०७ आश्विन २०८३, बुधबार
23-09-2026 , Wed
×

सत्ता संकटमा परेपछि प्रधानमन्त्री प्रचण्डले बोलाए पार्टीको पदाधिकारी बैठक

Logo
HeroNepal-tv प्रकाशित मंगलबार, आषाढ १९, २०८१

सत्ता समीकरणमा फेरबदल भएसँगै नेकपा (माओवादी केन्द्र)ले पार्टीको पदाधिकारी बैठक बोलाएको छ।

कांग्रेस एमालेबीच सत्ता समीकरण हुने सहमतिले अप्ठ्यारोमा परेका माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पार्टीका पदाधिकारी बैठक बोलाएका हुन्।

‘बिहान ९ बजे बालुवाटारमा बस्नेगरी अध्यक्ष ज्यूले पदाधिकारी बैठक बोलाउनु भएको छ,’ माओवादी केन्द्रका नेता गणेश साहले नेपालखबरसँग भने।

कांग्रेससँग सत्ता सहयात्रा गर्ने सहमतिसँगै एमालेका मन्त्रीहरूले आजै राजीनामा दिने तयारी गरेका छन्।

एमाले प्रमुख सचेतक महेश बर्तौलाले एमालेका मन्त्रीहरुले राजीनामा दिएपछि प्रधानमन्त्री प्रचण्डले पनि आजै राजीनामा दिने र नयाँ सरकार गठन प्रक्रिया सुरु हुने दाबी गरेका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]