२२ मंसिर २०८२, आइतबार
07-12-2025 , Sun
×

माओवादी-एमाले एकताकाे प्रयासमा विद्याकाे सक्रियता,आत्तियाे काँग्रेस

Logo
HeroNepal-tv प्रकाशित शनिबार, भाद्र ०८, २०८१

नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै शुक्रबार नेता कृष्णप्रसाद सिटौलाले सत्ता गठबन्धनबारे एउटा गम्भिर प्रश्न र आशंकाहरू उठाए।

उनी राष्ट्रियसभामा नेपाली काँग्रेसका संसदीय दलका नेता पनि हुन्। र अहिले प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली काँग्रेस अनि नेकपा एमालेको साझेदारी सरकार छ।

नेकपा माओवादीसँगको गठबन्धन तोडेर नेकपा एमाले गत असारमा नेपाली काँग्रेससँग मिलेको थियो। र सात बुँदे सझमदारीसँगै असार २८ गते नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएका थिए। यो सझमदारीअनुसार दुई वर्षपछि आगामी २०८४ को चुनावी सरकारको नेतृत्व नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गर्नेछन्।

तर शुक्रबारको बैठकमा नेता सिटौलाले त्यो समझदारी ‘सत्ता हस्तान्तरणसम्म’ टिक्न सक्ने वा नसक्नेबारे गम्भिर समीक्षा गर्नुपर्ने कुरा उठाएका थिए।

प्रतिपक्षमा रहेको नेकपा माओवादीले पनि भर्खरमात्रै केन्द्रीय कमिटीको बैठकमा ‘सत्ताबाट बाहिरिनुपर्ने परिस्थिति’बारे निर्मम समीक्षा गरेको थियो। माओवादीका नेता तथा पदाधिकारीहरूले बैठकमा गठबन्धन बन्ने र भत्किने परिस्थितिका सबै जिम्मेवारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लिनुपर्ने दबाव दिएका थिए।

बैठक सकिएलगत्तै पार्टीको कार्यक्रममा अध्यक्ष प्रचण्डले ‘सरकारका लागि माओवादी नहतारिएको’ बताएका थिए। बागमती प्रदेशस्तरीय कार्यक्रममा उनले भनेका थिए ‘हामी सरकारमा जान हतार गरेका छैनौं, अब सरकार नै हामीसँग आउनुपर्छ। त्यो समय पनि चाँडै आउँछ। यसको मतलव हामी सरकारमा जाँदै जाँदैनौं भन्ने विश्लेषण र बुझाई पनि सही होइन…।’

‘सिटौलाजीले नेकपा एमालेसँगको गठबन्धनबारे शुक्रबार पार्टीको केन्द्रीय समितिको बैठकमा दिएको अभिव्यक्ति र प्रचण्डको कन्फिडेन्स देख्दा केही न केही त हुँदैछ है भन्ने भएको छ’ बैठकमा सहभागी एकजना केन्द्रीय सदस्यले भने ‘त्यो कुरा सुन्दा सभापतिज्यूले टाउको हल्लाइरहनुभएको थियो।’

माओवादीका एकजना पदाधिकारीका अनुसार केही दिनअघि पूर्व राष्ट्रपति विद्या भण्डारीले माओवादी अध्यक्ष प्रचण्डलाई भेटेकी थिइन्। त्यो भेटघाटमा ‘पार्टी एकता’बारे कुराकानी पनि भएको थियो।

सत्तामै रहँदा केही वामपन्थीधारका पार्टीहरू मिलाएर प्रचण्डले ‘समाजवादी मोर्चा’ बनाएका थिए। सत्ताबाट बाहिरिएपछि फेरि उनी त्यो मोर्चा सक्रिय बनाउन लागिपरेका छन्। नेकपा एकीकृत समाजवादी र विप्लव माओवादीसमेत रहेको त्यो मोर्चाको नेतृत्व अहिले नेत्रविक्रम चन्द विप्लवले गरिरहेका छन्। केही दिनअघि मोर्चाको बैठक माओवादी नेता देव गुरुङको निवासमा बसेको थियो।

