सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदैछ। राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन्। सरकारको वार्षिक बजेट अघि सङ्घीय संसद्को दुवै सदनमा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने अभ्यास छ। सरकार मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा, ९५ बमोजिम आज […]
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रसारण लाइन र सबस्टेसन निर्माणमा नेपालले अर्को महत्वपूर्ण फड्को मारेको बताएका छन्। आइतबार मर्स्याङ्दी–काठमाडौं २२० केभी डबल सर्किट प्रसारण लाइन तथा २२० केभी मातातीर्थ सबस्टेसन उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले देशभित्र जलविद्युत उत्पादन, प्रसारण र वितरण गर्ने आयोजनाहरूको कार्य उत्साहजनक रूपमा अगाडि बढिरहेको बताएका हुन्। यी आयोजना निर्माणसँगै देशको […]
काठमाडाैं । इलाम- २ काे उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उम्मेदवार बनेका मिलन लिम्बुले निर्वाचन आचारसंहिता उल्लंघन गरेका छन्। लिम्बुले मतदान गर्न जाँदा पार्टीको चुनाव चिन्ह अंकित ब्याच लगाएर गएर आचारसंहिता उल्लङ्घन भएको हो। उनले कोटबाहिर स्पष्ट देखिने गरी रास्वपाको चुनाव चिन्ह घन्टी भएको लोगो लगाएर मत दिएर निर्वाचन आचारसंहिताको उल्लंघन गरेका हुन्। उनीविरुद्ध उजुरी […]
सहकारी ठगी मुद्दामा थुनामा रहेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश धरौटीमा रिहा भएलगत्तै रुपन्देही प्रहरीले उनलाई पुनः नियन्त्रणमा लिएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले दीपेश पुनलाई सीआईबीको कार्यालयमा उपस्थिति गराउन पत्राचार गरेकाले उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । सीआईबीको समन्वयमा उनलाई कसरी उपस्थिति गराउने भन्नेबारे टुंगो लाग्ने प्रहरीले जनाएको छ । उनी […]
काठमाडौं । निर्वाचन आयोगले शनिबार हुने इलाम र बझाङको उपनिर्वाचनको मतदानको दिन चलाउन पाइने सवारी साधन बारे जानकारी दिएको छ । इलाम-२ को प्रतिनिधिसभा र बझाङको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १(क) मा सम्पन्न हुने उपनिर्वाचनमा स्वच्छता, निष्पक्षता तथा पारदर्शितामा असर नपर्ने गरी सम्बन्धित निर्वाचन क्षेत्रका मतदाताहरूको सहज आवागमनका लागि आयोगले प्रमुख जिल्ला अधिकारीलाई निर्देशन […]
काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन केही ‘बोल्ड’ निर्णय गर्नुपर्ने अवस्था आएको बताएका छन् । आगामी आर्थिक वर्षको बजेटका विषयमा बिहीबार अर्थविदहरूसँग परामर्श गर्ने क्रममा मन्त्री पुनले निरुत्साहित अवस्थामा रहेको निजी क्षेत्रको मनोबल उठाउने गरी निर्णय लिइने बताए । सरकारी स्रोत सीमितताका कारण सरकारले कडाइ गर्नुपर्ने र निजी क्षेत्रले खुकुलो वातावरण […]
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन्। बिहीबार मुख्यमन्त्री कँडेलले प्रदेशसभामा राखेको विश्वासको मतको प्रस्तावको पक्षमा २३ मत परेको छ। त्यस्तै प्रस्तावको विपक्षमा ११ मत परेको छ। त्यस्तै एक मत तटस्थ रहेको थियो। ४० सदस्यीय प्रदेशसभामा सत्ता गठबन्धनमा एमालेका १०, माओवादी केन्द्रका १३ र एकीकृत समाजवादीका एक सांसद रहेका छन्। त्यस्तै कर्णालीमा कांग्रेसका […]
सरकारले सहकारीका समस्या समाधानका लागि तत्काल प्रक्रिया सुरु गर्ने निर्णय गरेको छ। सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आवश्यक कानूनको व्यवस्था गरी सहकारीका कारण बचतकर्ताले भोग्नुपरेको समस्या समाधानका लागि प्रक्रिया तत्काल सुरु गर्ने निर्णय गरेको सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा प्रवक्ता रेखा शर्माले जानकारी दिएकी हुन्। त्यस्तै आजको मन्त्रिपरिषद्को बैठकले उच्च अदालत पाटनका न्यायाधीश […]
काठमाडौं । धरहरा पुनर्निर्माण योजनाअन्तर्गत बनेको नयाँ प्रतीक्षालय अहिले सबैको ध्यानको केन्द्रबिन्दु बनेको छ । स्टेनलेस स्टीलले बनेको प्रतीक्षालय धेरै सुन्दर देखिन्छ। अहिले सामाजिक सञ्जालमा यो तीन तले प्रतिक्षा कक्षको चर्चा चलिरहेको छ । प्रतीक्षालयलाई कम्पाउण्डमा परिणत गरिएको छ ।
महोत्तरी ः को मुस्लिम बस्तीका १५० अग्निपीडित परिवार राहतको प्रतीक्षामा छन्। समयमा सहयोग नहुँदा उनीहरू बिचल्लीमा परेका छन्। बुधबारको आगलागीमा एक सय घर जलेपछि उनीहरूको बिल्लीबाठ भएको हो। बस्तीकी मैमुन खातुनको घरबाट सल्केको आगोबाट झुरमुट्ट बस्तीका एक सय घर खरानी भएका हुन्। अग्निपीडित परिवारले राहत प्राप्त नभएको गुनासो गरेका छन् भने जिल्ला प्रशासन कार्यालयले त्यसनिम्ति […]