०७ आश्विन २०८३, बुधबार
23-09-2026 , Wed
×

यूएईपछि कतार र मलेसियाले पनि गर्यो नेपालीलाई भिसा रोक्ने संकेत

Logo
HeroNepal-tv प्रकाशित सोमबार, आश्विन ०६, २०८२

यूएईले नेपालीलाई भिजिट र वर्किङ भिसा दिन रोकेपछि कतार र मलेसियाले पनि त्यस्तै तयारी गरेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ।

स्रोतका अनुसार, विदेशी राष्ट्रहरूले नेपालीलाई भिसा रोक्नुका पछाडि दुई कारण देखाएका छन्। पहिलो, जेनजी आन्दोलनका क्रममा भागेका करिब १५ हजार कैदी/बन्दी। दोस्रो, प्रदर्शनमा देखिएको हिंसात्मक गतिविधिका कारण नेपाली स्वभावप्रति विदेशीको नकारात्मक धारणा।

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा ६०५ सरकारी कार्यालय, प्रहरी चौकी, सिंहदरबार, सर्वोच्च अदालत, संसद भवन र विभिन्न निजी सम्पत्तिमा तोडफोड तथा आगजनी भएको थियो।

परराष्ट्र मन्त्रालयले कैदी/बन्दी फिर्ता भएपछि भिसामा गरिएको कडाइ विस्तारै खुकुलो हुने विश्वास व्यक्त गरेको छ। यद्यपि कुनै पनि मुलुकले अझै औपचारिक रूपमा नेपालीलाई भिसा रोकेको घोषणा गरेका छैनन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]