०७ आश्विन २०८३, बुधबार
23-09-2026 , Wed
×

सुदूरपश्चिममा घरमा श्रीमती हुँदाहुँदै एक बर्षमा ८० पुरुषले दोस्रो श्रीमती भित्र्याए ।

Logo
HeroNepal-tv प्रकाशित शनिबार, माघ ०६, २०८०

सुदूरपश्चिममा घरमा श्रीमती हुँदाहुँदै ८० पुरुषले दोस्रो (अर्की) श्रीमती भित्र्याएको पाइएको छ।

२०८० असार मसान्तसम्म घरमा श्रीमती हुँदाहुँदै दोस्रो विवाह गरेको भन्दै पीडित प्रहरी हुँदै अदालतसम्म पुगेका छन्।

घरकी श्रीमतीलाई बेवास्ता गर्दै दोस्रो विवाह गर्ने श्रीमान विरुद्ध पीडित महिला न्यायका लागि प्रहरी हुँदै अदालतसम्म पुगेका हुन्।

घरमा श्रीमती हुँदाहुँदै अर्कीलाई भित्र्याएको भन्दै पीडित महिलाले कारबाहीको माग गर्दै प्रहरी र अदालतमा उजुरी दिएका छन्। सुदूरपश्चिमका ९ वटै जिल्लामा गरी असार मसान्तसम्म ८० पुरुषले घरमा श्रीमती हुँदाहुँदै अर्को विवाह गरेको पाइएको छ।

बहुविवाहका ८० उजुरी दर्ता भएको पाइएको राष्ट्रिय मानव अधिकार आयोगको पछिल्लो तथ्यांकले देखाएको छ। मुलुकी अपराध संहिता २०७४ को दफा १७५ को उपदफा (४) मा बहुविवाहसम्बन्धी कसुर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षदेखि पाँच वर्षसम्म कैद र दस हजार रुपैयाँदेखि पचास हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]