्र खोज्नको लागि व्यवसायीहरु मलेसिया पुगेका छन् । मलेसियाको मात्रै कारोबार गर्ने झन्डै चारसय भन्दा बढी म्यानपावर कम्पनी छन्। तर अहिले संघका अध्यक्षले नै भिसा किनेको विषय बाहिरिएको हो ।

खासमा मलेसिया र नेपालबीचको श्रम सम्झौता फ्री भिसा – फ्री टिकटको हो , तर यसरी नै नेपाली एजेन्ट र व्यावसायीहरुले आफैं मलेसियाको रोजगार दाता र मलेसियाली एजेन्टहरुसंग डिमाण्ड ठूलो कमिसन पैसा तिरेर किन्ने भएर नेपालबाट मलेसिया आउन चाहेका नेपाली हरु म्यानपावरलाई भारी रकम बुझाउन बाध्य हुँदै गएका छ्न ।

समाचार स्रोत :मुलपत्र ड्ट्कम अनलाइन बाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं – देशभित्र विभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्था सञ्चालनमा रहे पनि शिक्षाका नाममा ठूलो रकम विदेशिने क्रम बढ्दो देखिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो चार महिनाको तथ्यांकअनुसार शिक्षातर्फको व्यय रु ४२ अर्ब ९६ करोड पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा शिक्षातर्फको व्यय रु ३२ अर्ब २२ करोड रहेको थियो। […]

क्वालालम्पुर (मलेसिया) – नेपालमा हर्कराज साम्पाङ राईको नेतृत्वमा स्थापित श्रम संस्कृति पार्टीको प्रवास संगठन मलेसियामा पनि औपचारिक रूपमा गठन गरिएको छ। आइतबार राजधानी क्वालालम्पुरमा “देश सोच्न सकूँ, म देश बोल्न सकूँ, देशकै कर्म गर्न सकूँ, म देशकै लागि मर्न सकूँ” भन्ने मूल नारासहित आयोजना गरिएको श्रमदाता–श्रमिक भेला मार्फत पार्टीको मलेसिया प्रवास संगठन स्थापना गरिएको हो। […]

काठमाडौँ – नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज मंगलबार मतदान हुँदैछ। एमाले केन्द्रीय निर्वाचन आयोगले दिउँसो १ बजेदेखि बेलुका ७ बजेसम्म मतदान समय तोकेको छ। मतदानका लागि ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने तयारी गरिएको छ। महाधिवेशनअन्तर्गत पार्टी अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र पूर्व वरिष्ठ उपाध्यक्ष ईश्वर […]