०७ आश्विन २०८३, बुधबार
23-09-2026 , Wed
×

म्यानपावर व्यावसायी संघका अध्यक्ष गुरुङले मलेसियाको भिसा प्रति–कामदार ९ हजार रिंग्रेटमा किनेको खुलासा !

Logo
HeroNepal-tv प्रकाशित शनिबार, साउन ३२, २०८२

काठमाडौं := नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष भुवनसिंह गुरुङले मलेसियाको एक रोजगारदाता कम्पनीको भिसा एजेण्टमार्फत किनेको पाइएको छ । उनले मलेसियाको (जिसिएच रिटेल एसडिएन विएचडी) रोजगारदाता कम्पनीबाट मलेसियाली एजेण्ट क्याल्भिनबाट भिसा किनेको आप्रवासन क्षेत्रमा काम गदै आएका श्रमिक अगुवा एनडि हलले खुलासा गरेका छन् ।

एनडि हलले यस विषयमा स्यंम गुरुङलाई समेत जानकारी गराएको पाइएको छ । अहिले वैदेशिक रोजगार व्यवसायी बीच यस विषयमा चर्चा समेत भइरहेको छ। गुरुङले प्रतिभिसा ९ हजार मलेसियान रिंग्रेटमा एजेण्ट क्याल्भिनसँग एक सय भिसा किनेको एनडि हलले खुलासा गरेका हुन् । गुरुङले ९ लाख रिंग्रेटमा भिसा किनेका छन् ।

गुरुले जिसिएच रिटेल एसडिएन विएचडी रोजगार कम्पनीको डिमाण्ड भने २०२५.०८.१४ मा निकालेका छन् । यस अन्तरर्वार्ता आगामी भदौ ५ गते हुँदैछ । यसका लागि गुरुङको गुरुङ म्यानेजमेन्ट प्रालिले विज्ञापन समेत गरेको छ । उनले किनेको भिसाको विज्ञापन गरिसकेका छन् ।

गुरुङलाई यस विषयमा प्रश्न गर्दा आफुले भिसा किनेर नल्याएको जानकारी दिए । उनले कसैले यो विषयमा हल्ला मात्र गरेको र क्याल्भिन भन्ने एजेण्ट आफुले नचिनेको दाबी समेत गरे । उनले एनडि हलसँग आफु भिसा किन्दा तिरेको रिसद नभएको बताए । ‘मैले भिसा किनेको भए पैसा कहाँबाट भुक्तानी गरे । यसको प्रमाण नभएको र यो हल्ला मात्र हो ।’ उनले भने ।

मलेसियाका विभिन्न कम्पनीमा मागपत्र खोज्नको लागि व्यवसायीहरु मलेसिया पुगेका छन् । मलेसियाको मात्रै कारोबार गर्ने झन्डै चारसय भन्दा बढी म्यानपावर कम्पनी छन्। तर अहिले संघका अध्यक्षले नै भिसा किनेको विषय बाहिरिएको हो ।

खासमा मलेसिया र नेपालबीचको श्रम सम्झौता फ्री भिसा – फ्री टिकटको हो , तर यसरी नै नेपाली एजेन्ट र व्यावसायीहरुले आफैं मलेसियाको रोजगार दाता र मलेसियाली एजेन्टहरुसंग डिमाण्ड ठूलो कमिसन पैसा तिरेर किन्ने भएर नेपालबाट मलेसिया आउन चाहेका नेपाली हरु म्यानपावरलाई भारी रकम बुझाउन बाध्य हुँदै गएका छ्न ।

समाचार स्रोत :मुलपत्र ड्ट्कम अनलाइन बाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]