२० भाद्र २०८३, शनिबार
05-09-2026 , Sat
×

अर्थमन्त्रीलाई इमेल मार्फत् ६ घण्टामै १६६ गुनासो प्राप्त

Logo
HeroNepal-tv प्रकाशित बुधबार, आश्विन ०८, २०८२

अर्थमन्त्री रामेश्वर खनालले सर्वसाधारणका गुनासो सिधै सुन्न र समाधान गर्न सुरु गरेको ‘गुनासो इमेलबक्स’ संयन्त्र प्रभावकारी देखिएको छ।

मन्त्री खनालले मंगलबार यो संयन्त्र सुरु भएको ६ घण्टामै १६६ वटा इमेल प्राप्त भएको जानकारी दिँदै अब समस्या समाधानका लागि सिंहदरबार धाउनुपर्ने बाध्यता अन्त्य गर्ने लक्ष्य रहेको बताएका छन्।

मन्त्री खनालले मंगलबार सामाजिक सञ्जालमार्फत यसबारे जानकारी दिएका हुन्। अर्थ मन्त्रालयको ‘गुनासो मेलबक्स’ र आफ्नो आधिकारिक इमेलमा गरी करिब ६ घण्टाको अवधिमा १६६ वटा इमेल प्राप्त भएको उनले उल्लेख गरेका छन्।

‘प्राप्त इमेलमध्ये करिब दुई दर्जनको जवाफ दिइसकेको छु र अधिकांशमा कारबाही अघि बढाइएको छ,’ खनालले लेखेका छन्, ‘बाँकी इमेलहरूको पनि यथासम्भव छिटो जवाफ दिइनेछ।’

यसले सर्वसाधारण तथा विभिन्न संस्थाहरूले आफ्ना समस्या समाधानका लागि व्यक्तिगत रूपमा सिंहदरबारसम्म धाउनुपर्ने झन्झट र बाध्यतालाई हटाउने विश्वास मन्त्री खनालले व्यक्त गरेका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]

मलेसिया । रसुवालगायतका क्षेत्रमा आएको बाढीपहिरोबाट प्रभावित परिवारहरूको राहत तथा सहयोगका लागि सुदूरपश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिले रु. १ लाख १ हजार (रु. १,०१,०००) सहयोग रकम बुझाएकाे छ। समितिले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष (Prime Minister Disaster Relief Fund) मा जम्मा गरेको हो। महालक्ष्मी विकास बैंकको भुक्तानी रसिदअनुसार १ सेप्टेम्बर २०२६ मा रु. […]

नेपाली कांग्रेस आज एउटा निर्णायक मोडमा उभिएको छ। यो संगठनभित्रको नेतृत्व परिवर्तन, गुटगत प्रतिस्पर्धा वा पदको भागबण्डाको प्रश्न होइन यो नेपाली कांग्रेसले आगामी दिनमा आफूलाई कस्तो राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने भन्ने गम्भीर प्रश्न हो। इतिहासले कांग्रेसलाई पटक–पटक कठिन परिस्थितिमा उभ्याएको छ, र हरेक संकटको घडीमा कांग्रेसको शक्ति कुनै एक व्यक्ति, समूह वा गुटमा होइन […]