सिटौलाले नेकपा एमालेसँग सत्ता साझेदारीका लागि भएका समझदारीहरूको पुनर्ब्याख्या गर्न भन्दै एमालेसँग सचेत हुन पनि नेतृत्वलाई भनेका थिए। उनले खासगरी संविधान संशोधनका कुरामा गम्भिर भएर निर्णय लिन पनि पार्टीलाई सुझाव दिएका थिए।

‘पहिला हामीले संविधानको कार्यान्वयन कति गरेका छौं भन्नेबारेमा समीक्षा गरौं अनि संशोधनका कुरा गरौंला’ उनले बैठकमा भनेका थिए ‘गठबन्धनका भरमा संविधान संशोधनजस्तो संवेदनशील कुरामा नेपाली काँग्रेस गम्भिर नभएको आरोपहरू लाग्ने गरेका छन्।’

सिटौलाले एमालेसँगका समझदारीमाथि उठाएका सवालहरू विद्या र प्रचण्डको भेटपछि माओवादीवृत्तमा देखिएको ‘कन्फिडेन्स’ र काँग्रेसभित्र मडारिइरहेको छ।

एमालेको नेतृत्व भने त्यो भेटबारे जानकारी नभएको बताउँछ। दुई कार्यकाल राष्ट्रपति भएपछि विद्या भण्डारी पनि नेकपा एमालेको राजनीतिक गतिविधिमा सक्रिय भएकी छिन्।

‘उहाँ पूर्व राष्ट्रपति हुनुहुन्छ। उसै पनि उहाँको कार्यकालभरि एमाले र माओवादी मिलेर नेकपा बनाइएकै हो। त्यो हिसाबले पनि अहिले वामपन्थीहरू अलगअलग बाटोमा लागेको हुनाले उहाँमा चिन्ता हुनसक्छ’ एमालेका एकजना नेताले भने ‘प्रचण्डसँग भेट भएकै हो भने उहाँले त्यस्तो प्रस्ताव होइन प्रचण्डजीलाई वामपन्थीहरू मिलेर जानुपर्छ भनेर सुझाव दिनुभएको होला।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौँ । उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य विद्या श्रेष्ठले पदबाट राजीनामा घोषणा गरेकी छन्। उनले आज सामाजिक सञ्जालमार्फत आफ्नो राजीनामा सार्वजनिक गरेकी हुन्। श्रेष्ठले हेटौडामा भइरहेको सडक विस्तारमा बल प्रयोग भएको भन्दै त्यसको विरोधस्वरूप पद छाडेको उल्लेख गरेकी छन्। सरकारी पक्षले मानव अधिकारविपरीत काम गरेको आरोप समेत उनले लगाएकी छन्। सामाजिक सञ्जालमा उनले लेखेकी […]

काठमाडौँ । जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दुई महत्वपूर्ण खेल हुँदैछन्। पहिलो खेल — सुदूरपश्चिम रोयल्स बनाम विराटनगर किङ्ग्स (बिहान ११:१५ बजे) पहिलो क्वालिफायर सुरक्षित गरिसकेको सुदूरपश्चिम रोयल्सले आजको खेल दबाबविनै खेल्नेछ। अपराजित सुदूरपश्चिमले ६ खेलबाट १२ अंक जोडेर तालिकाको शीर्षस्थानसमेत पक्का गरिसकेको छ। तर विराटनगर […]

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनलाई लिएर प्रधानमन्त्री सुशीला कार्कीको पहलमा बसेको उच्चस्तरीय बहुपक्षीय बैठकमा सरकार, सुरक्षा निकाय र निर्वाचन आयोगले राजनीतिक दलहरूलाई आवश्यक तयारीबारे ब्रिफिङ गरेका छन्। तर, केही दलका नेताहरू भने सुरक्षा अवस्था र प्रवासी नेपालीको मतदान तयारीबारे पूर्ण रूपमा आश्वस्त नभएको बताएका छन्। उच्चस्तरीय बैठक : चुनौती र तयारीको समिक्षा प्रधानमन्त्री, गृहमन्त्री, […]