०३ पुष २०८२, बिहिबार
18-12-2025 , Thu
×

जाजरकोटमा जीप दुर्घटना हुँदा एकको घटनास्थलमै मृत्यु, १६ घाइते

Logo
HeroNepal-tv प्रकाशित मंगलबार, साउन २२, २०८१

जाजरकोटको भेरी नगरपालिका-६ गञ्जमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् ।

जाजरकोट सदरमुकाम खलङ्गाबाट नेटातर्फ जाँदै गरेको ग १ ज ७७११ नम्बरको डबल क्याप बोलेरो जीप दुर्घटना हुँदा चालक ३५ वर्षे मानबहादुर वलीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, जाजरकोटका प्रहरी निरीक्षक माधव विश्वकर्माले जानकारी दिए। उनका अनुसार जीप सडकदेखि चार सय मिटर तल खसेको थियो ।

दुर्घटनामा परी भेरी नगरपालिका-६ की २८ वर्षे सपना विक सार्की, ३५ वर्षीया भूमिका शाही, १९ वर्षीया दुर्गा पुन, १९ वर्षीया बिन्दु शाही, ५५ वर्षीया मोती लुहार, १७ वर्षीया सीता पुन घाइते भएका छन् । त्यस्तै २१ वर्षीया धनसरा खड्का, ८० वर्षीय कलिमान खत्री, २८ वर्षीया भूमिकला राना घर्ती घाइते भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार चार महिनाका बालक प्रज्ज्वल घर्ती, ३६ वर्षीया कल्पना खत्री, ३३ वर्षीया अस्मिता खत्री, ३१ वर्षीया पार्वती उपाध्याय र ४० वर्षीया हीरा सार्कीलाई भने सामान्य चोटपटक लागेको छ

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं – देशभित्र विभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्था सञ्चालनमा रहे पनि शिक्षाका नाममा ठूलो रकम विदेशिने क्रम बढ्दो देखिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो चार महिनाको तथ्यांकअनुसार शिक्षातर्फको व्यय रु ४२ अर्ब ९६ करोड पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा शिक्षातर्फको व्यय रु ३२ अर्ब २२ करोड रहेको थियो। […]

क्वालालम्पुर (मलेसिया) – नेपालमा हर्कराज साम्पाङ राईको नेतृत्वमा स्थापित श्रम संस्कृति पार्टीको प्रवास संगठन मलेसियामा पनि औपचारिक रूपमा गठन गरिएको छ। आइतबार राजधानी क्वालालम्पुरमा “देश सोच्न सकूँ, म देश बोल्न सकूँ, देशकै कर्म गर्न सकूँ, म देशकै लागि मर्न सकूँ” भन्ने मूल नारासहित आयोजना गरिएको श्रमदाता–श्रमिक भेला मार्फत पार्टीको मलेसिया प्रवास संगठन स्थापना गरिएको हो। […]

काठमाडौँ – नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज मंगलबार मतदान हुँदैछ। एमाले केन्द्रीय निर्वाचन आयोगले दिउँसो १ बजेदेखि बेलुका ७ बजेसम्म मतदान समय तोकेको छ। मतदानका लागि ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने तयारी गरिएको छ। महाधिवेशनअन्तर्गत पार्टी अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र पूर्व वरिष्ठ उपाध्यक्ष ईश्वर […]