०८ माघ २०८२, बुधबार
21-01-2026 , Wed
×

राजनीति

मुख्य सडक अवरुद्ध भएपछि यातायात मन्त्रालयमा आकस्मिक बैठक बस्याे

काठमाडौं । देशका मुख्य सडक अवरुद्ध भएपछि यातायात मन्त्रालयमा आकस्मिक बैठक बसेको छ । शुक्रबार रातिदेखि नारायणगढ-मुग्लिन सडक अवरुद्ध भएको छ । पहिरो खस्ने क्रम नरोकिएपछि सडक खुलाउन कठिनाइ भएको छ । यात्रुहरु रातिदेखि नै अलपत्र परेका छन् । बैठकमा सडक विभाग, गृह मन्त्रालय, यातायात व्यवसायी महासंघ र मजदुरहरूसँग यातायात मन्त्री कुलमान घिसिङले छलफल गरिरहेका […]

काठमाडौँ । पत्रकार टेकमान शाक्यलाई एमाले नेता महेश बस्नेतलगायतले धम्की दिएको जानकारी प्राप्त भएको भन्दै नेपाल पत्रकार महासंघले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । समाचारको विषयलाई लिएर शाक्यलाई बारम्बार धम्की आएको घटनाको आफूले निन्दा र भर्त्सना गर्ने महासंघले शनिबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा पत्रकारलाई धम्की दिने कार्यमा संलग्नहरुलाई कानुनी कारबाही गर्न समेत […]

अहिले सामाजिक सञ्जालमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनीष झाले जेनजी आन्दोलनका क्रममा ललितपुरस्थित नक्खु कारागार परिसरमा आगजनी गर्न उक्साएको भन्दै एउटा भिडिओ भाइरल बनाइएको छ। सार्वजनिक भिडिओमा युवाहरूको जमातले गेटमा आगो लगाइरहेको देखिन्छ भने निवर्तमान सांसदसमेत रहेका झा हात हल्लाएर आगजनीस्थलबाट हिँडेको देखिन्छ। सामाजिक सञ्जालमा भिडिओ राख्नेले भने उनले युवाहरूलाई कारागारमा आगो लगाउन […]

काठमाडौं— नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विद्यमान संविधानलाई संशोधन गरेर प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था गरिनुपर्ने बताएका छन् । संविधान दिवसको अवसरमा पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले २०७२ सालमा संविधान बन्दा माओवादीले राखेको फरक मत अहिले सम्बोधन गर्नु पर्ने बेला आएको बताएका हुन् । त्यसबेला नै प्रत्यक्ष निर्वाचित राष्ट्रपति कार्यकारीको व्यवस्था […]

प्रधानमन्त्री सुशीला कार्कीले आज भारतीय समकक्षी नरेन्द्र मोदीसँग कुराकानी गर्दै छिन्। बिहान साढे ११ बजे भिडिओ कन्फरेन्समा कुराकानी गर्ने तयारी छ। त्यसपछि आजै दुई शक्तिशाली मुलुकका राजदूतले पनि प्रधानमन्त्री कार्कीलाई भेट्ने भएका छन्। मन्त्रिपरिषद् कार्यालयका अनुसार, चिनियाँ राजदूत छन सोङ र अमेरिकी राजदूत डिन आर थम्प्सनले पनि भेटघाटका लागि समय लिएका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा […]

प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद्लाई पूर्णता दिने प्रयास थालेकी छन्। ११ सदस्यीय मन्त्रिपरिषद् बनाउने घोषणा गरेकी उनले ३ मन्त्री र मुख्यसचिवलाई राखेर बालुवाटारमा छलफल गरेकी हुन्। ‘प्रधानमन्त्री र मन्त्रीबीच छलफल जारी छ,’ स्रोतले नेपालखबरसँग भन्यो,’मन्त्रीका लागि विभिन्न नाममा छलफल भइरहेको छ। आजै नभए पनि भोलिसम्म मन्त्रिपरिषद् विस्तार हुने सम्भावना छ।’ छलफलमा कार्की, अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जामन्त्री […]

अब के हुन्छ निकास ? जेन–जी आन्दोलनकारीले नागरिक सरकार गठन र नयाँ निर्वाचनको माग गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री ओलीको राजीनामापछि जेन–जी प्रदर्शनकारीलाई वार्तामा आउन आह्वान गरेकामा राति सेनाले पनि आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान गरेको छ । त्यसअघि काठमाडौंका मेयर बालेन शाहले सामाजिक सञ्जालमार्फत सेनासँग वार्ता गर्न तयार रहन जेन–जीलाई भनेका थिए । तर, यसका […]

नेपाल कम्युनिष्ट पार्टी (एमाले)को दोस्रो विधान महाधिवेशनको पूर्वसन्ध्यामा आज केन्द्रीय सचिवालय बैठक हुँदैछ। पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार अपराह्न ३ः०० बजेका लागि निर्धारित बैठकमा विधान महाधिवेशनमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदन, विधान संशोधन प्रस्ताव प्रतिवेदन र साङ्गठनिक प्रतिवेदनमाथि छलफल हुनेछ। यही भदौ २० देखि २२ गतेसम्म विधान महाधिवेशन ललितपुरको गोदावरीमा हुँदैछ।

नेपाल सरकारले दर्ता हुन नमानेका सामाजिक सञ्जाल प्लेटफर्म बन्द गरेमा प्रधानमन्त्री, मन्त्रीदेखि सरकारी अधिकारीहरूलाई अमेरिकाले भिसा नदिने सम्भावना देखिएको छ । अमेरिकाको स्टेट डिपार्टमेन्टले केही समयअघि जारी गरेको भिसा नीतिले यस्तो सम्भावना देखाएको हो । सरकार १९ भदौपछि फेसबुक, युट्युबलगायत केही सामाजिक सञ्जाल प्लेटफर्म बन्द गर्ने तयारीमा छ । त्यसरी बन्द हुने सम्भावना भएका सामाजिक […]

काठमाडौँ : कात्तिक १७ गते हुने रूपन्देही–३ उपनिर्वाचनका लागि अन्य दलहरूले तयारीलाई तीव्रता दिँदा प्रमुख प्रतिपक्षी माओवादी केन्द्र भने मौन छ। अन्य दलहरूले उपनिर्वाचनको नतिजा हात पार्न विभिन्न रणनीतिक तयारी गरिरहँदा माओवादीलाई उपनिर्वाचनले त्यत्ति छोएको छैन। माओवादीमा उम्मेदवार सिफारिस र घोषणा त परको कुरा, पार्टीमा पर्याप्त छलफलसमेत नभएको नेताहरू बताउँछन्। उम्मेदवार छनोट प्रक्रियामै भइरहेको ढिलाइपछि […]