०७ आश्विन २०८३, बुधबार
23-09-2026 , Wed
×

सरकारले टिकटकमाथिको प्रतिबन्ध हटाउने निर्णय गरेपनि अझै हटेन प्रतिबन्ध

Logo
HeroNepal-tv प्रकाशित मंगलबार, भाद्र ११, २०८१

काठमाडौं । सरकारले टिकटकमाथिको प्रतिबन्ध हटाउने निर्णय गरेको भएपनि औपचारिकरुपमा पत्राचार नगर्दा इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले प्रतिबन्ध कायमै राखेका छन् ।
भदौ ६ गते बसेको मन्त्रिपरिषद्को बैठकले टिकटकमाथिको प्रतिबन्ध हटाउने निर्णय गरेको थियो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले भदौ ६ गते बसेको मन्त्रिपरिषद्को बैठकमा टिकटमाथिको प्रतिबन्ध हटाउने निर्णय गरेको बताएपनि यो सर्त के-कस्तो सर्तको आधारमा टिकटक खोल्ने स्पष्ट नभएका कारण अझै टिकटकमाथिको प्रतिबन्ध हटेको छैन ।

यसअघि गत कात्तिक २७ गते तत्कालीन सरकारले सामाजिक सद्भाव भड्काउने काम गरेको भन्दै टिकटकमाथि प्रतिबन्ध लगाएको थियो । त्यतिबेला पनि टिकटकले विभिन्न सर्तहरु मानेमा प्रतिबन्ध हटाउने सरकारले बताउँदै आएको थियो ।

प्राधिकरणलाई टिकटकमाथिको प्रतिबन्ध हटाउन निर्देशन नदिएका कारण औपचारिक रुपमा नै टिकटकमाथिको प्रतिबन्ध भने हटेको छैन । प्राधिकरणले इन्टरनेट सेवा प्रदायकलाई टिकटक ब्लक नगर्न वा टिकटकमा पहुँच दिन निर्देशन दिएपछि मात्रै टिकटक औपचारिक रुपमा चल्छ ।

तर, अहिले नै पनि धेरै जसो इन्टरनेट सेवा प्रदायकको नेटकर्वमा टिकटक चलिरहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]