०७ आश्विन २०८३, बुधबार
23-09-2026 , Wed
×

दैलेखमा पेट्रोल अन्वेषणकाे मुख्य ड्रिलिङको काम सुरु,ःप्रधानमन्त्री ‘प्रचण्ड’ काे चासो

Logo
HeroNepal-tv प्रकाशित शनिबार, बैशाख ०८, २०८१

सुर्खेत । चीनको करिब दुई अर्ब ५० करोड लागतमा दैलेखमा पेट्रोलियम अन्वेषणको काम हुँदैछ ।

दैलेखमा सुरु हुन लागेको पेट्रोलियम पदार्थ अन्वेषणको अन्तिम ड्रिलिङका लागि रिग हाउस निर्माणको काम सुरु गरिएको छ । जलजले आइपुगेका एक सय २० ट्रकमा आएका सामानहरूको व्यवस्थापनसँगै रिग हाउस निर्माण थालिएको हो ।

रुपैडिया नाकाबाट आउनुपर्ने एक सय ५० ट्रकहरूमध्ये एक सय २० ट्रक जलजले आइपुगेका छन् । दैलेखको भूभागमा रहेको पेट्रोलियम पदार्थको परिमाण पत्ता लगाउन अन्तिम अन्वेषणको कामका लागि जलजलेमा चार किलोमिटर ड्रिलिङ गर्न रिग हाउस निर्माणको काम सुरु गरिएको हो ।

निकै ठूला र धेरै तौल भएका सामानहरूको व्यवस्थापनका लागि तीनवटा क्रेनको प्रयोग गरिएको छ । ड्रिलिङ मुख्य केन्द्र मानिएको जलजलेमा करिब ३० मिटर उचाइमा बन्ने रिग हाउसको तल्लो भाग निर्माण सुरु गरिएको छ । वैशाख अन्तिमसम्म सबै सामान जलजले आइपुग्ने र जडान कार्य सम्पन्न भएसँगै अन्वेषणको काम सुरु हुने चिनियाँ प्राविधिकले बताएका छन् । अहिले चिनियाँ र नेपाली प्राविधिक मिलेर काम गरिरहेका छन् ।

चार महिनाभित्र दैलेखमा के–कति परिमाणमा पेट्रोलियम पदार्थ छ भन्ने पत्ता लाग्नेछ ।

करिब चार महिनाभित्र दैलेखमा कति परिमाणमा पेट्रोलियम पदार्थ छ भन्ने पत्ता लाग्ने दैलेखका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले बताए । सुरक्षाको व्यवस्थापनका लागि सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएको छ । आवश्यक परेका वेलामा २४सै घण्टा सुरक्षालगायत अन्य सबै समस्या समाधानमा सक्रियतापूर्वक भूमिका खेलेको भुसालले बताएका छन् । नेपालमा पहिलोपटक पेट्रोल अन्वेषण परियोजना सुरु हुन लागेकोमा सबै नेपालीमा खुसी छाएको नेपाली सहजकर्ता माइज हुसेनले बताए ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा नेपाल र चीन सरकारसँग ०७५ सालमा भएको जिटुजी सम्झौताअनुसार चीनको करिब दुई अर्ब ५० करोड लागतमा दैलेखको भूभागमा पेट्रोलियम अन्वेषणका काम भइरहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समेत चासो देखाएपछि आयोजना स्थलको अध्ययन र अनुसन्धानसँगै कामले थप तीव्रता पाएको हो ।

दैलेखको भैरवी गाउँपालिका–१, जलजलेमा सरकारले ४५ रोपनी जग्गा अधिग्रहण गरेर अन्तिम अन्वेषणको काम सुरु गरेको छ । प्रभावित क्षेत्र जलजलेका १७ र अन्य पालिकाका १७ जना गरेर ३४ जना स्थानीयले रोजगारी पाएका छन् । अहिले अन्वेषण स्थल जलजले हेर्न आन्तरिक पर्यटकको आकर्षण बढ्दै गएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]