२२ मंसिर २०८२, आइतबार
07-12-2025 , Sun
×

अर्थमा मरासिनीको स्वागत र पुस्करको बिदाइ एकैसाथ गरियाे

Logo
HeroNepal-tv प्रकाशित सोमबार, बैशाख १०, २०८१

काठमाडौं । अर्थ मन्त्रालयबाट सरुवा भएका सचिव कृष्णहरि पुस्कर कर्णको बिदाई र सचिवको जिम्मेवारी सम्हाल्न आएका सचिव मधु मरासिनीको स्वागत गरिएको छ ।

अर्थमन्त्री वर्षमान पुन ‘अनन्त’, राजस्व सचिव डा. रामप्रसाद घिमिरेसहित मन्त्रालय तथा मातहत निकायमा कार्यरत सहसचिव, उपसचिव र शाखा अधिृकतमाथिका अधिकांश कर्मचारी स्वागत तथा बिदाइमा सहभागी थिए ।

मन्त्रिपरिषद्को सोमबारको बैठकले मरासिनीलाई अर्थमा र पुष्करलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गर्ने निर्णय गरेको थियो ।

मरासिनी यसअघि पनि अर्थसचिव थिए । कार्यक्रममा मन्त्री पुनले लामो सरकारी सेवाका क्रममा जिम्मेवारी हेरफेर हुनुलाई सामान्य रुपमा लिनुपर्ने बताए ।

यस्तै उनले कर्मचारीलाई उच्च मनोबलका साथ काम गर्न निर्देशन दिए । असलनियतका साथ गरिएका काम र निर्णयमा समस्या परे कर्मचारीको संरक्षण राजनीतिक नेतृत्वले गर्ने उनको प्रतिबद्धता थियो ।

‘राजनीतिज्ञ, प्रशासक वा सार्वजनिक जीवनमा भएका मानिसहरुमाथि आरोप वा टिकाटिप्पणी हुन सक्छन्’, मन्त्री पुनले भने, ‘असल नियतका साथ गरिएको काममा समस्या आइपरे राजनीतिक नेतृत्वको तर्फबाट संरक्षण हुने कुराको ग्यारेण्टी गर्छु ।’

उनले निजी क्षेत्रको विश्वास जितेर लगानीको वातावरण निर्माणलाई सरकारले प्राथमिकतामा राखेको भन्दै सोहीअनुसार काम गर्न कर्मचारीलाई आग्रह गरे ।

‘निजी क्षेत्रको मनोबल उठाउनुपर्ने छ । बजेटमा हाम्रा नीतिहरु पक्कै पनि त्यसमा केन्द्रित हुनेछन्’, मन्त्री पुनले भने, ‘सिर्जित दायित्वअन्तर्गत खर्च भएका आयोजनाको निकासा दिन र अन्तरमन्त्रालय समन्वयमा ध्यान दिएर खर्च बढाउन सबैलाई आग्रह छ ।’

मन्त्री पुनले टिममा काम गरेर नतिजा दिनुपर्ने समयमा आफूहरू रहेको बताए ।

कार्यक्रममा सचिवद्वय पुस्कर र मरासिनीले सरकारले दिएको नयाँ जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्ने बताए ।

आफूहरू विगतमा पनि सँगै काम गरेको स्मरण गर्दै उनीहरुले कार्यक्रममा एकअर्काप्रति सौहार्दता प्रकट गरे । सचिव मरासिनीले बजेट निर्माण चलिरहेकाले अर्थमन्त्रीको नीतिअनुसार काम गर्न आफ्नो टिम प्रतिबद्ध रहेको बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौँ । उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य विद्या श्रेष्ठले पदबाट राजीनामा घोषणा गरेकी छन्। उनले आज सामाजिक सञ्जालमार्फत आफ्नो राजीनामा सार्वजनिक गरेकी हुन्। श्रेष्ठले हेटौडामा भइरहेको सडक विस्तारमा बल प्रयोग भएको भन्दै त्यसको विरोधस्वरूप पद छाडेको उल्लेख गरेकी छन्। सरकारी पक्षले मानव अधिकारविपरीत काम गरेको आरोप समेत उनले लगाएकी छन्। सामाजिक सञ्जालमा उनले लेखेकी […]

काठमाडौँ । जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दुई महत्वपूर्ण खेल हुँदैछन्। पहिलो खेल — सुदूरपश्चिम रोयल्स बनाम विराटनगर किङ्ग्स (बिहान ११:१५ बजे) पहिलो क्वालिफायर सुरक्षित गरिसकेको सुदूरपश्चिम रोयल्सले आजको खेल दबाबविनै खेल्नेछ। अपराजित सुदूरपश्चिमले ६ खेलबाट १२ अंक जोडेर तालिकाको शीर्षस्थानसमेत पक्का गरिसकेको छ। तर विराटनगर […]

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनलाई लिएर प्रधानमन्त्री सुशीला कार्कीको पहलमा बसेको उच्चस्तरीय बहुपक्षीय बैठकमा सरकार, सुरक्षा निकाय र निर्वाचन आयोगले राजनीतिक दलहरूलाई आवश्यक तयारीबारे ब्रिफिङ गरेका छन्। तर, केही दलका नेताहरू भने सुरक्षा अवस्था र प्रवासी नेपालीको मतदान तयारीबारे पूर्ण रूपमा आश्वस्त नभएको बताएका छन्। उच्चस्तरीय बैठक : चुनौती र तयारीको समिक्षा प्रधानमन्त्री, गृहमन्त्री, […]