२२ जेठ २०८३, शुक्रबार
05-06-2026 , Fri
×

अपराध

भेरीगंगाको बबईबाट अवैध सूर्ति (सुपरपावर) बरामद

सुर्खेत । जिल्लाको भेरीगंगा नगरपालिका–५ बबईबाट अवैध सूर्ति (सुपरपावर) बरामद गरिएको छ। बबई चेक पोष्टमा डियुटीमा खटिएका ४ जनाको प्रहरी टोलीले सूर्ति बरामद गरेको हो। नेपालगञ्जदेखी सुर्खेततर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२००१ ख००६४ नम्बरको मिनीबसलाई चेकजाँच गर्ने क्रममा प्रहरीले बिल भरपाई नभएको सूर्ति फेला परेको थियो। प्रहरीका अनुसार नियन्त्रणमा लगिएको अबैध सूर्ति १५ हजार बराबरको […]

सुर्खेत : गत शनिबार बेलुका वीरेन्द्रनगर नगरपालिका–१, गैरीचोकमा विनोद गिरीलाई लक्षित गर्दै गोली प्रहारको घटनामा सम्बन्धित भारतीय सुटरसहित चार जनालाई प्रहरीले सार्वजनिक गरेको छ । आइतबार अपराह्नमा पत्रकार सम्मेलन गर्दै प्रहरीले घटनामा संलग्न चार व्यक्तिलाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा कैलालीको गौरीगंगा नगरपालिका–२, का १८ वर्षीय इन्द्र बिक, १८ वर्षीय भरत भुल, वीरेन्द्रनगर–४ का […]

सुर्खेत। वीरेन्द्रनगरमा गएराति गोली चलाएको भन्दै प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ। यद्यपि अनुसन्धानमा समस्या आउन सक्ने भन्दै उनीहरुको परिचय भने गोप्य राखिएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख रुपेश खड्काले भने उक्त विषयमा अनुसन्धान भइरहेको  जानकारी दिए । शनिवार बेलुका वीरेन्द्रनगर नगरपालिका–१, देउतिथान नजिक स्थानीय विनोद गिरीलाई लक्षित गरेर गोली चलेको थियो […]

उच्च रक्तश्राब भएपछि दैलेख घर भएकी मनकुमारी सिंहलाई सिनामंगलरस्थित केएमसी अस्पताल भर्ना गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी भुपेन्द्र खत्रीले अनलाइनखबरसँग पुष्टि गरे । शुक्रबार मध्याह्न १२ बजेतिर काभ्रेकी एक जना महिलाको २६ दिनको शिशु हराएको थियो । लगत्तै जिल्ला प्रहरी परिसर, काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालयले क्लोज सर्किट (सीसी) क्यामरा फुटेज संकलन […]

काठमाडौँ । काठमाडौँको थापाथलीस्थित प्रसूतिगृहबाट चोरी भएको शिशुसहित प्रहरीले ३ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार दैलेख नौमुले गाउँपालिका–१, घर भई काठमाडौँ, काँडाघारी बस्ने वर्ष २४ की मनकुमारी सिंहसहित उनका श्रीमान् र दिदीलाई पक्राउ गरिएको हो। घटना अनुसन्धानका लागि उनका श्रीमान् २८ वर्षीय नरेन्द्र मल्ल र दिदी शारदा शाहीलाई पनि प्रहरीले नियन्त्रणमा […]

काठमाडौँ । थापाथलीस्थित प्रसूति गृहबाट बालिका चोरीको कसुरमा ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दैलेख घर भई काठमाडौँको काँडाघारीमा डेरा गरी बस्ने २४ वर्षीय मनीषा सिंहसहित अन्य दुई जना पक्राउ परेका हुन् । शुक्राबार राति ११:४५ बजे काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काँडाघारीबाट बालिकालाई उद्धार गरी उनीहरूलाई […]

काठमाडौँ । हास्य कलाकार पवन खतिवडा ‘म्याकुरी’ले आफूले श्रीमती सुम्निमा खालिङमाथि हिंसा नगरेको बताएका छन् । उनले आफूले श्रीमतीलाई पीडित बनाएको भन्दा पनि उल्टै आफुलाई श्रीमतीले पीडित बनाएको आरोप लगाए । बुधबार साँझ पत्रकार सम्मेलन गर्दै उनले श्रीमतीबाट पाएको विभिन्न दुःख सबैमाझ शेयर गरे । श्रीमती सुम्निमाले अर्को युवतीलाई गर्भवती बनाएको भनेर लगाएको आरोपको समेत […]

काठमाडौं । काठमाडौंको सीतापाइलामा एकै परिवारका तीन जनाको हत्या भएको छ । सोलखुम्बुको दूधकुण्ड घर भई नागार्जुन नगरपालिका ६ बैराग टोलमा बस्दै आएकी ३८ वर्षीया ईश्वरी श्रेष्ठ, उनका छोरीहरु ८ वर्षकी अनिशा श्रेष्ठ र साढे २ वर्षकी सिवानी श्रेष्ठको हत्या भएको हो । ईश्वरीका श्रीमान् पनि मृत भेटिएका छन् । घरभन्दा केही पर जंगलमा झुण्डिएको […]

सुदूरपश्चिममा घरमा श्रीमती हुँदाहुँदै ८० पुरुषले दोस्रो (अर्की) श्रीमती भित्र्याएको पाइएको छ। २०८० असार मसान्तसम्म घरमा श्रीमती हुँदाहुँदै दोस्रो विवाह गरेको भन्दै पीडित प्रहरी हुँदै अदालतसम्म पुगेका छन्। घरकी श्रीमतीलाई बेवास्ता गर्दै दोस्रो विवाह गर्ने श्रीमान विरुद्ध पीडित महिला न्यायका लागि प्रहरी हुँदै अदालतसम्म पुगेका हुन्। घरमा श्रीमती हुँदाहुँदै अर्कीलाई भित्र्याएको भन्दै पीडित महिलाले कारबाहीको […]

बागलुङमा व्यवसायी दुर्गा प्रसाईंमाथि हातपात भएको छ । बागलुङमा सभालाई सम्बोधन गर्न पुगेका उनलाई लोकतान्त्रिक चोकमा हातपात भएको हो । उनीमाथि हातपात गर्ने बागलुङकै धौलागिरी चोकमा जुत्ता पसल गर्ने ३७ वर्षका रामकान्त गौतमलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरी निरीक्षक वसन्तबहादुर भुजेलले जानकारी दिए ।