०७ आश्विन २०८३, बुधबार
23-09-2026 , Wed
×

समाचार

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) पूरक(ग्रेड वृद्धि)को नतिजा सार्वजनिक

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) पूरक(ग्रेड वृद्धि)को नतिजा सार्वजनिक गरेको छ । बोर्डले प्रकाशित गरेको नतिजाअनुसार ८३ हजार ५६४ परीक्षार्थी उत्तीर्ण भएका छन् । कुल परीक्षामा सहभागी भएका १ लाख ४३ हजार २५७ परीक्षार्थीमध्ये ५९ हजार ६९३ जना अनुत्तीर्ण अर्थात् अवर्गीकृत भएको बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिए । परीक्षा साउन […]

काठमाडौ । निवर्तमान परराष्ट्रमन्त्री आरजु राणाले युलेन्स स्कुलको व्यवस्थापन समितिको अध्यक्षबाट राजीनामा दिएकी छिन् । अभिभावकको बैठकमा कांग्रेस नेतृसमेत रहेकी राणाले राजीनामा दिएकी हुन् । ‘विद्यालय व्यवस्थापन समितिको अध्यक्षबाट उहाँले राजीनामा दिनुभएको जानकारी गराइएको छ’, एक अभिभावकले भने । काठमाडौं र ललितपुरको दुवै स्कूलबाट उनले राजीनामा दिएकी हुन । गत २४ भदौमा जेनजी आन्दोलनमा युलेन्स […]

निर्वाचन आयोगले आगामी कात्तिक मसान्तसम्म मतदाता नामावली सङ्कलन र अद्यावधिक गर्ने निर्णय गरेको छ । आयोगको बिहीबार बसेको बैठकले आगामी कात्तिक मसान्तसम्म मतदाता नामावली सङ्कलन गर्ने निर्णय गरेको आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिए । ‘आगामी फागुन २० गतेसम्म १८ वर्ष पूरा हुने नागरिकले भोट हाल्न पाउनेछन् । आजैबाट अव मतदाता नामावली […]

काठमाडौं । सरकारले प्रमुख दलका केही शीर्ष नेताहरूको राहदानी (पासपोर्ट) रोक्का गर्ने तयारी गरेको छ । जेन–जी आन्दोलनको दमनमा संलग्न र कतिपय भ्रष्टाचार एवं सम्पत्ति शुद्धीकरणको अनुसन्धानको दायरामा परेकाहरूमाथि यसप्रकारको ‘एक्सन’ बारे छलफल भएको हो । जेनजी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारले नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र लगायत दलका केही शीर्ष नेताहरूको […]

काठमाडौँ । मन्त्रीहरू र अन्य राजनीतिक पदाधिकारीका स्वकीय सचिवालयलाई अब सिंहदरवारस्थित मन्त्रालयभित्र कार्यकक्ष उपलब्ध नगराइने भएको छ । साथै, यस्ता सचिवालयका कर्मचारीहरूले सवारी साधन, बैदेशिक भ्रमण तथा अन्य भौतिक सुविधा पनि प्रयोग गर्न पाउने छैनन् । स्वकीय सचिवालयका नाममा मन्त्रालयमा व्यापक हस्तक्षेप हुँदै आएको गुनासो बढ्दै गएको थियो । मन्त्री निकट राजनीतिक कार्यकर्ताहरूले प्रशासनिक निर्णयमा […]

अर्थमन्त्री रामेश्वर खनालले सर्वसाधारणका गुनासो सिधै सुन्न र समाधान गर्न सुरु गरेको ‘गुनासो इमेलबक्स’ संयन्त्र प्रभावकारी देखिएको छ। मन्त्री खनालले मंगलबार यो संयन्त्र सुरु भएको ६ घण्टामै १६६ वटा इमेल प्राप्त भएको जानकारी दिँदै अब समस्या समाधानका लागि सिंहदरबार धाउनुपर्ने बाध्यता अन्त्य गर्ने लक्ष्य रहेको बताएका छन्। मन्त्री खनालले मंगलबार सामाजिक सञ्जालमार्फत यसबारे जानकारी दिएका […]

जेनजी आन्दोलनका अगुवा सुदन गुरुङले आफूलाई आक्रमण गर्न एउटा समूह घरसम्मै धाइरहेको बताएका छन्। मंगलबार बिहान सामाजिक सञ्जालमा भिडिओ सन्देश जारी गर्दै उनले आफूलाई कसैले सिंहदरबारदेखि घरसम्मै ‘फलो’ गरिरहेको बताएका हुन्। यस क्रममा गुरुङले आफूलाई धम्क्याउने प्रयास नगर्न सुझाव दिँदै प्रतिकारमा उत्रिनुपरेको दिन नराम्रो हुने चेतावनी पनि दिएका छन्। ‘हुँदाहुँदा अहिले मेरो घरसम्म पनि के […]

यूएईले नेपालीलाई भिजिट र वर्किङ भिसा दिन रोकेपछि कतार र मलेसियाले पनि त्यस्तै तयारी गरेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ। स्रोतका अनुसार, विदेशी राष्ट्रहरूले नेपालीलाई भिसा रोक्नुका पछाडि दुई कारण देखाएका छन्। पहिलो, जेनजी आन्दोलनका क्रममा भागेका करिब १५ हजार कैदी/बन्दी। दोस्रो, प्रदर्शनमा देखिएको हिंसात्मक गतिविधिका कारण नेपाली स्वभावप्रति विदेशीको नकारात्मक धारणा। भदौ २३ र […]

आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले ९ निर्णय गरेको छ। सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले जेनजी आन्दोलनका क्रममा भदौ २३ र २४ गते भएका घटना छानबिन गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गर्नेलगायत निर्णय गरेको हो। यी हुन् बुँदागत रूपमा मन्त्रिपरिषद्‌का ९ निर्णय: -जेन-जी आन्दोलनमा भएका घटना छानबिन गर्न गौरीबहादुर कार्कीको अध्यक्षतामा उच्चस्तरीय […]

क्वालालम्पुर, मलेसिया : गैरआवासीय नेपाली संघ (एनआरएनए)A समुह राष्ट्रिय समन्वय परिषद्, मलेसियाले नेपालमा हालै जेनजी आन्दोलनका क्रममा क्षति पुगेका संरचनाहरूको पुनर्निर्माणका लागि नेपाल सरकारले स्थापना गरेको पुनर्निर्माण कोषमा आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । एनआरएनए A समुह मलेसियाका अध्यक्ष राकेश प्रसाद महतोले मातृभूमिप्रति सामाजिक उत्तरदायित्व बोध गर्दै सहयोग संकलन गरी छिट्टै नेपाल सरकारलाई हस्तान्तरण […]