०७ आश्विन २०८३, बुधबार
23-09-2026 , Wed
×

समाचार

विद्याको सदस्यता खोल्न र ओलीलाई मार्ग प्रशस्त गर्न एमाले बैठकमा सुझाव

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा यतिखेर केन्द्रीय सदस्यहरूले आफ्नो भनाइ धमाधम राखिरहेका छन् । बैठकमा बोल्नेहरूले विगतको भन्दा योपटक खुलेर आफ्ना कुरा राखिरहेका छन् । पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यता नरोक्न योपटक पनि दबाब बढेको छ । अध्यक्ष केपी ओलीलाई राजीनामा दिएर अभिभावकको भूमिकामा बस्न पनि केही नेताले सुझाएका छन् । जेनजी आन्दोलनपछि एमालेमा […]

काठमाडौँ । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले शिक्षासम्बन्धी कामको प्रभावकारिता बढाउन मन्त्रालय मातहतका निकायहरूलाई निर्देशन दिएका छन् । पुनले बिहीबार बसेका विभिन्न बैठकमार्फत पाँच बुँदा सार्वजनिक गरेका हुन् । उनले नेपालमा रहेका क्यान्सर अस्पतालहरूमा क्यान्सर बिरामीहरूको उपचारमा प्रयोग हुने अति आवश्यक रेडियोधर्मी औषधिहरूको उत्पादन नेपाल मै गर्नको लागि मात्र आणविक अनुसन्धान केन्द्र तुरुन्त खोल्न […]

एनआरए दिवस ११ अक्टोबर शनिबार एनआरएनए एकताको घोषणा हुने वार्ता अन्तिम चरणमा पुगेको छ । चार वर्षदेखि चलेको आन्तरिक विवाद अन्त्य गर्दै गैरआवासीय नेपाली संघ (एनआरएनए) भित्र बृहत एकताको प्रयास तीव्र बनेको हो । संघ स्रोतका अनुसार बिहीबार काठमाडौंको ठमेलस्थित एक होटलमा संघका वर्तमान पदाधिकारी, संस्थापक तथा पूर्वपदाधिकारीबीच गोप्य बैठक सम्पन्न भएको हो। बैठकले एनआरएनए […]

काठमाडौँ। निर्वाचन आयोगले आगामी कात्तिक १७ गतेका लागि तोकिएको मनाङ जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ को प्रदेशसभा निर्वाचन क्षेत्र नं २ को उपनिर्वाचनका सम्पूर्ण कार्यक्रम स्थगन गरेको छ । आयोगले यही असोज १९ गतेको निर्णयानुसार पूर्वप्रकाशित निर्वाचन कार्यक्रमबमोजिमका सम्पूर्ण कार्य हाललाई स्थगन गरिएको जनाएको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईद्वारा जारी विज्ञप्तिमा जनाइएको छ […]

मलका, मलेसिया । गैर आवासीय नेपाली संघ (NRNA) राज्य समिति मलका, मलेसियाले नेपालमा भइरहेको जेन्जी आन्दोलनमा घाइते भएकाहरू र हालैको बाढीबाट पीडित भएकाहरूलाई आर्थिक सहयोग गर्ने घोषणा गरेको छ। २०८२ असोज १९ गते (२०२५ अक्टोबर ५) का दिन साँझ ८ बजे भर्चुअल माध्यमबाट बसेको मासिक बैठकले यस्तो महत्वपूर्ण निर्णय गरेको हो। बैठकले सहयोग संकलनका लागि […]

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकमा जेनजेडका नेता सुदन गुरुङको उपस्थिति देखिएको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत दिनेशप्रसाद भट्टसहित आयोजित उक्त बैठकमा गुरुङले विपद् उद्धार र राहत व्यवस्थापनका विषयमा सुझाव र निर्देशन दिएका छन्। बैठकको भिडियो उनले आफैं सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेका छन्, जसमा उनी सरकारी अधिकारीहरूसँग प्रत्यक्ष संवाद गर्दै […]

अविरल वर्षासँगैको प्रतिकूल परिस्थितिलाई मध्यनजर गर्दै सरकारले थप दुई दिन बिदा दिएको छ । सरकारले आइतबार र सोमबार बिदा दिएको हो । सरकारी कार्यालयहरू भोलिदेखि खुल्ने तय भए पनि अविरल वर्षाका कारण सडक अवरुद्ध भएसँगै सरकारले थप दुई दिन बिदा दिने निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) भित्र बृहत् एकता कायम गर्नका लागि नवनिर्वाचित नेतृत्वले उच्चस्तरीय पहल सुरु गरेको छ। संस्थाको उच्चस्तरीय न्यायिक तथा मेलमिलाप समितिले संस्थाभित्रका असन्तुष्ट पक्षलाई समेत समेट्न औपचारिक रूपमा वार्ता प्रक्रिया थालेको हो। गत मे ३–४ मा काठमाडौँमा सम्पन्न एकताको महाधिवेशन बाट २०२५-२०२७ कार्यकालका लागि निर्वाचित महेशकुमार श्रेष्ठ नेतृत्वको कार्यसमितिले एकता महाधिवेशनमा सहभागी नभएका […]

नेपालमा आज शुक्रबार देशभर वर्षा हुने र केही प्रदेशका सीमित ठाउँहरूमा ठूलो (भारी) वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार, देशभरको मौसममा साधारणतया बदली (अर्थात् आकाशभरि बादल) रहनेछ। आज दिउँसो (साँझ ६ बजेसम्म): मध्यम वर्षा: कोसी, बागमती, गण्डकी, र लुम्बिनी प्रदेशका पहाडी र तराई क्षेत्रका केही भूभागका साथै मधेस प्रदेश लगायत […]

जोहोरबारु, मलेसिया — रोल्पाली सेवा समाज मलेसियाको आयोजनामा दसैं विशेष तथा जोहोर क्षेत्रीय समितिको प्रथम वार्षिकोत्सव समारोह निकै भव्य र उत्साहजनक रूपमा सम्पन्न भएको छ। कार्यक्रम संस्थाका अध्यक्ष तिपेन्द्र बुढा मगरको अध्यक्षतामा सुरु गरिएको थियो भने, गैर आवासीय नेपाली संघ (NRNA) राष्ट्रिय समन्वय परिषद मलेसियाका अध्यक्ष श्री राकेश प्रसाद महतो उक्त कार्यक्रमकाे प्रमुख अतिथिकाे रुपमा […]