२२ मंसिर २०८२, आइतबार
07-12-2025 , Sun
×

सरकारले टिकटकमाथिको प्रतिबन्ध हटाउने निर्णय गरेपनि अझै हटेन प्रतिबन्ध

Logo
HeroNepal-tv प्रकाशित मंगलबार, भाद्र ११, २०८१

काठमाडौं । सरकारले टिकटकमाथिको प्रतिबन्ध हटाउने निर्णय गरेको भएपनि औपचारिकरुपमा पत्राचार नगर्दा इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले प्रतिबन्ध कायमै राखेका छन् ।
भदौ ६ गते बसेको मन्त्रिपरिषद्को बैठकले टिकटकमाथिको प्रतिबन्ध हटाउने निर्णय गरेको थियो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले भदौ ६ गते बसेको मन्त्रिपरिषद्को बैठकमा टिकटमाथिको प्रतिबन्ध हटाउने निर्णय गरेको बताएपनि यो सर्त के-कस्तो सर्तको आधारमा टिकटक खोल्ने स्पष्ट नभएका कारण अझै टिकटकमाथिको प्रतिबन्ध हटेको छैन ।

यसअघि गत कात्तिक २७ गते तत्कालीन सरकारले सामाजिक सद्भाव भड्काउने काम गरेको भन्दै टिकटकमाथि प्रतिबन्ध लगाएको थियो । त्यतिबेला पनि टिकटकले विभिन्न सर्तहरु मानेमा प्रतिबन्ध हटाउने सरकारले बताउँदै आएको थियो ।

प्राधिकरणलाई टिकटकमाथिको प्रतिबन्ध हटाउन निर्देशन नदिएका कारण औपचारिक रुपमा नै टिकटकमाथिको प्रतिबन्ध भने हटेको छैन । प्राधिकरणले इन्टरनेट सेवा प्रदायकलाई टिकटक ब्लक नगर्न वा टिकटकमा पहुँच दिन निर्देशन दिएपछि मात्रै टिकटक औपचारिक रुपमा चल्छ ।

तर, अहिले नै पनि धेरै जसो इन्टरनेट सेवा प्रदायकको नेटकर्वमा टिकटक चलिरहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौँ । उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य विद्या श्रेष्ठले पदबाट राजीनामा घोषणा गरेकी छन्। उनले आज सामाजिक सञ्जालमार्फत आफ्नो राजीनामा सार्वजनिक गरेकी हुन्। श्रेष्ठले हेटौडामा भइरहेको सडक विस्तारमा बल प्रयोग भएको भन्दै त्यसको विरोधस्वरूप पद छाडेको उल्लेख गरेकी छन्। सरकारी पक्षले मानव अधिकारविपरीत काम गरेको आरोप समेत उनले लगाएकी छन्। सामाजिक सञ्जालमा उनले लेखेकी […]

काठमाडौँ । जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दुई महत्वपूर्ण खेल हुँदैछन्। पहिलो खेल — सुदूरपश्चिम रोयल्स बनाम विराटनगर किङ्ग्स (बिहान ११:१५ बजे) पहिलो क्वालिफायर सुरक्षित गरिसकेको सुदूरपश्चिम रोयल्सले आजको खेल दबाबविनै खेल्नेछ। अपराजित सुदूरपश्चिमले ६ खेलबाट १२ अंक जोडेर तालिकाको शीर्षस्थानसमेत पक्का गरिसकेको छ। तर विराटनगर […]

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनलाई लिएर प्रधानमन्त्री सुशीला कार्कीको पहलमा बसेको उच्चस्तरीय बहुपक्षीय बैठकमा सरकार, सुरक्षा निकाय र निर्वाचन आयोगले राजनीतिक दलहरूलाई आवश्यक तयारीबारे ब्रिफिङ गरेका छन्। तर, केही दलका नेताहरू भने सुरक्षा अवस्था र प्रवासी नेपालीको मतदान तयारीबारे पूर्ण रूपमा आश्वस्त नभएको बताएका छन्। उच्चस्तरीय बैठक : चुनौती र तयारीको समिक्षा प्रधानमन्त्री, गृहमन्त्री, […]