०७ आश्विन २०८३, बुधबार
23-09-2026 , Wed
×

वैदेशिक रोजगारीमा जाने श्रमिकलाई हवाई जहाजमा खानाको अनिवार्य व्यवस्था गर्न श्रममन्त्रीको आग्रह

Logo
HeroNepal-tv प्रकाशित सोमबार, बैशाख १०, २०८१

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई हवाई जहाजमा अनिवार्य खानाको व्यवस्था गर्न आग्रह गरेका छन् ।

वैदेशिक रोजगारी व्यवसायी संघ र मन्त्रालयबीच सोमबार भएको छलफलमा वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर व्यवसायीमार्फत रोजगारीमा जाने श्रमिकलाई हवाई जहाजको टिकटमा अनिवार्य रुपमा खानाको व्यवस्था गर्न मन्त्री अर्यालले आग्रह गरेका हुन् ।

मध्यपूर्व तथा मलेसिया जाने श्रमिकले औसत चार घण्टाको यात्रा तय गर्नुपर्ने हुन्छ । यात्रा गर्नुपूर्व तीन घण्टाअगाडि नै विमानस्थल पुग्नुपर्ने हुन्छ । गन्तव्य मुलुक पुगेपछि पनि श्रमिकले समयमा नै खाना खान पाउँदैनन् ।

यसरी वैदेशिक रोजगारीमा जाँदा घण्टौँसम्म भोकभोकै बस्नुपर्ने अवस्था छ । त्यसैले हवाई जहाजको टिकटमा नै खानाको व्यवस्था गरिदिन मन्त्री अर्यालले आग्रह गरेका हुन् । ‘मुलुकभित्र अवसरमा नपाएर युवा बिदेसिन्छन्, बिदेसिँदै गर्दा पनि हामी श्रमिकलाई घण्टौँसम्म भोकै राख्छौं,’ उनले भने, ‘कम्तीमा जहाजभित्र पानी र एक पटकको खानाको व्यवस्था गरिदिनुस् ।’

वैदेशिक रोजगारीमा जाने श्रमिकलाई खाना दिनुपर्ने विषयमा व्यवसायी पनि सकरात्मक रहेको संघका अध्यक्ष राजेन्द्र भण्डारीले बताए । ‘यस विषयमा हामी पनि गम्भीर छौँ, एयरलाइन्स कम्पनीहरुले व्यावसायिक फाइदामात्रै हेर्ने हुँदा श्रमिकहरु भोकै रहनुपर्ने अवस्था आएको हो,’ उनले भने ।

त्यसैले नेपाल नागरिक उडड्यन प्राधिकरणले नै एयरलाइन्सलाई अनिवार्य खाना उपलब्ध गराउनुपर्ने नियम बनाइदिनुपर्ने उनले बताए ।

नेपालबाट औसत एक हजार ५०० युवा दैनिक रोजगारीका लागि मलेसिया तथा मध्यपूर्वका विभिन्न मुलुकमा जाने गरेका छन् । यी मुलुकमा विभिन्न एयरलाइन्सले उडान भर्दै आएका छन् ।

नेपाल एयरलाइन्स, हिमालयन एयरलाइन्स, मालिन्दो एयरलाइन्स, मलेसियन एयरलाइन्सले नेपालदेखि मलेसिया उडान भर्दै आएका छन् । हिमालय एयरलाइन्स, नेपाल एयरलाइन्स र कतार एयरलाइन्सले नेपाल र कतार लागि उडान भर्दै आएका छन् ।

त्यस्तै, नेपालदेखि साउदी अरबका लागि हिमालय एयरलाइन्सले मात्रै सिधै उडान भर्दै आएको छ भने एयर अरेबिया, फ्लाई दुबई, कतार एयरलाइन्स, जजिरा एयरलाइन्स, कुवेत एयरलाइन्स, सलाम एयर, इन्डिगो एयरलाइन्स, एयर जजिरा र एयर इन्डियाले ट्रान्जिट उडान भर्दै आएका छन् ।

सलाम एयरलाइन्सले ओमान र नेपालबीच सिधै उडान भर्दै आएको छ भने फ्लाई दुबई, एयर जजिरा, एयर अरेबिया र कतार एयरवेजले ट्रान्जिट उडान भर्दै आएका छन् ।

यूएईका लागि भने हिमालय एयरलाइन्स, नेपाल एयरलाइन्स, फ्लाई दुबई र एयर अरेबियाले सिधै उडान भर्दै आएका छन् भने एयर जजिरा, इन्डिगो, एयर इन्डिया, कुवेत एयरवेज र सलाम एयरवेजले ट्रान्जिटबाट उडान भर्दै आएका छन् ।

कुवेतका लागि कुवेत एयरवेज र एयर जजिराले उडान भर्दै आएका छन् । तर, नेपाल एयरलाइन्सलगायत अन्य चारवटा एयरलाइन्सले मात्रै अनिवार्य रुपले खाना दिने गरेको व्यवसायीहरु बताउँछन् ।

छलफलमा वैदेशिक रोजगारीमा जाने श्रमिकको सेवा शुल्क, मागपत्र प्रमाणीकरण लगायतका विषयलाई व्यावहारिक बनाउन व्यवसायीले आग्रह गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]