नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताको सुखदुःख बुझ्न देशैभर जिाने इच्छा प्रकट गरेका छन्। मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकमा प्रचण्डले यस्तो इच्छा राखेका हुन्। ‘अब हाम्रो जनतासँगको सम्बन्धको कडी टुटेको छ,’ बैठकमा अध्यक्ष प्रचण्डले राखेको भनाइ उद्धृत गर्दै उपाध्यक्ष अग्निप्रसाद सापकोटाले भने, ‘म देशैभरी जनतासँग एकाकार हुन, सुखदुख बुझ्न र […]
नेपालगन्ज ४ स्थित कन्या माविमा अध्ययनरत मुस्लिम र मधेश समुदायका १४० जना किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको पहिलो खोप लगाइएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । स्वास्थ्य कार्यालय बाँकेका सूचना अधिकारी नरेश श्रेष्ठले दिनुभएको जानकारी अनुसार गत आर्थिक वर्ष २०८०/०८१ का लागि जिल्लामा आएको पाठेघरको मुखको क्यान्सर विरुद्धको एक हजार २१५ डोजमध्ये बाँकी रहेको १४० […]
दक्षिण भारतको केरला राज्यमा भीषण वर्षापछि पहिरो जाँदा ५६ जनाको ज्यान गएको छ । पहिरोमा परी १०० जनाभन्दा बढी घाइते भएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै बीबीसीको समाचारमा जनाइएको छ । पहिरोबाट मंगलवार दिउँसोसम्म २५० जना जतिको उद्धार भएको सुरक्षा अधिकारीहरूले बताएका छन् । खोज तथा उद्धार कार्यका लागि २०० भन्दा बढी सैनिक तैनाथ […]
मंगलबार (साउन १५) गते राती ११ः५५ देखी बुधबार बिहान ३ बजेसम्म फोन पेको सेवा अवरुद्ध हुने भएको छ।कुमारी बैंकले सूचना जारी गर्दै २ घण्टा फोनपे मार्फत हुने बैकिङ सेवा अवरुद्ध हुने जनाएको हो। सूचनामा कोर फायरवाल स्थानान्तरण गर्नुपर्दा फोन पेको सेवामा समस्या आउने सक्ने उल्लेख गरेको हो।
काठमाडौँ । काठमाडौंको चुनदेवीबाट जुवा खेलिरहेको र खेलाएको आरोपमा ९ जना पक्राउ परेका छन्। काठमाडौं प्रहरी परिसरको टोलीले काठमाडौं महानगरपालिका-४ स्थित तीन तले घरको छतमा ओखर (जुवा) खेलेको र खेलाएको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिएको हो। घटनास्थलबाट प्रहरीले १० लाख ११ हजार रुपैयाँ नगद र १३ ओटा ओखर बरामद गरेको छ।
१६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना युवक पक्राउ परेका छन् । भद्रपुर नगरपालिका-५ बस्ने २४ वर्षीय जीवन साहलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । साहले ती किशोरीलाई गत असार २८ गते दिउँसो भद्रपुर नगरपालिका-७ स्थित मौसम होटल एन्ड लजमा लगेर जबरजस्ती करणी गरेको भन्ने उजुरी परेको थियो । सोही आधारमा जिल्ला […]
भारतीय सञ्चारमाध्यम बलिउड लाइफका अनुसार उनी पछिल्लो केही दिनदेखि अस्पताल धाइरहेका थिए। उनले २९ जुलाईमा आफ्नो आँखाको सर्जरी गराएका पनि थिए। तर सर्जरी सफल भने भएन। अब उनी आफ्नो आँखाको सर्जरी गर्न अमेरिका जाने तयारीमा रहेकाे स्राेतले जनाएकाे छ। शाहरूखको दुइ्टै आँखामा मोतियाबिन्दु छ। तर अहिलेसम्म यस विषयमा उनी वा उनको टिमबाट भने कुनै औपचारिक […]
क्वालालम्पुर : मलेसियामा जुलाई २१ तारीख भएको सातौं गेविन मलेसिया ओपन तेक्वान्दो च्याम्पियन २०२४ मा नेपाली टोलिका खेलाडीहरुले ७ संवरण र ३ रजत गरि जम्मा १० मेडल जित्न सफल भएको छ । मलेसियाको सेलाङ्गोर राज्यको केलाङ शहरको esplanade mall मा भएको खेलमा पदकहरु जितेका हुन। जस मध्य नारायण नहर्की, अब्बास अन्सरी, मनिष पौडेल, सुजल कंडेल, […]
नेकपा(एमाले) सुदुरपश्चिम प्रदेश सम्पर्क कमिटीको छैठौँ पूर्ण बैठक पार्टी केन्दृय सदस्य तथा सुदुरपश्चिम प्रदेश सम्पर्क कमिटी ईन्चार्ज कल्पना थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । पार्टी कार्यालय बिजुलीबजार काठमाडौमा कमिटीका अध्यक्ष सुरत खत्रीको अध्यक्षतामा ०५ साउन, २०८१ मा सम्पन्न बैठकले आगामी भाद्र १३ गते “गौरा विशेष सुदुरपश्चचिम सांस्कृतिक कार्यक्रम” आयोजना गर्ने निर्णय गरेको छ । […]
चितवनको भरतपुर महानगरपालिका २९ स्थित नारायणगढ मुग्लिङ सडकखण्डमा बस र तेलको ट्याङ्कर ठोक्किँदा १६ जना यात्रु घाइते भएका छन्। शनिबार अपराह्न ३ बजेको समयमा सडकखण्ड अन्तर्गतको भतेरी भन्ने स्थानमा बस र तेलको ट्याङ्कर एक आपसमा ठोक्किएका थिए । नारायणगढबाट पोखरातर्फ जाँदै गरेको ग २ ख १४०१ नम्बरको बस सोही दिशाबाट जाँदै गरेको ना ७ ख […]