२२ मंसिर २०८२, आइतबार
07-12-2025 , Sun
×

सत्ता संकटमा परेपछि प्रधानमन्त्री प्रचण्डले बोलाए पार्टीको पदाधिकारी बैठक

Logo
HeroNepal-tv प्रकाशित मंगलबार, आषाढ १९, २०८१

सत्ता समीकरणमा फेरबदल भएसँगै नेकपा (माओवादी केन्द्र)ले पार्टीको पदाधिकारी बैठक बोलाएको छ।

कांग्रेस एमालेबीच सत्ता समीकरण हुने सहमतिले अप्ठ्यारोमा परेका माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पार्टीका पदाधिकारी बैठक बोलाएका हुन्।

‘बिहान ९ बजे बालुवाटारमा बस्नेगरी अध्यक्ष ज्यूले पदाधिकारी बैठक बोलाउनु भएको छ,’ माओवादी केन्द्रका नेता गणेश साहले नेपालखबरसँग भने।

कांग्रेससँग सत्ता सहयात्रा गर्ने सहमतिसँगै एमालेका मन्त्रीहरूले आजै राजीनामा दिने तयारी गरेका छन्।

एमाले प्रमुख सचेतक महेश बर्तौलाले एमालेका मन्त्रीहरुले राजीनामा दिएपछि प्रधानमन्त्री प्रचण्डले पनि आजै राजीनामा दिने र नयाँ सरकार गठन प्रक्रिया सुरु हुने दाबी गरेका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौँ । उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य विद्या श्रेष्ठले पदबाट राजीनामा घोषणा गरेकी छन्। उनले आज सामाजिक सञ्जालमार्फत आफ्नो राजीनामा सार्वजनिक गरेकी हुन्। श्रेष्ठले हेटौडामा भइरहेको सडक विस्तारमा बल प्रयोग भएको भन्दै त्यसको विरोधस्वरूप पद छाडेको उल्लेख गरेकी छन्। सरकारी पक्षले मानव अधिकारविपरीत काम गरेको आरोप समेत उनले लगाएकी छन्। सामाजिक सञ्जालमा उनले लेखेकी […]

काठमाडौँ । जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दुई महत्वपूर्ण खेल हुँदैछन्। पहिलो खेल — सुदूरपश्चिम रोयल्स बनाम विराटनगर किङ्ग्स (बिहान ११:१५ बजे) पहिलो क्वालिफायर सुरक्षित गरिसकेको सुदूरपश्चिम रोयल्सले आजको खेल दबाबविनै खेल्नेछ। अपराजित सुदूरपश्चिमले ६ खेलबाट १२ अंक जोडेर तालिकाको शीर्षस्थानसमेत पक्का गरिसकेको छ। तर विराटनगर […]

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनलाई लिएर प्रधानमन्त्री सुशीला कार्कीको पहलमा बसेको उच्चस्तरीय बहुपक्षीय बैठकमा सरकार, सुरक्षा निकाय र निर्वाचन आयोगले राजनीतिक दलहरूलाई आवश्यक तयारीबारे ब्रिफिङ गरेका छन्। तर, केही दलका नेताहरू भने सुरक्षा अवस्था र प्रवासी नेपालीको मतदान तयारीबारे पूर्ण रूपमा आश्वस्त नभएको बताएका छन्। उच्चस्तरीय बैठक : चुनौती र तयारीको समिक्षा प्रधानमन्त्री, गृहमन्त्री, […]