०४ कार्तिक २०८३, मंगलबार
20-10-2026 , Tue
×

विद्याको सदस्यता खोल्न र ओलीलाई मार्ग प्रशस्त गर्न एमाले बैठकमा सुझाव

Logo
HeroNepal-tv प्रकाशित बिहिबार, आश्विन ३०, २०८२

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा यतिखेर केन्द्रीय सदस्यहरूले आफ्नो भनाइ धमाधम राखिरहेका छन् । बैठकमा बोल्नेहरूले विगतको भन्दा योपटक खुलेर आफ्ना कुरा राखिरहेका छन् ।

पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यता नरोक्न योपटक पनि दबाब बढेको छ । अध्यक्ष केपी ओलीलाई राजीनामा दिएर अभिभावकको भूमिकामा बस्न पनि केही नेताले सुझाएका छन् ।

जेनजी आन्दोलनपछि एमालेमा नेतृत्व परिवर्तनको बहस चर्किएको छ । अध्यक्ष ओली निवास गुण्डुमा बसेको सचिवालय बैठकमा पनि बहुमत सदस्यले ओलीले अब नेतृत्व छाड्नुपर्ने धारणा राखेका थिए ।

केन्द्रीय कमिटी बैठकमा पनि त्यसले निरन्तरता पाएको छ । अध्यक्ष ओलीको प्रस्तावमाथि धारणा राख्दै आजको बैठकमा रचना खड्का, युवराज बास्कोटा, रविन कोइराला, रामलाल साह, ममता गिरीलगायतले विद्या भण्डारीको सदस्यता खोल्न र ओलीले मार्ग प्रशस्त गरेर अभिभावकत्व लिन आग्रह गरेका छन् ।

उनीहरूले नेतृत्वको निरन्तरता अबको निकास नहुने भएकाले समयको पदचाप बुझ्न ओलीलाई आग्रह गरेका छन् ।

यद्यपि, केन्द्रीय कमिटीमा ओलीको पक्षमै बहुमत रहेकाले धेरै सदस्यले महाधिवेशनले नै निर्णय गर्ने भन्दै अहिले नेतृत्वको बहिर्गमन निकास नहुने बताएका छन् । ओलीले मंसिर अन्तिममा महाधिवेशन गर्ने प्रस्ताव गरेका छन् ।

उनले फेसबुकले आफ्नो राजीनामा माग्दैमा नदिने भन्दै महाधिवेशनबाटै छिनोफानो गर्ने प्रस्ट सन्देश दिइसकेका छन् । बैठकमा अहिले नेताहरूले खुलेर आफ्नो कुरा राखिरहेका छन् । एक जनालाई ३ मिनेट समय दिइएको छ । नेताहरूलाई लिखित बुझाउन आफ्नो कुरा बुझाउन पनि सक्नेछन् ।

हिजो बोल्नेमध्ये केही नेताहरूले पनि विद्याको सदस्यताको कुरा उठाएका बैठकपछि प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]