०४ कार्तिक २०८३, मंगलबार
20-10-2026 , Tue
×

अर्थमन्त्रीलाई इमेल मार्फत् ६ घण्टामै १६६ गुनासो प्राप्त

Logo
HeroNepal-tv प्रकाशित बुधबार, आश्विन ०८, २०८२

अर्थमन्त्री रामेश्वर खनालले सर्वसाधारणका गुनासो सिधै सुन्न र समाधान गर्न सुरु गरेको ‘गुनासो इमेलबक्स’ संयन्त्र प्रभावकारी देखिएको छ।

मन्त्री खनालले मंगलबार यो संयन्त्र सुरु भएको ६ घण्टामै १६६ वटा इमेल प्राप्त भएको जानकारी दिँदै अब समस्या समाधानका लागि सिंहदरबार धाउनुपर्ने बाध्यता अन्त्य गर्ने लक्ष्य रहेको बताएका छन्।

मन्त्री खनालले मंगलबार सामाजिक सञ्जालमार्फत यसबारे जानकारी दिएका हुन्। अर्थ मन्त्रालयको ‘गुनासो मेलबक्स’ र आफ्नो आधिकारिक इमेलमा गरी करिब ६ घण्टाको अवधिमा १६६ वटा इमेल प्राप्त भएको उनले उल्लेख गरेका छन्।

‘प्राप्त इमेलमध्ये करिब दुई दर्जनको जवाफ दिइसकेको छु र अधिकांशमा कारबाही अघि बढाइएको छ,’ खनालले लेखेका छन्, ‘बाँकी इमेलहरूको पनि यथासम्भव छिटो जवाफ दिइनेछ।’

यसले सर्वसाधारण तथा विभिन्न संस्थाहरूले आफ्ना समस्या समाधानका लागि व्यक्तिगत रूपमा सिंहदरबारसम्म धाउनुपर्ने झन्झट र बाध्यतालाई हटाउने विश्वास मन्त्री खनालले व्यक्त गरेका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]