०८ आश्विन २०८३, बिहिबार
24-09-2026 , Thu
×

बच्चा चोरिएको घटनामा पक्राउ परेकी महिला अस्पताल भर्ना

Logo
HeroNepal-tv प्रकाशित शनिबार, फाल्गुण १२, २०८०

उच्च रक्तश्राब भएपछि दैलेख घर भएकी मनकुमारी सिंहलाई सिनामंगलरस्थित केएमसी अस्पताल भर्ना गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी भुपेन्द्र खत्रीले अनलाइनखबरसँग पुष्टि गरे ।

शुक्रबार मध्याह्न १२ बजेतिर काभ्रेकी एक जना महिलाको २६ दिनको शिशु हराएको थियो । लगत्तै जिल्ला प्रहरी परिसर, काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालयले क्लोज सर्किट (सीसी) क्यामरा फुटेज संकलन गरेर अनुसन्धान थालेको थियो ।

त्यस क्रममा एक जना मास्क लगाएकी महिलाले शिशु लिएर हिँडेको पाइएको थियो । शुक्रबार राति १२ बजे प्रहरीले सिंहलाई काँडाघारीमा फेला पारेको थियो भने शिशुको पनि उद्दार गरेको थियो ।

शुक्रबार प्रसूति गृह पुगेका बेला काभ्रेकी महिलाको शिशु एकछिन बोक्न पाएका बेला उनले लिएर हिँडेको पाइएको प्रहरी अधिकारीहरुको भनाइ छ ।

त्यसपछि प्रहरीले सिंह, उनका पति र दिदीलाई नियन्त्रणमा लिएको थियो । तर, प्रहरी नियन्त्रणमा रहेकै बेला उच्च रक्तश्राब भएपछि उनलाई अस्पताल लगिएको हो ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका एक अधिकृतका अनुसार, केही दिनअघि मात्रै उनको गर्भ खेर गएको थियो । परिवारले प्रहरीलाई बताएअनुसार, उनी ७ महिनाको गर्भवती थिइन् । तर, बच्चा नरहेपछि उनी विक्षिप्त थिइन् ।

यसबारे उनले श्रीमानसँग पनि झुटो बोलेको पाइएको छ । बच्चा जन्मिएको भनेर खबर गरेपछि नेपाली सेनाको ड्यूटीमा रहेका उनका श्रीमान पनि घरमा आएका रहेछन् ।

‘प्रहरी पुगेपछि मात्रै बच्चा आफ्नो नभएको उनले थाहा पाएका हुन्’, अनुसन्धानमा संलग्न एक अधिकृतले भने, ‘सुरुमा उनी आफ्नै बच्चा भनेर दंग परेर बसेका रहेछन् ।’

पटकपटक गर्भपतन गर्नुपरेपछि उनी विक्षिप्त रहेको पाइएको प्रहरी अधिकृतहरु बताउँछन् । शुक्रबार प्रसूति गृह पुगेका बेला काभ्रेकी महिलाको शिशु एकछिन बोक्न पाएका बेला उनले लिएर हिँडेको पाइएको उनीहरुको भनाइ छ । उनले अहिले पनि बच्चा आफ्नै भएको दाबी गरिरहेकी छिन् ।

तर, सीसी टीभी फुटेज लगायतका आधारमा प्रसूति गृहबाट चोरिएकै बच्चा भएको पुष्टि भएको प्रहरीले जनाएको छ । बच्चा लिएर उनी ट्याक्सीमा चढेर पेप्सिकोलासम्म पुगेको देखिएको छ, त्यसपछि डेढ किलोमिटर हिँडेर घरसम्म पुगेको देखिएको छ । उनलाई लिन करिब एक किलोमिटर अगाडिसम्म दिदी गएको समेत पाइएको छ ।

प्रहरीले राति नै सम्बन्धित परिवारलाई बच्चा जिम्मा लगाइसकेको छ ।

केहीदिन अघि काँडाघारीमा साल नालसहितको शिशु मृत अवस्थामा फेला परेको थियो । त्यो घटनालाई पनि जोडेर अनुसन्धान अधिकृतहरुले जाँच गरिरहेका छन् ।

‘बच्चा चोरी गर्नु हुने थिएन, त्यो गलत भयो’, काठमाडौं प्रहरी प्रमुख एसएसपी खत्री भन्छन्, ‘तर, यसमा महिलाको भावनात्मक पाटो पनि छ, उहाँ बोल्नसक्ने अवस्थामा पनि हुनुहुन्न ।’

त्यसैले अहिले उनीहरुलाई के मुद्दा चलाउने भन्ने निर्णय भइनसकेको उनी बताउँछन् । प्रहरीले गएराति महिला, उनका पति र दिदीलाई नियन्त्रणमा लिएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]