०७ आश्विन २०८३, बुधबार
23-09-2026 , Wed
×

मलाई आक्रमण गर्न घरसम्मै ‘फलो’ गरिरहेका छन्: सुदन गुरुङ

Logo
HeroNepal-tv प्रकाशित मंगलबार, आश्विन ०७, २०८२

जेनजी आन्दोलनका अगुवा सुदन गुरुङले आफूलाई आक्रमण गर्न एउटा समूह घरसम्मै धाइरहेको बताएका छन्।

मंगलबार बिहान सामाजिक सञ्जालमा भिडिओ सन्देश जारी गर्दै उनले आफूलाई कसैले सिंहदरबारदेखि घरसम्मै ‘फलो’ गरिरहेको बताएका हुन्।

यस क्रममा गुरुङले आफूलाई धम्क्याउने प्रयास नगर्न सुझाव दिँदै प्रतिकारमा उत्रिनुपरेको दिन नराम्रो हुने चेतावनी पनि दिएका छन्।

‘हुँदाहुँदा अहिले मेरो घरसम्म पनि के भन्छ, पूरा आइराछ, मलाई खोजीखोजी आइराछ मलाई’, उनले भिडिओ सन्देशमा भनेका छन्, ‘मैले जुन दिन भेटेँ भने गाह्रो पर्छ है।…गुरुङ सोझो छ भनेर सोच्नुभएको होला। म सोझो छैन है फेरि। म राम्रोमा राम्रो छु, नराम्रोमा म धेरै नराम्रो छु। त्यही भएर तपाईंहरूलाई मेरो सजेसन– मेरो बाटोभन्दा टाढा बस्नू।’

गुरुङ अहिले मन्त्रिपरिषद्‌मा राम्रा-राम्रा मन्त्रीहरू गएको उल्लेख गर्दै आफूलाई हमला गर्न लगाउने शक्ति देश बनाउनेतिर लगाउन सुझाव पनि दिएका छन्।

उनले भनेका छन्, ‘यति साह्रो इफोर्ट लाउनुको साटो, देशलाई कसरी राम्रो बनाउन सकिन्छ, त्यतातिर इफोर्ट लाउनुहोला। मेरो यो वार्निङ हो- तपाईंहरूलाई, उनले भनेका छन्, मैले भेट्टाए भनेचाहिँ गाह्रो हुन्छ। अस्ति सिंहदरबार बाहिर पनि मलाई फलो गरेको भेट्टाएँ।’

यस्तो छ सुदन गुरुङको पूरा सन्देश:

अहिले मेरो फ्यान फलोइङ एकदम बेसी भएजस्तो लाग्छ मलाई। मेरो एकदम राम्रो फ्यान फलोइङ छ जस्तो लाग्छ क्या। हुँदाहुँदा अहिले मेरो घरसम्म पनि के भन्छ, पूरा आइराछ, मलाई खोजीखोजी आइराछ मलाई। कस्तो हाँसो उठिसक्यो मलाई। कति साह्रो मेहनत गरेको। कति साह्रो माया गरेको, फलो गरेको गर्‍यै गर्ने? त्यति साह्रो फलो त के भन्ने? यति साह्रो फ्यान फलोइङ मलाई चाहिएको छैन। फेरि जुन दिन भेट्छु नि मैले– मेरो हात मात्र पर्‍यो भनेचाहिँ म त आफ्नो प्रोटेक्सन आफैँ गर्नुपर्‍यो, हैन, आफ्नो प्रोटेक्सन त आफैँ गर्नुपर्‍यो। मैले जुन दिन भेटेँ भने गाह्रो पर्छ है। मेरो वार्निङ हो, तपाईंहरू सबै जनालाई, धेरै फ्यान हुनु पर्दैन के यसरी। बरु कहाँ आउनुपर्छ, भन्नु, म आउँला। यसो फलो गरेर पूरा मलाई डराउने धम्क्याउने गर्‍यो सोच्या होला। मैले सुरु दिनदेखि नै जब यो मेरा भाइबैनलाई गोली हानियो, मैले त्यहाँदेखि नै सोचिसकेको थिएँ– म कसैसँग डराउनेवाला छैन। यो कुराचाहिँ प्लिज विचार गरिदिनु तपाईंहरू। यति साह्रो इफोर्ट लाउनुको साटो, देशलाई कसरी राम्रो बनाउन सकिन्छ, त्यतातिर इफोर्ट लाउनुहोला। मेरो यो वार्निङ हो, तपाईंहरूलाई। मैले भेट्टाए भनेचाहिँ गाह्रो हुन्छ। अस्ति सिंहदरबार बाहिर पनि मलाई फलो गरेको भेट्टाएँ। अब सोच्नुहोला कि मैले प्रोटेक्सन गर्‍या छैन भन्ने सोच्नुहोला। गुरुङ सोझो छ भनेर सोच्नुभएको होला। म सोझो छैन है फेरि। म राम्रोमा राम्रो छु, नराम्रोमा म धेरै नराम्रो छु। त्यही भएर तपाईंहरूलाई मेरो सजेसन– मेरो बाटोभन्दा टाढा बस्नू। मेरो बाटो अवरोध गर्न नखोज्नूस्। म प्रयास गरिरहेको छु– तपाईंहरूको सबैको भविष्य राम्रो होस्। मन्त्रिपरिषद् विस्तारमा धेरै राम्रो मन्त्रीहरू जानुभाछ। कति राम्रा निर्णयहरू भएका छन्। सबै क्षेत्रमा हामीले परिवर्तन गर्नुपर्नेथ्यो। मेरो जति पनि फ्यान फलोइङ छ नि, सिंहदरबारदेखि घरसम्म मलाई फलो गर्ने। कहिले कता फलो गर्ने। बरु आउनूस्, म तपाईंलाई राम्रो फोटो खिचेर सिग्नेचर पनि गरिदिन्छु। अरुलाई धम्काएजस्तो सोच्नुहोला। मलाई धम्क्याउन गाह्रो छ। तपाईंहरूकै सुरक्षाका लागि भनिरहेको छु– मलाई फलो गर्ने काम नगर्नुहोला। जति जना तपाईंले ट्राई गरिरहनुभएको छ। मेराे देश र मेरो बीचमा आउन खोज्नुभयो भने तपाईंहरूलाई गाह्रो पर्छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]