२२ मंसिर २०८२, आइतबार
07-12-2025 , Sun
×

वैदेशिक रोजगारीमा जाने श्रमिकलाई हवाई जहाजमा खानाको अनिवार्य व्यवस्था गर्न श्रममन्त्रीको आग्रह

Logo
HeroNepal-tv प्रकाशित सोमबार, बैशाख १०, २०८१

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई हवाई जहाजमा अनिवार्य खानाको व्यवस्था गर्न आग्रह गरेका छन् ।

वैदेशिक रोजगारी व्यवसायी संघ र मन्त्रालयबीच सोमबार भएको छलफलमा वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर व्यवसायीमार्फत रोजगारीमा जाने श्रमिकलाई हवाई जहाजको टिकटमा अनिवार्य रुपमा खानाको व्यवस्था गर्न मन्त्री अर्यालले आग्रह गरेका हुन् ।

मध्यपूर्व तथा मलेसिया जाने श्रमिकले औसत चार घण्टाको यात्रा तय गर्नुपर्ने हुन्छ । यात्रा गर्नुपूर्व तीन घण्टाअगाडि नै विमानस्थल पुग्नुपर्ने हुन्छ । गन्तव्य मुलुक पुगेपछि पनि श्रमिकले समयमा नै खाना खान पाउँदैनन् ।

यसरी वैदेशिक रोजगारीमा जाँदा घण्टौँसम्म भोकभोकै बस्नुपर्ने अवस्था छ । त्यसैले हवाई जहाजको टिकटमा नै खानाको व्यवस्था गरिदिन मन्त्री अर्यालले आग्रह गरेका हुन् । ‘मुलुकभित्र अवसरमा नपाएर युवा बिदेसिन्छन्, बिदेसिँदै गर्दा पनि हामी श्रमिकलाई घण्टौँसम्म भोकै राख्छौं,’ उनले भने, ‘कम्तीमा जहाजभित्र पानी र एक पटकको खानाको व्यवस्था गरिदिनुस् ।’

वैदेशिक रोजगारीमा जाने श्रमिकलाई खाना दिनुपर्ने विषयमा व्यवसायी पनि सकरात्मक रहेको संघका अध्यक्ष राजेन्द्र भण्डारीले बताए । ‘यस विषयमा हामी पनि गम्भीर छौँ, एयरलाइन्स कम्पनीहरुले व्यावसायिक फाइदामात्रै हेर्ने हुँदा श्रमिकहरु भोकै रहनुपर्ने अवस्था आएको हो,’ उनले भने ।

त्यसैले नेपाल नागरिक उडड्यन प्राधिकरणले नै एयरलाइन्सलाई अनिवार्य खाना उपलब्ध गराउनुपर्ने नियम बनाइदिनुपर्ने उनले बताए ।

नेपालबाट औसत एक हजार ५०० युवा दैनिक रोजगारीका लागि मलेसिया तथा मध्यपूर्वका विभिन्न मुलुकमा जाने गरेका छन् । यी मुलुकमा विभिन्न एयरलाइन्सले उडान भर्दै आएका छन् ।

नेपाल एयरलाइन्स, हिमालयन एयरलाइन्स, मालिन्दो एयरलाइन्स, मलेसियन एयरलाइन्सले नेपालदेखि मलेसिया उडान भर्दै आएका छन् । हिमालय एयरलाइन्स, नेपाल एयरलाइन्स र कतार एयरलाइन्सले नेपाल र कतार लागि उडान भर्दै आएका छन् ।

त्यस्तै, नेपालदेखि साउदी अरबका लागि हिमालय एयरलाइन्सले मात्रै सिधै उडान भर्दै आएको छ भने एयर अरेबिया, फ्लाई दुबई, कतार एयरलाइन्स, जजिरा एयरलाइन्स, कुवेत एयरलाइन्स, सलाम एयर, इन्डिगो एयरलाइन्स, एयर जजिरा र एयर इन्डियाले ट्रान्जिट उडान भर्दै आएका छन् ।

सलाम एयरलाइन्सले ओमान र नेपालबीच सिधै उडान भर्दै आएको छ भने फ्लाई दुबई, एयर जजिरा, एयर अरेबिया र कतार एयरवेजले ट्रान्जिट उडान भर्दै आएका छन् ।

यूएईका लागि भने हिमालय एयरलाइन्स, नेपाल एयरलाइन्स, फ्लाई दुबई र एयर अरेबियाले सिधै उडान भर्दै आएका छन् भने एयर जजिरा, इन्डिगो, एयर इन्डिया, कुवेत एयरवेज र सलाम एयरवेजले ट्रान्जिटबाट उडान भर्दै आएका छन् ।

कुवेतका लागि कुवेत एयरवेज र एयर जजिराले उडान भर्दै आएका छन् । तर, नेपाल एयरलाइन्सलगायत अन्य चारवटा एयरलाइन्सले मात्रै अनिवार्य रुपले खाना दिने गरेको व्यवसायीहरु बताउँछन् ।

छलफलमा वैदेशिक रोजगारीमा जाने श्रमिकको सेवा शुल्क, मागपत्र प्रमाणीकरण लगायतका विषयलाई व्यावहारिक बनाउन व्यवसायीले आग्रह गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौँ । उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य विद्या श्रेष्ठले पदबाट राजीनामा घोषणा गरेकी छन्। उनले आज सामाजिक सञ्जालमार्फत आफ्नो राजीनामा सार्वजनिक गरेकी हुन्। श्रेष्ठले हेटौडामा भइरहेको सडक विस्तारमा बल प्रयोग भएको भन्दै त्यसको विरोधस्वरूप पद छाडेको उल्लेख गरेकी छन्। सरकारी पक्षले मानव अधिकारविपरीत काम गरेको आरोप समेत उनले लगाएकी छन्। सामाजिक सञ्जालमा उनले लेखेकी […]

काठमाडौँ । जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दुई महत्वपूर्ण खेल हुँदैछन्। पहिलो खेल — सुदूरपश्चिम रोयल्स बनाम विराटनगर किङ्ग्स (बिहान ११:१५ बजे) पहिलो क्वालिफायर सुरक्षित गरिसकेको सुदूरपश्चिम रोयल्सले आजको खेल दबाबविनै खेल्नेछ। अपराजित सुदूरपश्चिमले ६ खेलबाट १२ अंक जोडेर तालिकाको शीर्षस्थानसमेत पक्का गरिसकेको छ। तर विराटनगर […]

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनलाई लिएर प्रधानमन्त्री सुशीला कार्कीको पहलमा बसेको उच्चस्तरीय बहुपक्षीय बैठकमा सरकार, सुरक्षा निकाय र निर्वाचन आयोगले राजनीतिक दलहरूलाई आवश्यक तयारीबारे ब्रिफिङ गरेका छन्। तर, केही दलका नेताहरू भने सुरक्षा अवस्था र प्रवासी नेपालीको मतदान तयारीबारे पूर्ण रूपमा आश्वस्त नभएको बताएका छन्। उच्चस्तरीय बैठक : चुनौती र तयारीको समिक्षा प्रधानमन्त्री, गृहमन्त्री, […]