२० भाद्र २०८३, शनिबार
05-09-2026 , Sat
×

मन्त्रालयबाट हटाईए स्वकीय कार्यकक्ष : सवारी साधन,अन्य भौतिक सुविधा पनि काटियो

Logo
HeroNepal-tv प्रकाशित बुधबार, आश्विन ०८, २०८२

काठमाडौँ । मन्त्रीहरू र अन्य राजनीतिक पदाधिकारीका स्वकीय सचिवालयलाई अब सिंहदरवारस्थित मन्त्रालयभित्र कार्यकक्ष उपलब्ध नगराइने भएको छ । साथै, यस्ता सचिवालयका कर्मचारीहरूले सवारी साधन, बैदेशिक भ्रमण तथा अन्य भौतिक सुविधा पनि प्रयोग गर्न पाउने छैनन् ।

स्वकीय सचिवालयका नाममा मन्त्रालयमा व्यापक हस्तक्षेप हुँदै आएको गुनासो बढ्दै गएको थियो । मन्त्री निकट राजनीतिक कार्यकर्ताहरूले प्रशासनिक निर्णयमा समेत प्रत्यक्ष प्रभाव जमाउँदै आएका थिए । कतिपय अवस्थामा अधिकृत वा उपसचिवस्तरका नियुक्त कर्मचारीहरूले नै सचिवलाई आदेश दिने अवस्था बनेको थियो, जसले कर्मचारीलाई स्वतन्त्र ढंगले काम गर्न कठिनाइ उत्पन्न गरेको सरोकारवालाहरूको भनाइ छ ।

सहजीकरणका नाममा उपसचिवस्तरका कर्मचारीमार्फत सचिवालय सञ्चालन भए पनि स्वकीयका नाममा भर्ना गरिएका आधा दर्जनभन्दा बढी कर्मचारीहरूले मन्त्रालयका भौतिक सुविधा र स्रोत साधनमा समेत अधिकार जमाएको देखिन्थ्यो । कतिपय सचिवालयले त मन्त्री सरहको भौतिक संरचना कब्जा गरी मन्त्रालयलाई नियमित कामभन्दा बढी राजनीतिक ‘सेटिङ’, ‘असुली’ र ‘बार्गेनिङ’को थलो बनाएको गुनासो पनि कर्मचारीतर्फबाट आउने गरेको थियो । तर, त्यसप्रति कुनै सुनुवाइ नभएको भन्दै असन्तुष्टि बढ्दै गएको थियो ।

यसै पृष्ठभूमिमा सिंहदरवारस्थित मन्त्रालयबाट स्वकीय सचिवालय हटाउने निर्णय भएको हो । यसले ठूलो मात्रामा भौतिक संरचना, सवारी साधन तथा अन्य सरकारी स्रोतको बचत हुने अपेक्षा गरिएको छ ।

सरकारले सार्वजनिक खर्चमा मितव्ययिता अपनाउने उद्देश्यले अनियमित खर्चमा कटौती गर्दै अनावश्यक प्वाल टाल्ने निर्णय गरेको छ । अबदेखि प्रेस समन्वयका लागि अतिरिक्त नियुक्ति नगरी सम्बन्धित निकायका प्रवक्ता तथा सूचना अधिकारीमार्फतै काम लिइनेछ । त्यस्तै, विभिन्न मुलुकमा खटिने नेपाल सरकारका प्रतिनिधि–राजदूतलाई नियमानुसार तोकिएको भन्दा माथिल्लो तह तोकिदै दिइएका अतिरिक्त सुविधा खारेज गरिने भएको छ ।

यस्तै, सार्वजनिक संस्थानमा कार्यकारी प्रमुख पद रिक्त भएमा तत्कालका लागि नेपाल सरकारको स्थायी सेवामा रहेका कर्मचारीलाई काजमा खटाइने व्यवस्था मिलाइनेछ । साथै, महँगा इलेक्ट्रोनिक्स र विलासी सामग्री खरिद नगर्ने र सरकारी निकायमा खर्चमा संयमता अपनाउने नीतिलाई कडाइका साथ लागू गरिने सरकारको तयारी छ ।

यससँगै ग्याँस, साइकल, स्वास्थ्य बीमा शुल्क, बिद्युत महशुल भुक्तानी, ह्याण्डपम्प, साडी वितरण जस्ता वितरणमुखी कार्यक्रम सञ्चालन नगर्ने निर्णय पनि गरिएको छ । सरकारले अनावश्यक खर्च कटौती गर्दै जनतामुखी र दीर्घकालीन विकासलाई प्राथमिकतामा राख्ने जनाएको छ ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]

मलेसिया । रसुवालगायतका क्षेत्रमा आएको बाढीपहिरोबाट प्रभावित परिवारहरूको राहत तथा सहयोगका लागि सुदूरपश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिले रु. १ लाख १ हजार (रु. १,०१,०००) सहयोग रकम बुझाएकाे छ। समितिले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष (Prime Minister Disaster Relief Fund) मा जम्मा गरेको हो। महालक्ष्मी विकास बैंकको भुक्तानी रसिदअनुसार १ सेप्टेम्बर २०२६ मा रु. […]

नेपाली कांग्रेस आज एउटा निर्णायक मोडमा उभिएको छ। यो संगठनभित्रको नेतृत्व परिवर्तन, गुटगत प्रतिस्पर्धा वा पदको भागबण्डाको प्रश्न होइन यो नेपाली कांग्रेसले आगामी दिनमा आफूलाई कस्तो राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने भन्ने गम्भीर प्रश्न हो। इतिहासले कांग्रेसलाई पटक–पटक कठिन परिस्थितिमा उभ्याएको छ, र हरेक संकटको घडीमा कांग्रेसको शक्ति कुनै एक व्यक्ति, समूह वा गुटमा होइन […]