यूएईले नेपालीलाई भिजिट र वर्किङ भिसा दिन रोकेपछि कतार र मलेसियाले पनि त्यस्तै तयारी गरेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ।
स्रोतका अनुसार, विदेशी राष्ट्रहरूले नेपालीलाई भिसा रोक्नुका पछाडि दुई कारण देखाएका छन्। पहिलो, जेनजी आन्दोलनका क्रममा भागेका करिब १५ हजार कैदी/बन्दी। दोस्रो, प्रदर्शनमा देखिएको हिंसात्मक गतिविधिका कारण नेपाली स्वभावप्रति विदेशीको नकारात्मक धारणा।
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा ६०५ सरकारी कार्यालय, प्रहरी चौकी, सिंहदरबार, सर्वोच्च अदालत, संसद भवन र विभिन्न निजी सम्पत्तिमा तोडफोड तथा आगजनी भएको थियो।
परराष्ट्र मन्त्रालयले कैदी/बन्दी फिर्ता भएपछि भिसामा गरिएको कडाइ विस्तारै खुकुलो हुने विश्वास व्यक्त गरेको छ। यद्यपि कुनै पनि मुलुकले अझै औपचारिक रूपमा नेपालीलाई भिसा रोकेको घोषणा गरेका छैनन्।