०८ माघ २०८२, बुधबार
21-01-2026 , Wed
×

मलाई आक्रमण गर्न घरसम्मै ‘फलो’ गरिरहेका छन्: सुदन गुरुङ

Logo
HeroNepal-tv प्रकाशित मंगलबार, आश्विन ०७, २०८२

जेनजी आन्दोलनका अगुवा सुदन गुरुङले आफूलाई आक्रमण गर्न एउटा समूह घरसम्मै धाइरहेको बताएका छन्।

मंगलबार बिहान सामाजिक सञ्जालमा भिडिओ सन्देश जारी गर्दै उनले आफूलाई कसैले सिंहदरबारदेखि घरसम्मै ‘फलो’ गरिरहेको बताएका हुन्।

यस क्रममा गुरुङले आफूलाई धम्क्याउने प्रयास नगर्न सुझाव दिँदै प्रतिकारमा उत्रिनुपरेको दिन नराम्रो हुने चेतावनी पनि दिएका छन्।

‘हुँदाहुँदा अहिले मेरो घरसम्म पनि के भन्छ, पूरा आइराछ, मलाई खोजीखोजी आइराछ मलाई’, उनले भिडिओ सन्देशमा भनेका छन्, ‘मैले जुन दिन भेटेँ भने गाह्रो पर्छ है।…गुरुङ सोझो छ भनेर सोच्नुभएको होला। म सोझो छैन है फेरि। म राम्रोमा राम्रो छु, नराम्रोमा म धेरै नराम्रो छु। त्यही भएर तपाईंहरूलाई मेरो सजेसन– मेरो बाटोभन्दा टाढा बस्नू।’

गुरुङ अहिले मन्त्रिपरिषद्‌मा राम्रा-राम्रा मन्त्रीहरू गएको उल्लेख गर्दै आफूलाई हमला गर्न लगाउने शक्ति देश बनाउनेतिर लगाउन सुझाव पनि दिएका छन्।

उनले भनेका छन्, ‘यति साह्रो इफोर्ट लाउनुको साटो, देशलाई कसरी राम्रो बनाउन सकिन्छ, त्यतातिर इफोर्ट लाउनुहोला। मेरो यो वार्निङ हो- तपाईंहरूलाई, उनले भनेका छन्, मैले भेट्टाए भनेचाहिँ गाह्रो हुन्छ। अस्ति सिंहदरबार बाहिर पनि मलाई फलो गरेको भेट्टाएँ।’

यस्तो छ सुदन गुरुङको पूरा सन्देश:

