०६ साउन २०८३, बुधबार
22-07-2026 , Wed
×

सरकार

राष्ट्रपति द्वारा कतारी राजासँग विपिन जोशी रिहाइको आग्रह, शेखले भने– पहल गरिरहेका छौँ

इजरायलमा हमासको आक्रमणपछि बेपत्ता विपिन जोशीको रिहाइका लागि पहल गरिदिन राष्ट्रपति रामचन्द्र पौडेलले कतारी राजासँग आग्रह गरेका छन्। दुई दिने राजकीय भ्रमणका क्रममा नेपाल आइपुगेका कतारी शेख तमिम बिन हमाद अल थानीसँग शीतलनिवासमा भएको औपचारिक भेटवार्ताका क्रममा राष्ट्रपति पौडेलले उनलाई विपिन जोशीबारे कुरा उठाएका थिए। सो क्रममा कतारी शेखले कतारले जोशीको खोजी तथा रिहाइको लागि […]

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई हवाई जहाजमा अनिवार्य खानाको व्यवस्था गर्न आग्रह गरेका छन् । वैदेशिक रोजगारी व्यवसायी संघ र मन्त्रालयबीच सोमबार भएको छलफलमा वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर व्यवसायीमार्फत रोजगारीमा जाने श्रमिकलाई हवाई जहाजको टिकटमा अनिवार्य रुपमा खानाको व्यवस्था गर्न मन्त्री अर्यालले आग्रह गरेका हुन् […]

काठमाडौं । अर्थ मन्त्रालयबाट सरुवा भएका सचिव कृष्णहरि पुस्कर कर्णको बिदाई र सचिवको जिम्मेवारी सम्हाल्न आएका सचिव मधु मरासिनीको स्वागत गरिएको छ । अर्थमन्त्री वर्षमान पुन ‘अनन्त’, राजस्व सचिव डा. रामप्रसाद घिमिरेसहित मन्त्रालय तथा मातहत निकायमा कार्यरत सहसचिव, उपसचिव र शाखा अधिृकतमाथिका अधिकांश कर्मचारी स्वागत तथा बिदाइमा सहभागी थिए । मन्त्रिपरिषद्को सोमबारको बैठकले मरासिनीलाई अर्थमा […]

सरकारले मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मंलगबार नेपाल आउन लागेका कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीको राजकीय भ्रमणको अवसरमा सार्वजनिक बिदा दिएको सरकारकी प्रवक्ता एवं सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिएकी हुन्। राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिरले यही वैशाख ११ र १२ गते नेपालको राजकीय भ्रमण […]

म्याग्दी।  म्याग्दीको मालिका गाउँपालिका–५ पन्थोकमा एक दशकअघि सुरु भएको सिँचाइ आयोजना निर्माणले गति लिएको छ । सिँचाइ आयोजनाका लागि बजेट विनियोजन नहुँदा र पहिरोका कारण त्यसलाई अघि बढाउन सकिएको थिएन । गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा २० लाख बजेट विनियोजन गरेपछि निर्माणले गति लिएको हो । ‘तत्कालीन जिविसले सुरु गरेको योजनाले निरन्तरता नपाएको र […]

सुर्खेत । चीनको करिब दुई अर्ब ५० करोड लागतमा दैलेखमा पेट्रोलियम अन्वेषणको काम हुँदैछ । दैलेखमा सुरु हुन लागेको पेट्रोलियम पदार्थ अन्वेषणको अन्तिम ड्रिलिङका लागि रिग हाउस निर्माणको काम सुरु गरिएको छ । जलजले आइपुगेका एक सय २० ट्रकमा आएका सामानहरूको व्यवस्थापनसँगै रिग हाउस निर्माण थालिएको हो । रुपैडिया नाकाबाट आउनुपर्ने एक सय ५० ट्रकहरूमध्ये एक सय […]

सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीका लागि दावी पेस गर्ने आज अन्तिम दिन हो । आज साँझ ५ बजेसम्म दाबी पेस गर्ने समयसीमा रहेको छ । यसअघि पेस गरिएका दुवै दाबी अस्वीकृत भएपछि प्रदेश प्रमुखले थप दुई दिनको समय दिएका थिए । उक्त दुई दिनको समय आज साँझ सकिनेछ । सोमबार नागरिक उन्मुक्ति पार्टी (नाउपा) सांसदद्वय लक्ष्मणकिशोर चौधरी […]

प्रजातन्त्र  (राप्रपा)ले काठमाडौँमा गरेको प्रदर्शनका क्रममा घाइते भएका ठाकुरप्रसाद डाँगीको मृत्यु भएको छ। राप्रपा बर्दियाको मधुवन नगर कार्यसमितिका अध्यक्ष डाँगीको वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचारका क्रममा सोमबार बिहान मृत्यु भएकाे राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए। गणतन्त्र र धर्मनिरपेक्षता खारेज गर्न माग गर्दै राप्रपाले चैत्र २७ गते काठमाडौंमा प्रदर्शन गरेकाे थियाे। प्रदर्शनकारीलाई हटाउने क्रममा प्रहरीले […]

पोखरा : बेरोजगार नागरिकहरूलाई रोजगारीको अवसर खोजी गर्न गण्डकी प्रदेश सरकारले पोखरा महानगरपालिकासँग मिलेर रोजगार मेला गर्ने भएको छ । वैशाख १० गतेदेखि वृत्ति परामर्श तथा रोजगार मेलाको आयोजना गर्न लागिएको सरकारले जनाएको छ । मेला पोखरा सभागृहमा ३ दिनसम्म चल्नेछ । मेला कामदार र रोजगारदाताबिचको मिलनका रूपमा चलाइने प्रचार संयोजक अम्बिकाप्रसाद आचार्यले जानकारी दिए […]

सुर्खेत:  यो वर्ष चैते दसैँ वैशाखमा परेपछि प्रदेश सरकारले सार्वजनिक बिदा नदिने भएको छ। यसअघि चैत शुक्ल अष्टमीको दिन प्रदेशभर लागू हुने गरी बिदा दिने गरिएको थियो । यो पटक चैते दसैँ वैशाख चारमा परेपछि बिदा नदिइने आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जानकारी दिएको छ । यो वर्ष चैते दसैं वैशाख ४ गते परेको छ […]