अहिले मेरो फ्यान फलोइङ एकदम बेसी भएजस्तो लाग्छ मलाई। मेरो एकदम राम्रो फ्यान फलोइङ छ जस्तो लाग्छ क्या। हुँदाहुँदा अहिले मेरो घरसम्म पनि के भन्छ, पूरा आइराछ, मलाई खोजीखोजी आइराछ मलाई। कस्तो हाँसो उठिसक्यो मलाई। कति साह्रो मेहनत गरेको। कति साह्रो माया गरेको, फलो गरेको गर्‍यै गर्ने? त्यति साह्रो फलो त के भन्ने? यति साह्रो फ्यान फलोइङ मलाई चाहिएको छैन। फेरि जुन दिन भेट्छु नि मैले– मेरो हात मात्र पर्‍यो भनेचाहिँ म त आफ्नो प्रोटेक्सन आफैँ गर्नुपर्‍यो, हैन, आफ्नो प्रोटेक्सन त आफैँ गर्नुपर्‍यो। मैले जुन दिन भेटेँ भने गाह्रो पर्छ है। मेरो वार्निङ हो, तपाईंहरू सबै जनालाई, धेरै फ्यान हुनु पर्दैन के यसरी। बरु कहाँ आउनुपर्छ, भन्नु, म आउँला। यसो फलो गरेर पूरा मलाई डराउने धम्क्याउने गर्‍यो सोच्या होला। मैले सुरु दिनदेखि नै जब यो मेरा भाइबैनलाई गोली हानियो, मैले त्यहाँदेखि नै सोचिसकेको थिएँ– म कसैसँग डराउनेवाला छैन। यो कुराचाहिँ प्लिज विचार गरिदिनु तपाईंहरू। यति साह्रो इफोर्ट लाउनुको साटो, देशलाई कसरी राम्रो बनाउन सकिन्छ, त्यतातिर इफोर्ट लाउनुहोला। मेरो यो वार्निङ हो, तपाईंहरूलाई। मैले भेट्टाए भनेचाहिँ गाह्रो हुन्छ। अस्ति सिंहदरबार बाहिर पनि मलाई फलो गरेको भेट्टाएँ। अब सोच्नुहोला कि मैले प्रोटेक्सन गर्‍या छैन भन्ने सोच्नुहोला। गुरुङ सोझो छ भनेर सोच्नुभएको होला। म सोझो छैन है फेरि। म राम्रोमा राम्रो छु, नराम्रोमा म धेरै नराम्रो छु। त्यही भएर तपाईंहरूलाई मेरो सजेसन– मेरो बाटोभन्दा टाढा बस्नू। मेरो बाटो अवरोध गर्न नखोज्नूस्। म प्रयास गरिरहेको छु– तपाईंहरूको सबैको भविष्य राम्रो होस्। मन्त्रिपरिषद् विस्तारमा धेरै राम्रो मन्त्रीहरू जानुभाछ। कति राम्रा निर्णयहरू भएका छन्। सबै क्षेत्रमा हामीले परिवर्तन गर्नुपर्नेथ्यो। मेरो जति पनि फ्यान फलोइङ छ नि, सिंहदरबारदेखि घरसम्म मलाई फलो गर्ने। कहिले कता फलो गर्ने। बरु आउनूस्, म तपाईंलाई राम्रो फोटो खिचेर सिग्नेचर पनि गरिदिन्छु। अरुलाई धम्काएजस्तो सोच्नुहोला। मलाई धम्क्याउन गाह्रो छ। तपाईंहरूकै सुरक्षाका लागि भनिरहेको छु– मलाई फलो गर्ने काम नगर्नुहोला। जति जना तपाईंले ट्राई गरिरहनुभएको छ। मेराे देश र मेरो बीचमा आउन खोज्नुभयो भने तपाईंहरूलाई गाह्रो पर्छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

म्याग्दी । म्याग्दी जिल्लामा आधुनिक भलिबल कभर्ड हल निर्माण गर्ने उद्देश्यसहित म्याग्दी जिल्ला भलिबल संघले जग्गा खरिदका लागि आर्थिक सहयोग संकलन अभियान सुरु गरेको छ। “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने राष्ट्रिय अभियानअनुसार संघले दीर्घकालीन खेल पूर्वाधार विकासलाई लक्ष्य बनाएको जनाएको छ। भलिबल खेलको विकास, खेलाडी उत्पादन तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरका खेलाडी तयार पार्ने उद्देश्यले […]

क्वालालम्पुर (मलेसिया) — नेपाली जनसम्पर्क समिति मलेसियाको चौथो राष्ट्रिय अधिवेशन आइतबार भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशन नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नेपाली जनसम्पर्क समिति समन्वय विभागका प्रमुख किरणराज शर्मा पौडेलको प्रमुख आतिथ्यतामा क्वालालम्पुरस्थित होटेल ग्रान्ड कन्टिनेण्टलमा सम्पन्न भएको हो। समितिका अध्यक्ष चोलाकान्त पंगेनीको सभाअध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाली राजदूतावास क्वालालम्पुर, मलेसियाका प्रथम सचिव सुसिल […]

कतार सरकारले विभिन्न जेलमा सजाय काटिरहेका १३ जना नेपाली नागरिकलाई आममाफी दिएको छ। कतारको राष्ट्रिय दिवस तथा अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसरमा उनीहरूलाई ‘अमिरी आममाफी’ प्रदान गरिएको हो। परराष्ट्र मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै कतार सरकारको यस मानवीय र उदार निर्णयप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ। मन्त्रालयका अनुसार यो कदम नेपाल–कतारबीचको प्रगाढ मित्रता […]